गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय भेला-२०२४ सिजुओकामा सम्पन्न

-


     जनहित न्युज    
     माघ ८ गते २०८०


गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय भेला-२०२४ सिजुओकामा सम्पन्न भएको छ ।
राष्ट्रिय समन्वय परिषद् र क्षेत्रीय समिति बिचको सम्बन्धलाई सुमधुर, प्रगाढ बनाइ समन्वयात्मक र सहकार्यमा कार्य गर्दा सेवा प्रवाहमा सरलता प्रभावकारी आउनुका साथै दाहारोपनामा कमि ल्याउनलाई सहज गराउने उदेश्यले आयोजित कार्यक्रम आइतबार सम्पन्न भएको हो।
कार्यक्रममा एनआरएनए जापान अन्तर्गत रहेका १२ वटा क्षेत्रीय समितिहरूले यस कार्यकालमा गरेका कार्य, आगामी दिनमा गरिने योजना, राष्ट्रिय समन्वय परिषद र क्षेत्रीय समितिका बिच अपनाउनु पर्ने सम्बन्धका बारेमा प्रस्तुति राखिएको एनआरएनए जापानका उपाध्यक्ष तथा क्षेत्रीय समन्वय समितिका संयोजक देवराज उप्रेतीले जानकारी दिए।

कार्यक्रममा एनआरएनए जापानमार्फत जापानबासी नेपालीको हक हित र नेपालको चिनारीलाई थप उचाइमा पुर्याउनका लागि एनआरएनए जापान भूमिका र गरिनुपर्ने गतिविधिका बारेमा केन्द्रीत रहेर प्रस्तुतिकरण सहितको अन्तर्क्रिया भएको प्रवक्ता खगराज गौतमले जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार जापानबासी नेपाली समुदायसँग निकटताको सम्बन्ध स्थापना गर्दै उनीहरुको नजिकको साथी बन्नुपर्छ र जापानी नेपाली समुदायमा गरिने हरेक कार्यक्रममा सबैको अपनत्व हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै एनआरएनए जापानको विधान २०२१ को संशोधन सहितको विधान २०२३ को परिच्छेद ४ को दफा ३ बमोजिम आयोजित उक्त भेलाले जापानमा नेपालीहरुको दुख सुख र अप्ठ्यारोका लागि एनआरएनए जापान छ भन्ने बनाउन र जापान स्थित नेपाली समुदायको हितका लागि नै एनआरएनए जापान छ र क्रियाशिल रहिरहने भन्ने जनमानसमा बोध गराउनका लागि कार्यक्रमहरु केन्द्रित हुनु पर्नेमा जोड दिएको छ।

एनआरएनए जापानका सम्पूर्ण क्षेत्रीय समितिलाई एनआरएनएको मर्म र उदेश्य अनुरुप क्रियाशिल हुनका लागि कार्ययोजना तर्जूमा गरि क्षेत्रीय समितिका हालसम्मका गतिविधिको समिक्षासहित यस कार्यकालका लागि योजना बनाउन भेला सफल रहेको एनआरएनए जापानका महासचिव टिकाराम खरेलले बताए।
भेलामा एनआरएनए जापानका पछिल्ला गतिविधि, क्रियाकलापका बारेमा जानकारी हासिल भै रासपका वार्षिक नीति तथा योजनाको बारेमा जानकारी हासिल गरि कार्यान्वयनका लागि योजना तर्जूमा गर्ने, एनआरएनए जापान रासप र क्षेत्रीय समिति बिचको सम्बन्धलाई प्रगाढ बनाइ जापानमा रहेका नेपाली समुदायका लागि सामाजिक सेवाका कार्यलाई केन्द्रमा राखेर योजना तर्जूमा गर्ने, एनआरएनए जापानको पहलमा भएका नीतिगत र सैद्दान्तिक निर्णय र यसले एनआरएन नेपालीलाई पार्ने असर र प्रभावको बारेमा साझा बुझाइ क़ायम भएको महासचिव खरेलको भनाइ छ।
नेपालको चिनारी र पर्यटन प्रवद्रर्धनमा एनआरएनए जापानले खेल्ने भूमिका, एनआरएनए एनसीसी र एनआरएनए एलसीसीको अन्तर सम्बन्ध र सहयोग आदानप्रदानको प्रणालीको बारेमा स्पष्टता सहकार्यको आवश्यकता, औचित्य र त्यसपछि गरिनुपर्ने भूमिकासहितको जिम्मेबारीका बारेमा साझा बुझाई कायम गरि त्यसको कार्यान्वयन गर्न योजनाबद्ध कार्यक्रम बनाउन क्षेत्रीय भेला २०२४ कोशेढुंगा सावित भएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेको ठम्याइ छ।


भेलामा एनआरएन क्षेत्रीय समिति नागोयाका संयोजक कृष्ण प्रसाद गौतम भेषनाथ, कान्तोका सागर कार्की, चिबाका समीर जंग खड्का, क्यूस्युका बिबेक बुढाथोकी, सेन्दाईका सन्दिप जिसी, तोचिगीका सन्तोष घिमिरे, गुन्माका उपसंयोजक पन्थी, सिजुओकामा राजु डंगोल, ओकिनावाका देवेन्द्र खड्का, ओसाका कान्साईका हरिप्रसाद कँडेल निगाताका दिनेश सुनार, गुन्माका उप संयोजक श्रीधर पन्थी र नागानोका उप संयोजकले आफ्नो क्षेत्रीय समितिमा भए गरेका गतिबिधि, आगामी कार्ययोजना आवश्यक सुझावसहित प्रस्तुतिकरण गरेका थिए।
क्षेत्रीय समितिले आफ्नो प्रस्तुतिकरणमा एनआरएनए एनसीसीको विधानमा नै क्षेत्रीय समितिका बारेमा स्पष्ट काम कर्तव्य र अधिकार तोकिनु पर्ने, क्षेत्रीय समितिलाई अनुशिक्षणका कार्यक्रम सञ्चालन गरिनुपर्ने, सूचना प्रणालीलाई थप प्रभावकारी बनाइनु पर्ने, प्रत्यक्ष नेपाली समुदायलाई सकारात्मक प्रभाव पार्ने कार्यक्रमको तर्जुमा गरिनु पर्ने, दुतावासको सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक समन्वय गरिनुपर्ने, विधानको समय सापेक्ष परिमार्जन गरिनुपर्ने, सकेसम्म सम्पूर्ण क्षेत्रमा दुतावासको समन्वयमा घुम्ती सेवा सञ्चालन गरिनुपर्ने, जापानका सरकारी निकायसंग समय समयमा अन्तर्क्रियात्मक कार्यक्रम गरिनुपर्ने लगायतका सुझाव व्यक्त गरेको एनआरएनए जापानका सचिव दिलिप कँडेलले जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथि रहेका एनआरएनए आइसिसी सदस्य बाबुराम खरेल, विशेषज्ञ समिति सदस्य सालिकराम भण्डारी, सन्तोष थापा, सल्लाहकार डिलाराम खरेल रेशम डंगोल, सन्देश अधिकारी, किरण बर्मा, लेख तथा अनुगमन समिति संयोजक विष्णु रेग्मी, पूर्व महासचिव बुद्धिराज घिमिरे एनआरएनए जापानकी सचिव चन्द्राकुमारी केसी लगायतले आफ्नो मन्तव्य राख्दै एनआरएनएको अभियानमा क्षेत्रीय समितिको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरेका थिए।

क्षेत्रीय समिति सिजुओकाको स्थानीय व्यवस्थापनमा सम्पन्न कार्यक्रममा कलाकारहरुद्वारा नृत्य र क्षेत्रीय संयोजक राजु डंगोलद्वारा स्वागत मन्तव्य सहित स्वागत गरिएको थियो। कार्यक्रमको अघिल्लो दिन सोहि समितिले आगन्तुकहरुका लागि स्वागत सम्मान तथा डिनर कार्यक्रमको आयोजना गरिएको थियो। एनआरएनए जापानका अध्यक्ष नविन निउरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए जापानका उपाध्यक्ष सचिन श्रेष्ठको स्वागत मन्तव्य उपाध्यक्ष तथा क्षेत्रीय समिति संयोजक देवराज उप्रेतीद्वारा कार्यक्रमको औचित्य र आवश्यकतासहित महासचिव टिकाराम खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?