
गलकोट समाज जापान क्षेत्रीय समिति सिजुओकाको आयोजनामा मंगलबार सिजुओका आवेगावा रिभर साईडमा वारविक्यु तथा भेटघाट कार्यक्रम सम्पन्न भयो ।
जापानमा रहेका नेपाली समुदायका बिचमा आपसी सत्भाव प्रगाढ गराउने र भाइचाराको सम्बन्ध बढाउने उदेश्यले आयोजित उक्त कार्यक्रममा गलकोट समाजकी अध्यक्ष कालिका थापा लगाएतको उपस्थिति रहेको थियो ।

प्रवासमा रहेका सबै नेपाली जनसमुदायविच आपसी सद्भाव कायम राख्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विचार समाजकी अध्यक्ष थापाले व्यक्त गरिन । कार्यक्रममा सहभागी एनआरएनए जापानका अध्यक्ष नविन निउरेले सामाजिक सत्भावले नै समाजको विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
एनआरएनए आइसीसीका सदस्य तथा एनआरएनएको आगामी कार्यकालको उपाध्यक्ष पदका प्रत्यासी रोबिन शेरचनले प्रवास रहने नेपाली दाजुभाइ दिदीबहिनीका बिच को भेटघाटले भाईचाराको विकाश गरि समाजमा मिलेर केही गरौ भन्ने सन्देश दिएकोमा ख़ुशी व्यक्त गरे ।

कार्यक्रममा गल्कोट समाज जापानका संरक्षक मोहन खत्री गल्कोट समाज जापानका पुर्व महासचिव तथा सिजुओका स्पोर्ट्स क्लबका अध्यक्ष कृष्ण केसी, गल्कोट समाज जापानका सल्लाहकार राम खत्री, सल्लाहकार रामु चालिसे, एभरेस्ट फुजी सोसाईटी हामामाचुका सचिव नारायण सापकोटा, स्याङजा समाज जापान क्षेत्रीय समिति सिजुओका का अध्यक्ष मिलन अर्याल लगाएत सिजुओकावासी व्यवसायी, रोजगारी रहनुभएका व्यक्तित्व, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
गलकोट समाज जापान क्षेत्रीय समिति सिजुओका अध्यक्ष अर्जुन जंग बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव चित्र बहादुर बुढाथोकीले र स्वागत मन्तव्य उपाध्यक्ष विशाल शर्माले राखेका थिए ।



