गलकोट नगरपालिकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गलकोट नगरपालिकामा पिसिआर परिक्षणवाट २ जना र एन्टिजेन परिक्षणवाट ३६ जनामा गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत सोमवार पिसिआर परिक्षणको लागि स्वाव संकलन गरि पठाईएको २ जनामा संक्रमण पुष्टि भएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिरा शर्मा गैरेले जानकारी दिनुभयो । पिसिआर परिक्षणवाट गलकोट नगरपालिका वडा नम्वर ८ को २५ वर्षिय महिला र गलकोट नगरपालिका वडा नम्वर ३ को ५४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै ईमर्जेन्सि पोलिक्लिनिकमा गरिएको एन्टिजेन परिक्षणमा गलकोट नगरपालिका वडा नम्वर ७ का ५२ वर्षिय महिलामा संक्रमण पुष्टि भएको शर्माले वताउनुभयो ।
त्यस्तै रिघा स्वास्थ्य चौकिमा गलकोट नगरपालिका वडा नम्वर ११ का ६८ जनामा गरिएको एन्टिजेन परिक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको गलकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमण पुष्टि भएको सम्पुर्णलाई होम आईसोलेसनमा राखिएको छ । योसंगै गलकोटमा कोरोना सक्रिय संक्रमितको संङ्ख्या ५० पुगेको छ ।