घुम्टे युवा परिवार जापानको छैठौ साधारण सभा तथा तेस्रो अधिवेशन मार्च २५ हुने

-


     जनहित न्युज    
     चैत्र १ गते २०८०


घुम्टे युवा परिवार जापानको छैठौ साधारण सभा तथा तेस्रो अधिवेशन आगामी मार्च २५ सोमवार हुने भएको छ।

टोकियो ओकुबोस्थित नेवा डाइनिङमा हुने अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै समाजको भावी कार्ययोजना तथा संस्थागत रणनीति समेत तय गर्ने गरि संस्थाको अधिवेशन मार्च २५ तारिख हुन लागेको सचिव तुलविर थापाले जानकारी दिए ।

खेलकूद कला, संस्कृति हाम्रो शान पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै बाग्लुङ जिल्ला गल्कोट नगरपालिका ७ मल्मबाट विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनको शिलशिलामा जापानलाई कर्मथलो बनाईरहेका मल्मबासीले सामाजिक सत्भाव, आपसी एकता, खेलकुदको विकास र प्रवर्धन साथै सहकार्यको विकाश गर्ने ध्येयका साथ संस्थाको गठन गरिएको अध्यक्ष दिनेश थापाले बताए ।

अपनत्व सहितको समाज निर्माण गर्दै जापानभित्र रहेका सम्पूर्ण मल्मबासीहरूमा एकताको भावना विकास गराई जापानको ज्ञान, सिप र पुजीको माध्यमबाट जन्मभुमीको हरेक क्षेत्रको विकासका लागि टेवा पुर्याउदै मल्मभित्र भई परि आउने आपतविपत र दैविप्रकोपमा तत्काल केहि सम्बोधन गर्न सकियोस् भन्ने उदेश्यसहित सन २०१८ मा स्थापना गरिएको यस संस्थाले जापानमा रहेका विभिन्न संघसंस्था बिचमा समन्वय, साझेदारी एवंम् सहकार्यको वातावरण सृजना गरि संस्थाको पहिचान र गरिमालाई उचाईमा पुर्याएको अध्यक्ष थापाले बताए।

अधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि आवश्यक जिम्मेवारी बाँडफाँडका साथ कार्य भइरहेको अध्यक्ष थापाले बताए । उनका अनुसार अधिवेशनबाट आगामी कार्यकाल २०२४-२०२६ को लागि नेतृत्व चयन समेत हुने भएकोले संस्थाका सल्लाहकार कालिका थापाको संयोजकत्वमा निर्वाचन समिति र अधिवेशनलाई व्यवस्थित गर्नका लागि वर्तमान अध्यक्षको संयोजकत्वमा मूल आयोजक गठन गरि अधिवेशनको तयारीलाई व्यापक पारिएको छ।

नया कार्यसमिति चयनका लागि सबैको अपनत्व हुने गरि संस्थाको उदेश्य, मर्म र भावना अनुसार संस्थाको गरिमालाई निरन्तरता दिने सक्षम नेतृत्व चयन गर्न आवश्यक तयारी गरिएको निर्वाचन समिति संयोजक थापाले बताईन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?