जैमिनी नगरपालिका–१० सिप्रिङमा शनिबार दिउँसो कपडामा बेरी जमिनमुनि गाडिएको अवस्थामा शिशुको भु्रण फेला परेको छ ।
सोही ठाउँ बस्ने २६ वर्षीया सम्झना नेपालीको घरदेखि ५० मिटर पूर्वतर्फ रहेको बारीमा अन्दाजी ४ महिनाको शिशुको भु्रण रातो कपडामा बेरेर गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बरेङबाट खटिएको प्रहरी टोली घटनास्थलमै पुगी प्राररम्भिक अनुसन्धान गरेको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताउनुभयो । थप अनुसन्धानका लागि घटनास्थल नजिकै घर हुनुभएकी नेपालीलाई नियन्त्रणमा लिइएको उहाँको भनाइ छ ।
भु्रण कस्ले गाडेको हो भन्ने अझै खुलेको छैन । मृत अवस्थामा भेटिएको भ्रुणलाई सदरमुकामस्थित धवलागिरि अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।