
गुल्मी आँपचौर सेवा समिति जापानले हरितालिका तिजको अवसरमा ‘ तिज विशेष बृहत् सांस्कृतिक कार्यक्रम-२०२२’ गर्ने भएको छ ।
‘धर्म,लोकसंस्कृति चाड हाम्रो पहिचान, यिनको संरक्षण र समवर्धन गर्ने हाम्रो मूल अभियान’ भन्ने मान्यताका साथ अगस्ट २६ तारिकका दिन टोकियोको शिनओकुबोको सोलमारी शिमामुरा हलमा सो कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष कृष्णप्रसाद पोखरेल’बाबु’ ले जानकारी दिएका छन ।
जापानमा रहेका नेपाली कलाकारहरूको प्रस्तुति रहने सो कार्यक्रममा नेपाली महिलाको चाडसँग सम्बन्धित क्रियाकलापहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गरिने सो कार्यक्रममा समाजसँग सम्बन्धित सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूलाई उपस्थितिको लागि अध्यक्ष पोखरेलले अनुरोध समेत गरेका छन ।