गलकोट समाज जापानको सातौ अधिवेशन सेप्टेम्बर १३ तारिकका दिन जापानको नागोयाका हुने भएको छ ।
“हाम्रो गाउ“ हाम्रो ठाउ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी लागि गलकोट क्षेत्रको सामाजिक ,आर्थिक,सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गलकोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुरयाउने उदेश्यले सन् २००६ मा स्थापना भएको सो समाजको सातौ अधिवेशन नागोयाको 〒४६०–००१५ 愛知県名古屋市中区大井町 ७–२५ हुन लागेको समाजका महासचिव नविन निउरेले जानकारी दिए ।
अधिवेशनका लागि समाज अन्र्तगत रहेका ६ वटा क्षेत्रीय समितिका अधिवेशन सम्पन्न भैसकेका र केन्द्रीय अधिवेशनको आवश्यक तयारीका लागि यम खत्रीको संयेयोजकत्वमा मूल आयोजक समिति, मोहन खत्रीको संयोवकत्वमा निर्वाचन समिति, नवीन निउरेको संयोजकत्वमा विधान पुनरावलोेकन समिति, चन्द्रा केसी अधिकारीको संयोजकत्वमा अतिथि सत्कार समिति गठन गरि कार्य भैरहेको महासचिव निउरेले बताए ।
अधिवेशनले आगामी २०२२-२०२४ को कार्यकालका लागि नया कार्यसमिति समेत चयन गर्ने छ । नया कार्यसमिति चयनका लागि सबैको अपनत्व हुने गरि संस्थाको गरिमालाई निरन्तरता दिने सक्षम नेतृत्व चयन गर्न आवश्यक तयारी गरिएको संयोजक मोहन खत्रीले बताए ।
अधिवेशनको व्यवस्थापकीय जिम्मेबारी नागोया क्षेत्रीय समितिलाई प्रदान गरिएकोले सो समितिले हलको व्यवस्था गरिसकेको र केन्द्रले दिएको जिम्मेवार अनुसार नै अन्य कार्य भैरहेको नायोया क्षेत्रीय समितिले जनाएको छ ।
सामाजिक सत्भाव,पारस्परिक सहयोग, आपसी एकता र सहकार्यकोे विकास गरि जन्मभूमिप्रतिको माया, ममता र जागरणलाइ कायमै राखी, सुन्दर, स्वावलम्वी र स्वाभिमानी, समतामुलक समाज निर्माण गर्ने उद्देश्य राखी गठन भएको गलकोट समाजमार्फत सामाजिक सेवा गर्नका लागि जापानमा क्रियाशील संस्थाहरुका माझमा आफ्नो फरक पहिचान बनाउदै शिक्षा स्वास्थ्य, मानवीय सहयोग सहित भैपरि आउने हरेक कार्यका लागि एकल वा समन्वयात्मक रुपमा कार्य गर्दै आइरहेको छ ।
बागलुङ जिल्लाको केन्द्र भागको गलकोटबाट वैदेशिक रोजागारीको शिलशिलामा विभिन्न पेशा व्यावसाय अध्ययन लगायतका कार्यका लागि जापानमा बसोबास गर्ने गलकोटबासीहरुमा एकताको भावना विकास गराइ, उनीहरुको जीवनस्तरलाई गुणात्मक परिवर्तनतर्पm आकर्षित गर्न ज्ञान सीप र पूजिको माध्यमबाट गलकोटसहित नेपालका विभिन्न क्षेत्रमा सहयोगहरु प्रदान भैरहेको समाजका अध्यक्ष यम खत्रीले बताए ।
गलकोट समाज जापानले गलकोटको लोकप्रियता र प्रसिद्धिलाई स्थापित गर्न, हरेक गलकोटे तथा आम नेपालीहरुमा सकारात्मक र सहयोगात्मक धारणाको विकास गर्ने उदेश्यले स्वदेश तथा विदेशमा रहने गलकोटेलाई आइपरेका समस्या तथा अप्ठ्यारामा परेकालाई सहयोग पुर्याउने र समाजलाई सकारात्मक दिशामा लैजान प्रोत्साहित गर्न सहयोग पुर्याउने हेतुले संस्थाद्धारा विभिन्न क्षेत्रबाट संकलित रकमबाट १ करोडको अक्षय कोष स्थापना गरिएको पनि अध्यक्ष खत्रीले जानकारी दिए ।