प्रवास

सिजुओकामा गलकोट समाज जापान क्षेत्रीय समिति सिजुओकाको वारविक्यु तथा भेटघाट कार्यक्रम सम्पन्न

गलकोट समाज जापान क्षेत्रीय समिति सिजुओकाको आयोजनामा मंगलबार सिजुओका आवेगावा रिभर साईडमा वारविक्यु तथा भेटघाट कार्यक्रम सम्पन्न भयो ।जापानमा रहेका नेपाली समुदायका बिचमा आपसी सत्भाव प्रगाढ गराउने र भाइचाराको सम्बन्ध बढाउने उदेश्यले आयोजित उक्त कार्यक्रममा गलकोट समाजकी अध्यक्ष कालिका थापा लगाएतको उपस्थिति रहेको थियो । प्रवासमा रहेका सबै नेपाली जनसमुदायविच आपसी सद्भाव कायम राख्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विचार समाजकी अध्यक्ष थापाले व्यक्त गरिन । कार्यक्रममा सहभागी एनआरएनए जापानका अध्यक्ष नविन निउरेले सामाजिक सत्भावले नै समाजको विकासमा सघाउ पुर्याउने विश्वास… पुरा पढौ

नेपाल मगर संघ जापानको २१ औ महाधिवेशन सम्पन्न, अध्यक्षमा रामहरि खपांगी मगर

टोकियो/नेपाल मगर संघ जापानको २१ औँ महाधिवेशनबाट रामहरि खपांगी मारको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।२०२२-१०-१ तारिक आईतबारका दिन टोकियोमा सम्पन्न अधिवेशनले आगामी (सन २०२३-२०२५)को कार्यकालको लागि खपांगी मगरको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध रूपमा निर्वाचित गरेको निर्वाचन समितिका संयोजक ठानु राना मगरले जानकारी दिएका हुन् । “पट्ट मगरको काट छानिङ, लहो, ढुट, धर्म र सांस्कृतिक माम्याकिङ” संसार भरिका मगरहरु एक हौ भन्ने भावनाका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी जापानमा रहेका मगरहरुलाई एउटै… पुरा पढौ

एनआरएनएको अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठ टिम बलियो बनाउँदै, उपाध्यक्ष र महासचिवका उम्मेदवार सहित चुनावी अभियानमा

गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)को ११औँ महाधिवेशन नजिकिँदै जाँदा टिम बलियो बनाउन अध्यक्षका प्रत्याशीहरू सक्रिय भएका छन् । संस्थाको नेतृत्व हत्याउन एकपछि अर्का अध्यक्षका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक र औपचारिक रूपमा उम्मेदवारी घोषणा गरे सँगै आफ्नो टिमलाई बलियो बनाउने प्रयास थालेका छन् । एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा मात्र पाँच जनाको दाबी छ । भदौ २९ मै ललितपुरको हिमालय होटेलमा भव्य समारोहका बिच अध्यक्षको उम्मेदवारी घोषणा गरेका महेशकुमार श्रेष्ठले आफ्नो टिम थप सशक्त र बलियो बनाउँदै लगेका छन् । संस्थाको… पुरा पढौ

घोषणा सभा अघि एनआरएनए आइसीसीमा अध्यक्ष पदका उम्मेदवार आरके शर्माले पब्लिकसंग मागे सल्लाह र सुझाव

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी दिन कतार निवासी राजेन्द्र कुमार शर्मा(आरके) ले औपचारिक घोषणा सभा गर्ने तयारी गरेका छन । संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहामा एक विशेष समारोहका बीच संघको आगामी कार्यकालका लागि नेतृत्व गर्न विशेष कार्ययोजना सहित केही दिनमा नै चुनावी घोषणा सभा गर्न लागेका हुन । शर्माले घोषणा सभामा कार्ययोजनाहरु समेटेर आफ्ना बाचापत्र सार्वजनिक गर्न लागेका छन । विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको… पुरा पढौ

नेपाली जनप्रगतिशील मन्च जापानको अधिवेशन नोभेम्वरमा हुँदै, संगठन बिस्तार तथा सुदृढिकरण अभियान संचालन

नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN) को अधिवेशन नजिकिएसंगै संगठनका गतिविधिले व्यापकता पाएका छन ।हरेक २ वर्षमा हुने अधिवेशन आगामी नोभेम्वर महिनामा तय भएको र क्षेत्रीय अधिवेशनका मितिहरू निश्चितता भएकोले संगठन बिस्तार तथा सुदृढिकरण अभियान संचालन गरिएको संगठन विभाग प्रमुख तथा कार्यवाहक अध्यक्ष मोहन पौडेलले जानकारी दिए ।प्रवास समन्वय समितिको ३ महिने संगठन सुदृढिकरण अभियान पनि संचालन भैरहेकों अवसर पारेर जापानमा पनि यो अभियान संचालन गरेका हौ । पौडेलले भने- राष्ट्रिय कार्यसमितिकोले बैठकले संगठनको ३ महिने अभियानको लागि सदस्यता वितरण,… पुरा पढौ

विदेशमा रहेका लाखौं नेपालीलाई स्वदेशमै उद्यमी बनाउने मेरो उद्देश्य हो : आरके शर्मा

काठमाडौं गैर आवासीय नेपाली संघ एनआरएनएको आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासि राजेन्द्र कुमार शर्मा (आरके) शर्माले विदेशमा रहेका लाखौं नेपालीहरुलाई स्वदेशमै उद्यमी बनाउने योजना सार्वजनिक गरेका छन् ।एनआरएनए अमेरिका बाल्टिमोर च्याप्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विदेशमा श्रम गरिरहेका लाखौं नेपालीलाई सके उद्यमी बनाउने नसके उनिहरुको आर्थिक अबस्था उन्नत गर्न सामुहिक नेपाल सरकारलाई ग्यारेन्टी हुनेगरि लगानी गरेर उनीहरुको आर्थिक अबस्था र भविश्यको सुनिश्चित गर्ने बताए ।अहिलेसम्म विदेशमा मेहनत गरेर केहि व्यक्ति उद्यमी बन्न सक्नु पनि ठुलो उपलब्धी… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोको ‘तिज धमाका २०२३’ कार्यक्रम सम्पन्न, दर्शकको उत्साहपूर्ण उपस्थिति

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोले तिजको अबसरमा गरेको ‘तिज धमाका २०२३’ कार्यक्रम सोमबार टोकियोको कामतामा सम्पन्न भएको छ ।बिगतदेखि आयोजना गर्दै आएको ‘तिज धमाका’ यस वर्ष नेपालबाट आमन्त्रित कलाकारहरू प्रीति आले, भागिरथ चलाउने र सिता परियारसहित स्थानीय कलाकार निशा क्षेत्रीको प्रस्तुतिमा कार्यक्रम सम्पन्न भएको हो । हरितालिका तिजको दिनमैं कार्यक्रम गरिएकोले व्यापक दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रमको व्यवस्थित तयारीले गर्दा दर्शकहरू कलाकारहरूसंग रमाउन सहज भएको दर्शकहरूको प्रतिक्रिया रहेको थियो ।कार्यक्रमको प्रमुख अतिथि रहेकी गलकोट समाज जापानकी अध्यक्ष कालिका… पुरा पढौ

नेतृत्व हत्याउने खेलले एनआरएनए अभियान ओझेलमा, मध्यपूर्वको भूमिकालाई न्याय गर्न अध्यक्ष प्रत्यासी आरके शर्माको आग्रह 

अमेरिका(न्यूयोर्क) । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष प्रत्यासी राजेन्द्रकुमार(आरके) शर्माले नेतृत्व हत्याउने खेलले गैरआवासीय अभियानको भूमिका ओझेलमा परेको बताएका छन् । एनसीसी अमेरिकाको न्यूयोर्क च्याप्टरले गरेको कार्यक्रममा शर्माले चुनावदेखि चुनावसम्ममा अभियान सीमित भएको हुँदा मूल उद्देश्यबाट पछाडि परेको बताए ।  आगामी कार्यकाल २०२३÷२५ को कार्यकालको लागि अध्यक्षका प्रत्यासी रहेका शर्माले अभियानले मूल उद्देश्य प्राप्त गर्न नसकेको जिम्मेवारी आफूले समेत लिने स्वीकार गरे ।  “चुनावमा ध्यान दिएको तथा नेतृत्वमा को आउँछ भन्ने विषयले अभियानले उठाउने आर्थिक मुद्दाहरू ओझेलले परे,”शर्माले न्यूयोर्कमा गैरआवासीय नेपाली अभियन्ताहरूसँगको… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोद्वारा आयोजित ‘तिज धमाका २०२३’ को तयारी पुरा, कलाकार प्रीति, भागिरथ र सिता जापान आईपुगे

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोले तिजको अबसरमा गर्न लागेको ‘तिज धमाका २०२३’ को तयारी पुरा भएको छ ।हरेक वर्ष आयोजना गर्दै आएको ‘तिज धमाका’ यस वर्ष पनि नेपालबाट आमन्त्रित कलाकारहरू प्रीति आले, भागिरथ चलाउने र सिता परियार जापान आइसकेको र अन्य व्यवस्थापकीय कार्य सम्पन्न भएको समितिका अध्यक्ष राजु बस्नेतले जानकारी दिए ।सिन कामाताको हलमा (144-0054 Ichome 18-16 Shinkamata, Ota City ) हुन लागेको ‘तिज धमाका-२०२३ ’ का लागि आवश्यक सामग्री व्यवस्थापन, कलाकार आगमन लगायतका काम सम्पन्न भैसकेको छ ।… पुरा पढौ

एनआरएनए चुनावी नजिकियो,नेतृत्वको लागि केसी, आरके र श्रेष्ठ भिड्दै

संसारभर फैलिएका नेपालीलाई एकै मालामा उन्ने उद्देश्य लिएको ग़ैर आवासीय नेपाली संघ (एनआरएनए) विगत २ वर्षदेखी अस्तब्यस्त छ । वितेको २ वर्ष विर्सन लायक बनेको एनआरएनएलाई फेरी पुरानै विरासतमा फर्काउने कोशिश भैरहेको छ । झण्डै १ महिनापछि हुने घोषणा गरिएको महाधिवेशनले संस्थालाई फेरी ठिकठाक बनाउने एनआरएनए अभियन्ताहरुको दाबी छ । वितेका २ वर्षमा एनआरएनए २ वटा बन्यो । ४ जना अध्यक्ष भए । राम्रो विरासत भएको संस्था लथालिङ्ग बन्यो । यसभन्दा बढी बिग्रन दिन नहुने भन्दै फेरी एनआरएनए अगुवाहरु जुर्मुराएका… पुरा पढौ