जापानमा विदेशी बासिन्दाहरूको संख्या ३.२ मिलियन पुग्यो, नेपालीको संख्या १ लाख ५६ हजार ३३३

-


     जनहित न्युज    
     कार्तिक १० गते २०८०


जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या २०२३ मा ३.२ मिलियन भन्दा बढीको रहेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।
अध्यागमन सेवा एजेन्सीका अनुसार जुनको अन्त्यसम्ममा जापानमा श्रम अभावले सिर्जना भएको माग पूरा गर्न धेरै कामदारहरू प्रवेशपीसंगै विदेशीको संख्या ३२ लाख २३ हजार ८५८ पुगेको छ । यो संख्या गतवर्ष २०२२ को डिसेम्बरको अन्त्यको तुलनामा १ लाख ४८ हजार ६४५ बढी हो ।
जापानले प्राविधिक इन्टर्नशिप कार्यक्रममा भाग लिने प्रशिक्षार्थीहरूका साथै तालिमको आवश्यकता बिना तोकिएको उद्योगहरूमा तुरुन्तै काम गर्न सक्ने निर्दिष्ट दक्ष कामदारहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको हो।

विदेश आवासीय स्थिति अनुसार स्थायी बासिन्दाहरूको रूपमा ८ लाख ८० हजार १७८ मा सबैभन्दा धेरै रहेका छन । यो संख्या डिसेम्बरको तुलनामा १.९ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ।
काम गर्ने भिसाको प्रकार अनुसार प्राविधिक इन्टर्नमा कुल ३ लाख ५८ हज़ार १५९ अर्थात् १०.२ प्रतिशतले बढेको छ भने इन्जिनियरहरू, मानविकी र अन्तर्राष्ट्रिय सेवाहरूमा विशेषज्ञहरू, विदेशी भाषा शिक्षकहरू सहितकोमा १०.९ प्रतिशतले बढ़ेर ३ लाख ४६ हजार ११६ पुगेको छ । निर्दिष्ट दक्ष कामदारहरूको संख्या ३२.२ प्रतिशतले बढेर १ लाख ७३ हजार १०१ पुगेको छ।
राष्ट्रियताको आधारमा जापानमा चीनको सबैभन्दा बढी नागरिकहरू छन्, त्यसपछि भियतनाम र दक्षिण कोरिया र छैठौ स्थानमा नेपाली रहेका छन्।बिधार्थीको हकमा पहिलो चीन(124027), दोस्रो नेपाल(45095) र तेस्रो भियतनाम(39,610 ) रहेको छ।सरकारी तथ्यांकमा सन २०२२ डिसेम्बर मसान्तको नेपालीको संख्या संख्या १ लाख ३९ हजार ३९३ जना रहेकोमा हाल १ लाख ५६ हजार ३३३ रहेको छ ।

कोभिड-१९ का कारण सीमासँग सम्बन्धित प्रतिबन्धहरू खुकुलो पार्दा बासिन्दाहरूको पुन:प्रवेश बाहेक पर्यटकहरू बाहेक विदेशीहरूको आगमनको संख्या २०२३ को पहिलो छ महिनामा बढेर १ करोड़ १५ लाख ४ हजार २४९ पुगेको छ, जुन एक वर्ष अघिको तुलनामा करिब ९.७७ मिलियनले बढेको हो।
सन् २०१९ को पहिलो छ महिनाको तथ्यांकको तुलनामा यो संख्या प्रि-प्यान्डमिक स्तरको करिब ७० प्रतिशतमा पुनर्स्थापित भएको छ।
यस वर्षको पहिलो अर्धवार्षिकमा ३.६१ लाखभन्दा बढी जापानी नागरिकले पर्यटनलगायतका कारणले देश छाडेका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब २९ लाखले बढी हो । अध्यागमन अभिलेखमा आधारित गणना अनुसार जुलाई १ सम्म जापानमा ७९ हजार १०१ विदेशी नागरिकको भिसा सकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?