नेपाली जनप्रगिशील मञ्च जापान क्षेत्रीय समिति कान्तोको सातौं अधिवेशन आगामी आइतबार हुने

-


     जनहित न्युज    
     कार्तिक १६ गते २०८०


नेपाली जनप्रगिशील मञ्च जापान क्षेत्रीय समिति कान्तोको सातौं अधिवेशन आगामी आइतबार हुने भएको छ।
प्रवासी नेपाली सबैमा सत्भाव र एकता आजको अपरिहार्यता , राज्यको अर्थतन्त्र सुधारमा रेमिटान्समा जोड हालको अनिवार्यता भन्ने नाराका साथ सातौं अधिवेशन नोभेम्वर ५ तारिख अर्थात आगामी आइतबार हुन लागेको क्षेत्रीय समितिले जानकारी दिएको छ ।
टोकियोको शिन ओकुबो स्थित मुरा हलमा हुन लागेको उक्त अधिवेशनको आन्तरिक सम्पूर्ण तयारी पुरा भएको क्षेत्रीय समितिका अध्यक्ष गोकर्ण बर्तौलाले जानकारी दिए। उनका अनुसार अधिवेशनको लागि हल व्यवस्थापन, सूचना तथा पत्राचार लगायत आन्तरिक रूपमा गरिनु पर्ने आवश्यक कार्य गरिरहेको छ। ” अधिवेशनको आवश्यक तैयारी र व्यवस्थापनका लागि समितिको बैठक बसी कार्य विभाजन र जिम्मेवारी बाँडफाड गरि सोहि अनुरूप कार्य भैरहेको छ ।” उनले भने।
संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगतकै कार्यक्रम अनुसार क्षेत्रीय समितिले अधिवेशन गर्न लागेको बताइएको छ ।
प्रवास समन्वय समितिको ३ महिने संगठन सुदृढिकरण अभियान पनि संचालन भैरहेकों अवसर पारेर क्षेत्रीय समितिका अधिवेशनहरू हुने तय भएको राष्ट्रिय समितिका कार्यवाहक अध्यक्ष मोहन पौडेलले बताए ।
संगठनको सदस्यताको लागि अनलाइनमार्फत आवेदन र नवीकरण गर्ने व्यवस्था मिलाईएको छ । महासचिव बाबुराम पौडेलले भने- जापानमा नेपालीको संख्या बढ़ेसंगै हामी निकटका साथीहरूको पनि आगमन भएकोले उहाहरूसंगै सबैले सदस्यता आवेदन फारम भर्न र नवीकरण गर्नको लागि अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?