प्रवास

पत्रकार प्रेम स्याङ्तानको उपचारको लागि जापानबाट २ लाख ५ हजार सहयोग

टोकियो । दुबै मृगौला फेल भइ उपचारको क्रममा रहनुभएका पत्रकार प्रेम स्याङ्तान लामाको उपचारार्थ जापानबाट २ लाख रुपैया बढ़ी आर्थिक सहयोग जुटेको छ । नेपाल पत्रकार महासंघ जापान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको सहयोगमा २ लाख ५ हजार आर्थिक सहयोग गरेको हो । सन २००६ देखी पत्रकारीतामा क्रियासिल पत्रकार स्याङ्तान मुटु, सुगर तथा मृगौला सँम्बन्धि रोगबाट पिडीत भई राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत छन । पीडितको आर्थिक अवस्था कमजोर रहनुको साथै उपचारको लागि धेरै खर्च हुने भएपछि… पुरा पढौ

आर्थिक अभावमा उपचारमा समस्या झेली रहेकी मीनालाई घुम्टे युवा परिवार जापानले गर्यो ३ लाख बढि आर्थिक सहयोग

क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित भै उपचारारत गलकोट नगरपालिका वार्ड नम्बर ७ की एक महिलालाई घुम्टे युवा परिवार जापानले आर्थिक सहयोग प्रदान गरेको छ ।  आर्थिक अभावले उपचारमा समस्या झेलिरहेकी २५ वर्षीय मीना बिकलाई बुधबार एक कार्यक्रमको आयोजना गरि उनको परिवारलाई ३ लाख ३६ हजार ८१९ रुपैया रकम घुम्टे युवा परिवार जापानले उपचारार्थ आर्थिक सहयोग रकम हस्तान्तरण गरेको हो । निम्नमध्यम वर्गीय परिवारकी बिकको क्यान्सर कारण गम्भीर समस्या देखापरेपछि भक्तपुर अस्पतालमा लामों समयसम्म भर्ना गरेर उपचार गराउदा आर्थिक अभाव भै… पुरा पढौ

राजदूतले दूतावासको फोन नउठने समस्या समाधान नगरेसम्म आफूले फोन नबोक्ने घोषणा गरेको करिब १० महिनापछि फोन प्रयोगमा आएको दूतावासको जानकारी 

जापानका लागि नेपाली दूतावासबाट प्रदान गरिने राहदानी, कन्सुलर र कानूनी परामर्श लगायतका सेवालाई सरल, सुलभ र सहज बनाउनका लागि दूतावासले टेलीफोन प्रयोगमा ल्याएको जनाएको छ ।सोमवार एक विज्ञप्ति जारी गर्दै दूतावासले जापानबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई दूतावासबाट प्रदान गरिने सेवालाई सहज र सुलभ बनाउनका लागि ०३-३७१३-६२४१ नम्बरको टेलिफोन प्रयोगमा ल्याइएको उल्लेख गरिएको छ । “कार्यालय खुलेको दिन बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म ( अपरान्ह १:०० देखि २:०० खाजाको समय बाहेक) उपर्युक्त नम्बरमा फोन गर्न सकिने सकिनेछ” विज्ञप्तिमा भनिएको छ… पुरा पढौ

म जापान आउदाको पहिलो अनुभव र बेफुर्सदी जापानी

जीवनमै पहिलो पटक सन् २०२३ मे ९ तारिकका दिन बिहान ९ बजे म जापानको नायोगा सहर स्थित अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण भएँ ।बाहिर मेरा आफन्त मेरो अगमनको व्यग्र प्रतीक्षामा हुनुहुन्थ्यो । म सँगै एक जना दिदी हुनुहुथ्यो मनीता खत्री । हामी चढेकै जहाजमा नेपाली विद्यार्थी साथीहरु पनि आउनुभएको थियो । जहाजबाटसँगै झर्यौ आफ्नो लकेज लिएर अध्यागमन पासमा गयौ । मानिता दिदी पी.आर भै सकेको व्यक्ति उहाँको लागि जापानको अध्यागमन चेकजाँच सहज थियो । तर त्यसको वास्ता नगरि मेरै निम्ति हरेक प्रक्रियाको… पुरा पढौ

जापानको इबाराकीमा रुकुमका ३४ वर्षीय अमृत बुढा कोठामा मृत फेला परे

विद्यार्थी भिषामा जापान आएर हालै कम्पनीमा कार्यरत रुकुम जिल्लाका अमृत बुढाको हालै निधन भएको छ ।जापानको चुकुवा सिटीको कानामेमा बस्ने र सोहि ठाउँको कम्पनीमा कार्यरत नेपालको रुकुम महत-३ का ३४ वर्षीय बुढाको केहि दिन अघि आफू बस्ने कोठामा ज्यान गएको जापान प्रहरीले जापानका लागि नेपाली दूतावासलाई जानकारी दिएको थियो ।मृतक बुढा अप्रिलदेखी कम्पनीमा काम सुरू गरेका में को २ तारिकदेखि उनी कार्यरत कम्पनीमा काम गर्न नगएको र कम्पनीले ४ तारिकदेखि नियमित खोजबिन गरिरहेको र उनको कोठामा चेकजाँच गर्ने क्रममा मृत… पुरा पढौ

सेन्दाइको सडक दुर्घटनामा गुमाईएका ‘जेठो दाजु’ जस्तै युवराज र ‘कान्छो भाइ’ जस्तै नवराजलाई भने-“दुर्घटनामा मारिएका दुई साथी भन्दा दयालु कोही छैन”

रातिको कामका लागि हिडेका एक नेपाली विद्यार्थीले जीर्ण देखिने बसमा चढ्दा केही गडबड भएको महसुस गरे।चढिरहेको गाडी बिग्रिएपछि उनको मिल्ने साथीले गाडीको उक्त समस्या समाधान गर्न मद्दत गर्ने बताए।उनको साथी र बस चालकले गाडी चेक जाँचमा गरिरहेको बेला विस्फोट जस्तो भयानक आवाज आयो, आकाशबाट काँचका टुक्राहरू खसे, र बसमा सवार अन्य साथीहरू मानिसहरू रोइरहेका थिए र डरले चिच्याइरहेका थिए।२७ वर्षीय युवराज थापा र २१ वर्षीय नवराज तामाङ, जसलाई विद्यार्थीले आफ्ना “भाइहरू” मान्थे, मे १६ मा मियागी प्रान्तको कुरिहारामा तोहोकु एक्सप्रेसवेमा… पुरा पढौ

“प्रथम एनआरएनए जापान रनिंङ पुरुष भलिबल कप २०२३“ को उपाधि गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो पोल्टामा पर्यो

“प्रथम एनआरएनए जापान रनिंङ पुरुष भलिबल कप २०२३“ प्रतियोगिताको उपाधि गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले उचालेको छ ।एनआरएनए जापानको आयोजनामा सोमबार टोकियोको सिन्जुकु कस्मिक सेण्टरमा सम्पन्न प्रतियोगितामा एनवाईएससी जापानलाई सोझो २ सेटमा पराजित गर्दै क्लबले ३ लाख ५३ हजार ५३५ येन नगद, रनिङ कप, ट्रफी, मेडल र प्रमाण पत्र आफनो पोल्टामा पार्दा उप विजेतामा चित्त बुझाउन पुगेको एनवाईएससी जापानले २ लाख ५२ हजार ५२५ येन नगद मेडल र प्रमाण पत्र हात पारेको हो । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’… पुरा पढौ

जापानको ओसाकाको समुद्री किनारामा फेला परेको शव बेपत्ता आरती खनालको रहेको पुष्टि

में ८ मा समुद्री किनारा नजिकै फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी नेपालको चितवनकी आरती खनालको नै रहेको पुष्टि भएको छ ।सोमबार ओसाका प्रहरीले एनआरएनए जापानलाई गराएको जानकारी अनुसार प्राप्त शवको अस्पतालद्वारा गरिएको डीएनए परिक्षणबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।अप्रिल २१ मा खनालको कोठाबाट करिब २० किलोमिटर टाढा रहेको समुद्री किनारामा उनकै हुलियासंग मिल्ने शव फेला परेपछि प्रहरीले अनुसन्धानको घेरालाई साघुरो बनाउदै डीएनए परीक्षणका लागि अस्पतालमा… पुरा पढौ

सुतेकै अवस्थामा एक नेपालीको निधन

वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो ।साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए । साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए । विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ… पुरा पढौ

चितवन समाज जापानको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा ईश्वरी कँडेल र महासचिबमा कविकिरण न्यौपाने निर्वाचित

टोकियो- चितवन समाज जापानको चौथों अधिवेशन सम्पन्न भएको छ । टोकियोमा बुधबार सम्पन्न चौथो अधिवेशनले अध्यक्षमा ईश्वरी कँडेल सर्वसहमत निर्वाचित गरेको छ । चितवनबाट जापान आएर रोजगार, व्यावसाय, अध्ययन लगायत बिभिन्न पेशा गरि रहेका चितवनबासीको संस्थाको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उपाध्यक्षमा रामु खरेल, अनिल पौडेल र प्रदिप खरेल महासचिवमा कविकिरण न्यौपाने, सचिवमा विनोदकुमार सापकोटा र अनुपराज कंडेल, कोषाध्यक्षमा धिरन कंडेल र सह कोषाध्यक्षमा मनीषा प्रधान सर्वसहमत रूपमा निर्वाचित भएको निर्वाचन समितिका सदस्य तुलसीराम खरेलले जानकारी दिए । निर्वाचन समितिका… पुरा पढौ