विनासकारी बाढी र पहिरो पिडित नेपालीलाई जापानबाट नेपाली जनप्रगतिशील मञ्चले आर्थिक सहयोग रकम पठाएको छ।
नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) जापानले सचिव जीवन पोखरेलको संयोजकत्वमा सञ्चालन गरिएकोको सहयोग रकम संकलन अभियानबाट संकलित १ लाख ७२ हजार रुपैयाँ बाढी र पहिरो पिडितको सहयोगको लागि पठाएका छन् ।
नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालन गरेको सहयोग रकम कोषमा उक्त रकम बिहिबार जम्मा गरिएको मञ्चका वरिष्ठ उपाध्यक्ष श्यामहरि पाण्डेले जानकारी दिए। विभिन्न देश र स्वदेशबाट जम्मा भएको सबै रकम पार्टीले एकमुष्ठ रुपमा नेपाल सरकारलाई छिट्टै प्रदान गर्ने बताइएको छ ।
प्रचण्डले परदेशमा रहेका नेपालीले दुःखको बेला गरेको सहयोगको लागि धन्यवाद दिदैं जम्मा भएको सम्पूर्ण सहयोग रकम एकद्वार प्रणाली मार्फत सरकारलाई दिइने बताएका छन्।
छोंटो समयमा सहयोग संकलन गर्न पार्टी सचिव तथा इन्चार्ज राम कार्की ‘पार्थ’, सह इन्चार्ज सुरेन्द्र भुषाल, नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका संयोजक उदयराज, नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले भुमिका निभाएका थिए ।
पार्टी संगठन र एनपीपीएफबाट सो सहयोग सॅकलन भएको बताइएको छ । संयोजक उदयराज गौतमले बाढी पिडित नेपाली दाजुभाई दिदीबहिनीलाई केही भएपनि सहयोग होस भनेर सहयोग पठाइएको जानकारी दिदैं मनकारी सहयोगदातालाई धन्यवाद दिए ।