प्रवास

गुल्मी आँपचौर सेवा समिति जापानले ‘तिज विशेष बृहत् सांस्कृतिक कार्यक्रम-२०२२’ गर्ने

गुल्मी आँपचौर सेवा समिति जापानले हरितालिका तिजको अवसरमा ‘ तिज विशेष बृहत् सांस्कृतिक कार्यक्रम-२०२२’ गर्ने भएको छ ।‘धर्म,लोकसंस्कृति चाड हाम्रो पहिचान, यिनको संरक्षण र समवर्धन गर्ने हाम्रो मूल अभियान’ भन्ने मान्यताका साथ अगस्ट २६ तारिकका दिन टोकियोको शिनओकुबोको सोलमारी शिमामुरा हलमा सो कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष कृष्णप्रसाद पोखरेल’बाबु’ ले जानकारी दिएका छन ।जापानमा रहेका नेपाली कलाकारहरूको प्रस्तुति रहने सो कार्यक्रममा नेपाली महिलाको चाडसँग सम्बन्धित क्रियाकलापहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गरिने सो कार्यक्रममा समाजसँग सम्बन्धित सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूलाई उपस्थितिको लागि… पुरा पढौ

उठाइएका विषयलाई अनुत्तरित राख्दै एनआरएनए जापानको अन्तरकलह ३८१ दिन पछि मिल्यो

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको अन्तरकलह तथा विवाद ठिक ३८१ दिन पछि मिलेको छ ।एनआरएनए जापानको कार्यकाल २०२१–२०२३ का लागि ३० जुलाई २०२१ सम्पन्न निर्वाचनबाट निर्वाचित शिवप्रसाद पौडेल नेतृत्वको समितिलाई अनिता गुरुङ नेतृत्वको असन्तुष्ट पक्षले अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक रुपमा सिस्टमको दुरुपयोग गरि असम्बन्धित पक्षले मतदान गरेर धाँधलीपूर्ण निर्वाचन भएको आरोप लगाउदै बढेको विवाद पद बाँडफाड़मा गएर टुङिएको छ । विभिन्न चरणमा भएका द्वीपक्षीय वार्तापछि मंगलबार अनलाईनमा उपस्थित एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष त्रय कुल आचार्य, रबिना… पुरा पढौ

मोना जापानको साधारण सभा तथा क्षेत्रीय भेला शिजुओकामा सम्पन्न (फोटोफिचरसहित)

टोकियो - म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको वार्षिक साधारण सभा तथा क्षेत्रीय भेला शनिबार शिजुओकामा सम्पन्न भएको छ ।साधारण सभामा मौजुदा कार्यसमितिका महासचिव गणेश श्रेष्ठले हालसम्मको कार्यप्रगति प्रतिबेदन पेश गरेका थिए भने कोषाध्यक्ष ज्ञानेन्द्र केसीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिबेदनलाई साधारण सभाले पारित गरेको थियो ।अध्यक्ष सचिन श्रेष्ठको सभापतित्वमा भएको सो साधारण सभा एवं क्षेत्रीय भेलाको प्रमुख अतिथि मोना केन्द्रका वरिष्ठ उपाध्यक्ष, सभाध्यक्ष र बिशेष अतिथिहरुले रिबन काटेर उदघाटन गरेका थिए । मोना जापानको क्षेत्रीय समिति… पुरा पढौ

सीसीएमसी फाराम भर्न नपर्ने

विदेशबाट नेपाल आउने नेपालीसहित सबै यात्रुले अब कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) फाराम भर्न नपर्ने भएको छ । यसअघि विदेशबाट यात्रा गर्ने यात्रुले यात्रापूर्व नै सीसीएमसीको फाराम अनिवार्य भर्नुपर्ने नियम भए पनि अबदेखि यो नियम हटाइएको अध्यागमन विभागले सूचना जारी गरेको छ ।  कोरोना महामारीको नयाँ भेरियन्टको सङ्क्रमण रोकथामका लागि भन्दै हवाई मार्ग तथा स्थल मार्ग भई नेपाल प्रवेश गर्ने यात्रुले सीसीएमसीको फाराम अनिवार्य भर्नुपर्ने नियम लागू गरिएको थियो । अब भने यात्रुले यो फाराम भर्न पर्दैन । तर… पुरा पढौ

टोकियो र फुकुओका पछि नागोयामा सेप्टेम्बर ३ र ४ मा दोस्रो नेपाल फेस्टिवल हुदै

जापानको राजधानी टोकियो र अर्को शहर  फुकुओकामा भव्यताका साथ सम्पन्न नेपाल र नेपाली चिनाउन गरिएका फेस्टिभलपछि जापानको तेस्रो ठूलो शहर र नेपालीहरु धेरै बस्ने नागोयामा नेपाल फेस्टिवल हुने भएको छ । टोकियोमा भएको नेपाल फेष्टिबलको उद्‌घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र फुकुओकामा भएको नेपाल फेष्टिबलको उद्‌घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी ) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए । सामाजिक सञ्जालमा टोकियोको फेस्टिवल एमालेमय र  फुकुओकाको फेस्टिभल माओवादीमय भयो भन्दै टिका टिप्पणी भएका थिए । यद्यपि फुकुओकामा… पुरा पढौ

नवलपुर समाज-जापानले तिज धमाका कार्यक्रम आयोजना गर्ने

नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा नवलपुर समाज-जापानले “तिज धमाका विशेष सांगीतिक कार्यक्रम” गर्ने भएको छ ।नेपालका चर्चित तथा जापानमा रहेर सांगीतिक कर्म गर्दै आएका गायक-गायिकाको साथमा यही अगष्ट २९ गते सोमवार सो कार्यक्रम गर्न लागिएको हो । तिजको दर खाने दिन दिउँसो ३ बजेबाट शुरू गर्ने योजना रहेको “तिज धमाका” कार्यक्रम कावासाकी स्टेसनसंगै रहेको व्यापारिक केन्द्र लाजोनाको ५ औं तल्लामा रहेको हलमा राखिएको कार्यक्रम संयोजक प्रेमप्रसाद कँडेलले जानकारी दिनुभयो ।संयोजक कँडेलका अनुसार, कार्यक्रममा सहभागिताका लागि साधारण टिकट… पुरा पढौ

कविता किताब ‘कैंची’ माथि पोर्तुगलमा परिचर्चा

कोपनहेगन कवि हरिशरण परियारको कविता संग्रह ‘कैंची’ माथी मंगलवार पोर्तुगलको लिजवनमा परिचर्चा भएको छ । प्रकाशन भएको केही समयमै राम्रो चर्चा बटुलेको कविता संग्रहमा पींधका मान्छेका कथा ब्यथाका साथै मुक्तिका आवाजहरु कवि परियारले समेटेका छन् । अन्तर्राष्ट्रिय नेपाली समाज, अनेसास पोर्तुगल र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको आयोजनामा परिचर्चा कार्यक्रम भएको हो । कविता कृतिलाई बेला प्रकाशनले प्रकाशित गरेको हो । ‘कैंची’माथी परिचर्चा गर्दै कवि तथा अन्तर्राष्ट्रिय नेपाली समाजका महासचिव अर्जुन श्रीले नेपाली समाजमा विभेद र उत्पीडनमा पारिएका समुदायका अनेकन विषय… पुरा पढौ

अष्ट्रेलियामा हस्तमैथुन गर्दैगर्दा एक नेपाली पक्राउ, यौन अपराधी घोषित भए देश फिर्ता हुने

सन् २०१५ मा अष्ट्रेलिया पुगेका एक नेपाली पुरुष ‘यौन अपराधी’ घोषित भएर घर फर्काइने स्थितिमा पुगेका छन् । २६ वर्षीय ती नेपाली युवक २०२१ मा होबार्टमा पक्राउ पर्दा खाद्यान्न डेलिभरी चालकको रूपमा कार्यरत थिए । होबार्ट मजिस्ट्रेटको अदालतका अनुसार घ*टना घटेको दिनमा ती नेपाली बिहानको डिलिवरी सकाएर र रोजनी पार्कतिर गएका थिए । त्यहाँ पुगेपछि वरपर कोही नभएको लागेर उनी कारभित्र ह*स्तमै*थुन गर्न लागे । काउन्सिलका श्रमिक उनलाई त्यहाँ कार रोक्न पाइँदैन भन्न कार नजिक पुग्दा भित्रको ह*र्कत देखे ।… पुरा पढौ

गल्कोट समाज जापान क्षेत्रीय समितिका अधिवेशन धमाधम सम्पन्न, सिजुओकामा अर्जुन जंग बस्नेत र क्युस्युमा देविलाल गैरे अध्यक्षमा निर्वाचित

गल्कोट समाज जापान क्षेत्रीय समितिका अधिवेशन धमाधम सम्पन्न भैरहेका छन ।केन्द्रीय समितिको महाधिवेशन आगामी महिनाको १३ तारिकका लागि नागोयामा हुने निश्चित भएसंगै हालसम्म कान्तो, नागोया , कान्साइ, सिजुओका र क्युस्यु क्षेत्रीय समितिका अधिवेशन सम्पन्न भै आगामी कार्यकाल २०२२-२०२४ को लागि नया कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको क्षेत्रीय निर्वाचन सम्पन्न गराउने ज़िम्मेवारी पाएका निर्वाचन संयोजकहरूले जानकारी गराएका छन । जुलाई २७ तारिक सम्पन्न सीजुओका क्षेत्रीय समितिको अधिवेशनले अर्जुन जंग बस्नेतको अध्यक्षतामा एक महिला सहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको… पुरा पढौ

गलकोट समाज जापानका क्षेत्रीय समिति कान्तो र नागोयाको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा राजु बस्नेत र अजय थापा कालु निर्वाचित

गलकोट समाज जापानका क्षेत्रीय समिति कान्तो र नागोयाको छैठौ अधिवेशन सम्पन्न भै आगामी कार्यकाल २०२२-२०२४ को लागि कान्तोमा राजु बस्नेत र नागोयामा अजय थापा कालु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । मंगलबार जापानको टोकियोस्थित शिन ओकुबोमा सम्पन्न कान्तो क्षेत्रीय समितिको अधिवेशनबाट उपाध्यक्षमा दिनेश थापा, प्रकाश निउरे मित्र, इश्वर बस्नेत र गगन खत्री झकास लेखा संयोजकमा हिमाल कंडेल, सचिवमा दिपक सुबेदी, सह सचिवमा गोविन्द केसी र पवन बोहोरा, कोषाध्यक्षमा गोम बुढाथोकी, सह कोषाध्यक्षमा सुरज केसी र गोविन्द खड्का निर्विरोध निर्वाचित भएका… पुरा पढौ