जापानमा रहेका छन्त्याल समुदायले टोकियोमा भेलाको आयोजना गर्ने

-


     जनहित न्युज    
     मंसिर ३० गते २०८०


जापानमा रहेका छन्त्याल समुदायले टोकियोमा एक भेलाको आयोजना गर्ने भएको छ ।

नेपाल छन्त्याल संघबाट स्विकृति लिई जापान छन्त्याल संघ गठन गर्नको लागि डिसेम्बर ३१ तारिखको दिन भेलाको आयोजना गर्न लागिएको हो । नयां वर्ष २०२४ को पूर्वसन्ध्यामा गर्न लागिएको उक्त भेलामा जापानको विभिन्न ठांऊमा छरिएर रहेका छन्त्याल समुदायको उपस्थिति हुने आयोजकको भनाइ छ ।जापानको विभिन्न ठांऊमा छरिएर रहेका छन्त्यालहरुलाई एक ठाउमा एकिकृत गरि दुःख,सुःखमा एक अर्काको साथ मिलोस भन्ने उद्देश्यका साथ भेलाको आयोजना गर्न लागिएको टोकियोमा रहेका म्याग्दीको रघुगंगा ८ का दुवाडीका युवा देबिन छन्त्यालले जानकारी दिए ।

त्यसैगरी टोकियो मै रहेका धौलागिरि गांउपालिका ७ मल्कबाङका युवा गंग बहादुर छन्त्याल भन्छन्, ‘कुनै भेग, आफ्नो मान्छे नभनी आर्थिक पारदर्शिताका साथ जापान छन्त्याल समाज भनि अघि बढ्ने उद्देश्य लिएका छौ र एउटा नमुना संस्था बन्नेछ भन्नेमा विश्वास लिएका छौ ।’

त्यस्तै, सिजुओका बस्ने रघुगंगा ८ घ्यांसीखर्कका अर्का युवा टिका छन्त्यालका अनुसार नेपाल छन्त्याल संघबाट आधिकारिकता लिई जापान छन्त्याल संघलाई अघि बढाउन लागिएको र सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । सो अवसरमा विभिन्न सांगीतिक तथा मौलिक नृत्यको आयोजना पनि हुनेछ । अध्ययन र रोजगारको सिलसिलमा जापानको विभिन्न शहरमा २ सय भन्दा छन्त्याल समुदाय रहेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?