ढोरपाटनमा लागु औषध र भरुवा बन्दुक सहित २ जना पक्राऊ

-


     जनहित न्युज    
     जेठ २० गते २०७८


बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाबाट लागु औषध र भरुवा बन्दुक सहित २ युवा पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्धारा, ढोरपाटन नगरपालिका वडा नं. ४ भागीँमा स्थानिय दुई युवाहरुले घरमा लुकाई छिपाई राखेको करिब साढेँ २ किलो च’रेस र ७ किलो गाजाँको धुलो र एक थान भरुवा बन्दुक सहित रङ्गेहात पक्राउ परेका हुन् ।

सुकाकीको आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुसँगबाट चरेश, गाँजाको धूलो र भरुवा ब’न्दुक जफत गरिएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङ प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।

गाँ’जाको कारोवार गरेको भन्नै सूचना प्रहरीकोमा आएपछि प्रहरी टिमकै अप्रेशनमा उनीहरुबाट ति सामान बरामद भएको प्रहरीको भनाई छ । पक्राउ पर्नेहरुमा ढोरपाटन नगरपालिका वडा नं. ४ भाँगीका ३४ वर्षिय जित बहादुर पुन र सोही ठाउँ बस्ने वर्ष ३८ का डम्बर बहादुर पुन रहेका छन् ।

जितबहादुरको घरबाट साढेँ २ किलो गाजाँको धुलो र अर्का डम्बर बहादुरको घरबाट २ केजी २ सय ग्राम च’रेस, साढेँ ४ किलो गाजाँको धुलो र एक नाले भरुवा ब’न्दुक बरामद गरिएको प्रहरी निरीक्षक वन्तले बताउनुभयो ।

उनीहरु दुबैजनालाई मङ्गलबार पक्राउ गरिएको र आवश्यक सो’धपूछपछि थप अनुसन्धानका लागि बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?