नेपाल मगर संघ जापानको २१ औ महाधिवेशन सम्पन्न, अध्यक्षमा रामहरि खपांगी मगर

-


     दिनेश थापा    
     असाेज १५ गते २०८०


टोकियो/नेपाल मगर संघ जापानको २१ औँ महाधिवेशनबाट रामहरि खपांगी मारको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
२०२२-१०-१ तारिक आईतबारका दिन टोकियोमा सम्पन्न अधिवेशनले आगामी (सन २०२३-२०२५)को कार्यकालको लागि खपांगी मगरको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध रूपमा निर्वाचित गरेको निर्वाचन समितिका संयोजक ठानु राना मगरले जानकारी दिएका हुन् ।

“पट्ट मगरको काट छानिङ, लहो, ढुट, धर्म र सांस्कृतिक माम्याकिङ” संसार भरिका मगरहरु एक हौ भन्ने भावनाका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी जापानमा रहेका मगरहरुलाई एउटै मालामा गास्दै जन्मभुमि प्रति सामाजिक, आर्थिक,सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि राष्ट्रको विकासमा टेवा पुर्याउने उदेश्यले जापानमा सन् १९९५ मा स्थापना भएको नेपाल मगर संघ जापानको वरिष्ठ उपाध्यक्षमा प्रेम प्रकाश रोका मगर, उपाध्यक्षमा भिम श्रीष मगर, लोक बहादुर रोका मगर, मिना पुन मगर र रिता राना मगर निर्वाचित भएका छन ।

त्यस्तैगरि,अधिवेशनबाट महासचिवमा भिक्टर ठाडा मगर सचिवमा दिल बहादुर फुर्जा मगर र माया थापा मगर त्यसै गरि कोषाध्यक्षमा सविन थापा मगर, सह कोषाध्यक्षमा सुमि पुन मगर मगर र प्रवक्तामा चिना रोका मगर सर्वसहमत रूपमा चयन भएका छन । भने विदेश विभाग प्रमुख पछि कार्यसमितिले चयन गर्ने समेत जानकारी गराएको छ।

संघको सदस्यहरुमा कमल पुन मगर, सागर थापा मगर, दिपेन थापा मगर, दिनेस पुन मगर, छविलाल थापा मगर, खिम थापा मगर, ढक प्रसाद जुगजाली
रमा राना मगर, हेम बहादुर सुर्यवंशी र अशिम खपांगी मगर चयन भएका छन् ।

कार्यक्रममा गत कार्यकालको प्रगति प्रतिवेदन महसचिव रामहरि खपाङ्गि मगरले र कोषाध्यक्ष भिक्टर ठाडा मगरले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।उद्घाटन सत्रको कार्यक्रमको अध्यक्षता अध्यक्ष ओम काउचा मगर र कार्यक्रम संचालन रामहरि खपांगी मगर र भिक्टर ठाडा मगरले संयुक्त रुपमा गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष प्रेम प्रकाश रोका मगर गरेका थिए त्यसै गरि घोषणा सभाको अध्यक्षता ठानु राना मगरले गरेका गरेका थिए ।

प्रमुख अतिथिको रुपमा उपस्थिती भएका जनजाति महासंग जापानका अध्यक्ष सुकुमान थिङ्ले बोल्दै भने सामाजिक सदभाव,पारस्परिक सहयोग, आपसी एकता र सहकार्यको विकास गरि जन्मभूमिप्रतिको माया, ममता र जागरणलाइ कायमै राखी, सुन्दर, स्वावलम्वी र स्वाभिमानी, समतामुलक समाज निर्माण गर्नमा यस मगर संघले उत्कृष्ट काम गर्दै आएको खुसी समेत व्यक्त गरे।

सामाजिक सेवा गर्नका लागि जापानमा क्रियाशील संस्थाहरुका माझमा आफ्नो फरक पहिचान बनाउदै धर्म, कला, संस्कृति, शिक्षा स्वास्थ्य, मानवीय सहयोग सहित भैपरि आउने हरेक कार्यका लागि एकल वा समन्वयात्मक रुपमा कार्य गर्दै आइरहेकोमा खुसी व्यक्त गर्दै उपस्थित अतितिहरुले नयाँ कार्यसमितिलाई शुभकामना मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?