
नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन हुने भएको छ ।
मञ्चको संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगत क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन अक्टोबर ३० तारिक हुने भएको क्षेत्रीय समितिका अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।
‘प्रवासी प्रगतिशील नेपाली एक हौ’ भन्ने नाराका साथ संगठनको नियमित कार्यक्रम अनुसार अधिवेशन गर्न लागिएको अध्यक्ष गैरेले बताए । उनका अनुसार अधिवेशनको आवश्यक तैयारी र व्यवस्थापनका लागि समितिको बैठक बसी कार्य विभाजन र जिम्मेवारी बाँडफाड गरि सोहि अनुरूप कार्य भैरहेको छ ।
ओसाकाको जिग्री इण्डियन नेपाली रेस्टुरेन्ट
大阪市中央区久太郎町2-3-8 B1 मा दिउसो ३ बजेदेखि हुने अधिवेशनले आगामी कार्यकालको लागि नेतृत्व चयन समेत गर्ने बताईएको छ ।
प्रवास समन्वय समितिको ३ महिने संगठन सुदृढिकरण अभियान पनि संचालन भैरहेकों अवसर पारेर क्षेत्रीय समितिका अधिवेशनहरू हुने तय भएको राष्ट्रिय समितिका कार्यवाहक अध्यक्ष मोहन पौडेलले बताए ।संगठनको सदस्यताको लागि अनलाइनमार्फत आवेदन र नवीकरण गर्ने व्यवस्था मिलाईएको छ । महासचिव बाबुराम पौडेलले भने- जापानमा नेपालीको संख्या बढ़ेसंगै हामी निकटका साथीहरूको पनि आगमन भएकोले उहाहरूसंगै सबैले सदस्यता आवेदन फारम भर्न र नवीकरण गर्नको लागि अनुरोध गर्दछु ।



