प्रवास

जापानी भूमिमा स्वदेशी पाठ्यक्रम पढाइरहेको एउटा नेपाली स्कुल

आउँदो अप्रिलबाट नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । जसमा विद्यालयले नयाँ भर्ना आह्वान गर्नेछन् । अहिलेकै ट्रेन्डअनुसार गए नेपालीसँगै विदेशी विद्यार्थी पनि भर्ना हुनेछन् । नेपाली पाठ्यक्रम र मौलिकता पढ्न लालायित देखिनेछन्, त्यो पनि – जापानमा ।  अहिले धमाधम वार्षिक परीक्षामा केन्द्रित भइरहेका विद्यालयले विदेशी भूमिमा नेपाली पाठ्यक्रमको विज्ञापन गर्नेछन् । विद्यार्थीको ध्यान खिच्न बल लगाउनेछन् । जापानमा रहेका नेपाली अभिभावक आफ्ना छोराछोरी नेपाली पाठ्यक्रममा आधारित स्कुलमा भर्ना गर्न चाहन्छन् । पछिल्लो समय बढ्दै गएका स्कुलका संख्याले पनि यसको माग बढिरहेको… पुरा पढौ

जापानमा नेपाली विद्यार्थीको कष्टकर दैनिकी

स्कूले पढाइ भ्याउँदा नभ्याउँदै उच्च शिक्षा अध्ययन गर्न भनेर विद्यार्थी भिसामा जापान पुगेका अधिकांश नेपालीहरू विद्यार्थी कम, मजदूर बढी बनेर कष्टकर दैनिकी गुजारिरहेका छन्।आठ घण्टा उभिएरै काम गरेपछि स्वर्णिम अर्को ‘ड्यूटी’ का लागि हुइँकिए। नारा प्रिफेक्चर नजीकैको बेन्तो लाइनमा बिहान ८ देखि बेलुकी ५ बजेसम्म ड्यूटी थियो। त्यसबीचमा एक घण्टा खाजा ‘ब्रेक’ हुन्छ।उनी दिनको ‘ड्यूटी’ सकेपछि ओशाकातिर हानिएका थिए। ओशाका प्रिफेक्चर ताकात्सुकीको रात्रिकालीन ‘ड्यूटी’ राति ९ बजेबाट शुरू हुन्छ। यो ‘ड्यूटी’ बिहान ६ बजेसम्म चल्छ।त्यसपछि क्योतो आइपुगे, बिहान ८ बजे।… पुरा पढौ

प्रवास एसिया संगठन समितिले ‘प्रवासी मजदुरसँग जनप्रगतिशील मञ्च’ अभियान सञ्चालन गर्दै १० हजार सदस्य थप्ने

सुशासन, सामाजिक न्याय र समृद्धिका लागि आह्वान गर्दै नेकपा माओवादी केन्द्रको प्रवास एसिया समितिले १० हजार सदस्य थप्ने गरी अभियान चलाउने भएको छ ।जन जनमा माओवादी घर घरमा माओवादी भन्ने योजनाका साथ जनतासँग माओवादी अभियान चलाउन लागेको पार्टीलाई सहयोग पुर्याउने उदेश्यका साथ प्रवासमा समेत अभियान सञ्चालन गर्न लागिएको हो ।नेकपा माओवादी केन्द्रको प्रवास एसिया संगठन समितिको आइतबार सम्पन्न भर्चुअल बैठकले ‘प्रवासी मजदुरसँग जनप्रगतिशील मञ्च’ अभियान सञ्चालन गर्न लागेको समितिका अध्यक्ष शनि कुमार वलीले जानकारी दिए ।‘समाजवादी गणतन्त्र निर्माणमा प्रवासी मजदुरको… पुरा पढौ

इजरायलमा नेपाली मूलका बैंकरले बाले  मैनबत्ती, बिपिन जोशीको सुरक्षित मुक्तिका लागि गरे अपिल

इजरायल – न्यू योर्कमा कार्यरत नेपाली मूलका बैंकर तथा समाजसेवीप्रवेश रिजालले गत  अक्टोबर २०२३ मा हमासको आक्रमणमा परीमारिएका १० नेपाली विद्यार्थीहरूको सम्झनामा इजरायलको एककिब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्। गत मंगलबार  इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुज अलुमिममाआयोजित एक स्मृति कार्यक्रममा न्युयोर्कस्थित क्रस रिभर बैंकको क्वान्टिटेटीभ स्ट्राटेजीज विभागको प्रमुख समेत रहेका रिजाललेप्यालेस्टिनी उग्रवादी समूह हमासले  अपहरण गरेका नेपाली नागरिकबिपिन जोशीको सुरक्षित मुक्तिका लागि पनि आग्रह गरे। नेपाली लगायत हमास आक्रमणमा मारिएका सबै व्यक्तिहरूकोसम्झनामा आयोजित उक्त कार्यक्रममा बोल्दै रिजालले भने, “त्यही ठाउँमाउभिनु जहाँ हाम्रा १० नेपाली दाजुभाइहरूले ज्यान गुमाएका थिए, अत्यन्तपीडादायक अनुभूति हो। तर यो क्षण नेपाल र इजरायलबीचको सहानुभूतिर ऐक्यबद्धताको प्रतीक पनि हो।” रिजालले थपे, "हामीले गुमाएका आफन्तहरूको सम्झनामा श्रद्धाञ्जलीअर्पण गर्दा मेरो मन अझै भारी छ। किनकि अझै पनि थुप्रै निर्दोष नागरिकहमासको कब्जामा छन्, जसमा नेपाली नागरिक बिपिन जोशी पनि छन्।उनी इजरायल आइपुगेको केही हप्तामै १५ जना नेपालीहरूलाई बचाउनेप्रयासका क्रममा अपहरणमा परे। उनको सुरक्षित फिर्तीका लागि हामीप्रार्थना गर्छौं र सबै निर्दोष बन्धकहरूको रिहाइका लागि विश्व समुदायलेऐक्यबद्धता जनाउनुपर्छ।” रिजालले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीविद्यार्थीहरूलाई स्मरण गर्दै भने, “नेपाली युवा विद्यार्थी यहाँ अध्ययन, प्रगति, र भविष्य निर्माण गर्ने आशासहित आएका थिए। उनीहरूको सपनाएक क्षणमै ध्वस्त पारियो। तर आज यी मैनबत्तीहरू बालेर हामी सुनिश्चितगर्न चाहन्छौं कि उनीहरूको सम्झना कहिल्यै मेटिने छैन। उनीहरूकापरिवारहरूको हृदयमा र शान्ति तथा सहनशीलताप्रतिको हाम्रोप्रतिबद्धतामा उनीहरू सदैव जीवित रहनेछन्।” "आज हामी दुःखमा एकसाथ उभिएको छौं, तर आशाका लागि पनिउभिनुपर्छ। हिंसाले कसैको ज्यान नलिओस्, युवाहरूले शान्तिपूर्ण रूपमाआफ्ना सपनाहरू पूरा गर्न सकून्, र उज्यालोले सधैं अन्धकारलाईजितोस्। दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछु। उनीहरूकापरिवारजनले धैर्य र शक्ति प्राप्त गरून्,” आफ्नो मन्तव्यमा रिजालले भने।  रिजालसँग कुराकानी गर्दै किब्बुजमा नेपाली विद्यार्थीहरूसंगै बसेका रकाम गरेका इजरायली नागरिकहरूले उनलाई घटनाको विवरणसुनाउनुका साथै मृतक विद्यार्थीहरूको सम्झना गरेका थिए।  उनीहरुलेअन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बिपिन जोशीप्रति थप ध्यान दिनुपर्ने मागपनि गरे। अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी कम्तीमा १० जना नेपालीविद्यार्थी मारिएका थिए भने केही घाइते भएका थिए। नेपाल सरकारलेइजरायल सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई हाल बन्धक अवस्थामैरहेका ठानिएका बिपिन जोशीको सुरक्षित रिहाइका लागि सहयोग गर्नआग्रह गरिरहेको छ। पुरा पढौ

रविन शर्माको ‘देउता बनाउने कारखाना’को कर्मभूमि लोकार्पण सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको ७२ औ साहित्य शृंखला तथा कवि रविन शर्माको ‘देउता बनाउने कारखाना’को आइतबार सोलमारी मुरा हल, शिन-ओकुबोमा कर्मभूमि लोकार्पण सम्पन्न भएको छ।  अनेसास जापान च्याप्टरका अध्यक्ष अरुण पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता ,एनआरएनए जापानका उपाध्यक्ष सुभाष लामिछाने पूर्व सांसद सूर्य पाठक, वरिष्ठ पत्रकार राजु सुवेदी, अनेसास बोर्ड अफ ट्रस्टीका उपसभापति तथा अनेसासका पूर्व अध्यक्ष विष्णु प्रसाद घिमिरे, अनेसासका केन्द्रीय पूर्व अध्यक्ष प्रकाश पौडेल माइला, अनेसास… पुरा पढौ

दलालहरूको चंगुलमा फसेका १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने, जन्मदर्ताको छाप नक्कली !

काठमाडौं । पोर्चुगलले १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने भएको छ । दलालहरूको चंगुलमा फसेका नेपालीलाई पोर्चुगल सरकारले डिपोर्ट गर्न लागेको हो । पोर्चुगल सरकारले २०२५ को जनवरी ७ देखि १८ सम्मको अवधिमा १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने निर्णय गरेको लामो समयदेखि पोर्चुगलमा रहेका नेपाली केशव बास्तोलाले जानकारी दिए । “यहाँको सरकारले उनीहरू सबैलाई जालसाजीको आरोपमा डिपोर्ट गर्ने निर्णय गरेको हो,” उनले बाह्रखरीसँग भने । बास्तोलका अनुसार, भिसा अवधि बढाउन र बस्ने अनुमति लिनका लागि नेपालीले पेस गरेका कागजातमा नक्कली छाप लगाएको पाइएपछि पोर्चुगलको प्रहरीले उनीहरूको… पुरा पढौ

सुजन कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा

बेलायत : गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन्।  बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिएका हुन्। कटुवालले पटकपटक गरी दुई लाख ५० हजारभन्दा बढी घरबारविहीनलाई खाना उपलब्ध गराएको र पूर्वबेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ छ हजार माइल पैदलयात्रा गरी मानवीय सेवामा महत्त्वपूर्ण भूमिका खेलेकाले सय प्रभावशाली व्यक्ति चुनिएको इन्टेलिजेन्सले जनाएको छ। सो सूचीमा बेलायतको समाजसेवामा महत्त्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारी, समाजसेवीदेखि… पुरा पढौ

१० औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन (संगम) मार्च १८ र १९ मा कम्बोडियामा हुने

गैर आवासीय नेपाली संघको १० औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन (संगम) आगामी मार्च १८ र १९ मा कम्बोडियामा हुने भएको छ।दुई दिनसम्म चल्ने सम्मेलनमा एनआरएनएका संस्थापक अध्यक्षसहित पूर्व अध्यक्षहरु,एनआरएनए अग्रज तथा अभियन्तालाई एउटै थलोमा राखेर एनआरएनएमा देखिएको विवादलाई मिलाउने उद्धेश्यमा संगम नाम दिएर १० औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन गर्न लागिएको एसिया प्यासिफिकएनआरएनएका क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराईले जानकारी दिए।हामीहरु टुट्न फुट्न होइन जुट्न आवश्यक छ भन्ने हाम्रो मान्यता हो । त्यसैले विश्वमा रहेका ८० लाख नेपालीको भावानालाई हामीले पुरा गरेर… पुरा पढौ

बिहुँकोट समाज जापानको १८ औँ साधारण सभा टोकियोमा सम्पन्न

बिहुँकोट समाज जापानको १८ औँ साधारण सभा आईतबार टोकियोमा सम्पन्न भएको छ । समाज जापानका अध्यक्ष दिपक कडेंलको सभापतित्व एनआरएनए जापानका अध्यक्ष नविन निउरेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको सन्चालन महासचिब घनश्याम कंडेल ( अर्जुन ) ले गरेका थिए भने स्वागत उपाध्यक्ष रामु कंडेलले गरेका थिए। समाजको हालसम्मका गतिविधिका बारे उपाध्यक्ष द्वय फणिन्द्र शर्मा र टिकाराम कंडेलले जानकारी प्रस्तुत गरेका थिए। कोषाध्यक्ष नारायण कडेलद्वारा यस कार्यकालको आर्थिक विवरण प्रस्तुत गर्र्दै आय १ करोड़ ५९ लाख २९२ र कुल व्यय ४० लाख… पुरा पढौ

साँगीतिक धमाका-२०२५ का लागि कलाकार जापान आइपुगे, आजदेखि कार्यक्रम सुरुवात, पहिलो दिन सिजुओकाबाट

'सालको पातको टपरी हुनी हे बरै नहुनी सल्लैको' नेपाली लोक संगीतलाई नै नौलो आयाम दिन सफल यो गीत डिसेम्बर ३० देखि जनवरी २ तारिखसम्म जापानका विभिन्न शहरहरूमा प्रत्यक्ष सुन्न र यसैसँग रम्न पाइने भएको छ । त्यो मात्र हैन लोकसंगीतमा पछिल्लो समयको चर्चित गीत १ लाई शुन्य १०' एक्लो सिमल, जलजला बोलको गीतमा पनि कम्मर मर्काई मर्काई नाचेर नाच्ने अवसर यो नयाँ वर्षमा पाइने भएको छ। त्यतिले मात्र साँगीतिक तृष्णा मेटाउन नपुगेमा मौलिक लोक संगीतका पारखीलाई सालैजो अनि गाउँले पारामा… पुरा पढौ