नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति कान्साइको दोस्रो क्षेत्रीय अधिवेशन नोभेम्बर २० तारिख हुने

-


     जनहित न्युज    
     कार्तिक ११ गते २०८०


नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन नोभेम्बर २० तारिख हुने भएको छ ।
मञ्चको संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगत क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन अक्टोबर ३० तारिक हुने भएकोमा आन्तरिक तयारीका साथै विविध कारणले नोभेम्बर २० मा सारिएको क्षेत्रीय समितिका अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।
नेपालीहरुको महान पर्व दशै तथा दिपावली छठका कारण राष्ट्रिय समिति र क्षेत्रीय समितिका अधिकान्श पदाधिकारी नेपालमा रहेको र थप आन्तरिक तयारी गर्नुपर्ने भएकोले क्षेत्रीय समितिको बैठक बसी अधिवेशन सारिएको अध्यक्ष गैरेले जानकारी दिए । ‘प्रवासी प्रगतिशील नेपाली एक हौ’ भन्ने नाराका साथ संगठनको नियमित कार्यक्रम अनुसार अधिवेशन गर्न लागिएकोमा सबैको सल्लाह अनुरुप सहजताका लागि अधिवेशको मिति केहि दिनका पर सारेका हौ ।” अध्यक्ष गैरेले भने ।
उनका अनुसार अधिवेशनको आवश्यक तैयारी र व्यवस्थापनका लागि समितिको बैठक बसी कार्य विभाजन र जिम्मेवारी बाँडफाड गरि सोहि अनुरूप कार्य भैरहेको छ ।
ओसाकाको जिग्री इण्डियन नेपाली रेस्टुरेन्ट
大阪市中央区久太郎町2-3-8 B1 मा दिउसो ३ बजेदेखि हुने अधिवेशनले आगामी कार्यकालको लागि नेतृत्व चयन समेत गर्ने बताईएको छ ।
प्रवास समन्वय समितिको ३ महिने संगठन सुदृढिकरण अभियान पनि संचालन भैरहेकों अवसर पारेर क्षेत्रीय समितिका अधिवेशनहरू हुने तय भएको राष्ट्रिय समितिका कार्यवाहक अध्यक्ष मोहन पौडेलले बताए ।संगठनको सदस्यताको लागि अनलाइनमार्फत आवेदन र नवीकरण गर्ने व्यवस्था मिलाईएको छ । महासचिव बाबुराम पौडेलले भने- जापानमा नेपालीको संख्या बढ़ेसंगै हामी निकटका साथीहरूको पनि आगमन भएकोले उहाहरूसंगै सबैले सदस्यता आवेदन फारम भर्न र नवीकरण गर्नको लागि अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?