
बागलुङ समाज जापानको तेस्रो खुल्ला रनिङ कप भलिबल प्रतियोगिता २०२३ को उपाधि गल्कोट स्पोर्टस् क्लव टोकियोले जितेको छ।बुधबार साईतामाको टोडा स्पोर्टस् सेन्टरमा सम्पन्न प्रतियोगितामा आयोजक बागलुङ समाज जापानलाई १ का विरुद्ध २ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । १० टिमको सहभागिता रहेको उक्त प्रतियोगिता उपाधि जितेको स्पोर्ट्स क्लबले ३० मान येन, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप विजेता भएको आयोजक टिमले २० मान येन, ट्रफी, मेडल र प्रमाण पत्र पाएर चित्त बुझाएको छ ।

घुम्टे युवा परिवार जापानलाई २-१ ले पराजित गर्दै गलकोट समाज जापान तृतीय स्थान हासिल गरि १० मान येन, मेडल र प्रमाण पत्र पाएको छ । नेपाली राष्ट्रिय पुरुष भलिबल खेलाडी समेत रहेका विशाल बि.क ले प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शन गरि सर्बोकृष्ट खेलाडीको उपाधि हात पार्न सफल भएका छन् ।
प्रतियोगिता भर उत्कृष्ट खेल प्रदर्शन गर्ने अन्य खेलाडीहरुलाई पनि बिधागत सम्मान प्रदान गरिएको थियो । यसरी सम्मान प्राप्त गर्नेहरुमा उत्कृष्ट सेटर महेन्द्र साहानी, उत्कृष्ट ब्लकर भगवान खत्री ,उत्कृष्ट स्पाईकर सुरेश थिङ्ग र उत्कृष्ट कोच गल्कोट स्पोर्ट्स क्लब टोकियोका गणेश केसी रहेका छन्। प्रत्येक खेलमा १ जनालाई म्यान अफ द म्याचद्वारा सम्मान समेत गरिएको थियो।
विभिन्न संघ संस्थाको उपस्थिति रहेको प्रतियोगिताको औपचारिक कार्यक्रम समाजका अध्यक्ष यमकान्त कँडेलको अध्यक्षता हिरा ग्रुप टोकियोका सिइओ प्रमुख अतिथि सूर्य लामिछाने र कार्यक्रमको सञ्चालन महासचिव सचिन शर्माले गरेको कार्यक्रम संयोजक वसन्त थापाले जानकारी दिए।
नेपाल भलिबल संघ जापान शाखाको प्राविधिक सहयोगमा खेल संचालन भएको थियो ।