प्रवास

शक्तिका पछाडि नलागेर आफ्नो धरातल नबिर्सेंकै कारण स्वर्गीय सीता दाहाललाई देशले सम्मान गर्यो- मन्त्री प्रकाश ज्वाला

जनस्तरबाट ‘राष्ट्रिय आमा’ को उपाधि पाएकी प्रधानमन्त्री तथा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी तथा नेकपा (माओवादी) केन्द्रकी सल्लाहकार स्वर्गीय सीता दाहालको १३ औ दिनको पुण्यतिथिमा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।सोमबार जापानको टोकियोमा नेपाल सरकारका भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा नेपाली जनप्रगतिशील मञ्च जापान राष्ट्रिय समितिले उक्त सभा आयोजना गरेको हो ।स्वर्गीय सीता दाहालले देशमा भएको जनयुद्द र त्यसपछि देशको मुख्य कार्यकारी पदमा रहदा प्रचण्डलाई नजिकबाट सहयोग गरेर परिवर्तनका निम्ति योगदान प्रदान… पुरा पढौ

कान्साइमा क्षेत्रीय समितिमा सफल कार्यकाल सकेका दिलिपको एनआरएनए जापानको केन्द्रीय सदस्यमा उम्मेदवारी

नारामा मात्र होइन व्यवहारमा पनि लागु गर्ने अठोटको अभियानको रूपमा एनआरएनएको अभियानलाई लिएका दिलिप शर्माले एनआरएनए जापानको आगामी कार्यकालको सदस्य पदमा उम्मेदवारी दिएका छन ।मन,बचन कर्मले एकता र सद्भाव जगाउनु पर्छ भन्ने मान्यताका साथ बागलुङ गलकोट जन्म भै हाल चितवनका स्थायी बासिन्दा रहेका दिलिपले एनआरएनएलाई नेपाली समुदायको अबिभावकको रूपमा विकास गराउन आफूले सक्दो प्रयासका लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन ।‘एनआरएनए जापानमा विधि पद्दति नीति नियमको व्यावहारिक रूपमा कार्यान्वयन गराउनका लागि मैले भूमिका खेल्ने छु ।’ सदस्य पदका प्रत्यासी… पुरा पढौ

दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२३ को उपाधि यस वर्षपनि गलकोट समाज जापानले आफ़नो पोल्टामा पर्यो

दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२३ को उपाधि आयोजक टिमलाई २ का विरुद्ध ३ सेट आफ्नो पक्षमा पार्दै यस वर्ष पनि गलकोट समाज जापानले उपाधि चुमेको छ ।घुम्टे युवा परिवार जापानद्वारा आयोजित जुलाई २४ तारिक तारिक जापानको कामाता स्पोर्टस सेण्टरमा सम्पन्न उक्त भलिबल प्रतियोगितामा गतवर्ष जस्तै यस वर्षपनि आयोजक टिमसंग भएको रोचक प्रतिस्पर्धात्मक फ़ाइनलमा गेममा ५ सेटमा ३ सेट आफ़नो पक्षमा पार्दै उपाधी चुम्न सफल भएको हो । नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन… पुरा पढौ

एनआरएनए जापानको निर्वाचनमा ३२ पदका लागि चुनावी मैदानमा ६२ जनाले प्रतिस्पर्धा गर्दै( उम्मेदवारको नामावलीसहित)

एनआरएनए जापानको आगामी कार्यकाल २०२३-२०२५ को ३२ पदका लागि चुनावी मैदानमा ६२ जनाले प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका छन ।निर्वाचन समितिले प्रकाशित गरेको प्रारम्भिक उम्मेदवारी नामावली अनुसार अध्यक्ष एक पदका लागि ४ जना, ५ उपाध्यक्ष एक पदका लागि ८ जना, महिला उपाध्यक्ष एक पदका लागि दुई जना, महासचिव एक पदका लागि तीन जना, सचिव ३ पदका लागि ६ जना, महिला सचिव १ पदको लागि १ जना, कोषाध्यक्ष एक पदका लागि चार जना, सह कोषाध्यक्ष एक पदका लागि दुई जना महिला… पुरा पढौ

तात्यो जापानमा एनआरएनएको चुनावी सरगर्मी, वर्तमान कार्यसमितिका चार जना उपाध्यक्ष नै अध्यक्षको दौडमा

विगतको भन्दा निकै ढिलो गरेर एनआरएनए जापानले जुलाई १४ तारिक घोषणा गरिएको निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएसंगै जापानमा एनआरएनएको निर्वाचनको माहोल एकाएक तातिएको छ ।गैरआवासीय नेपाली संघ ( एनआरएनए) जापानको राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी जुलाई ३० मा हुने कार्यतालिका तय भएसँगै नेतृत्वका आकाङ्क्षीहरूले उम्मेद्बारी घोषणाका साथमा दौडधुप सुरु गरेका छन ।अधिवेशनका लागि सार्वजनिक कार्यतालिका प्रकाशन अघि नै नयाँ नेतृत्वको लागि चर्चा सुरु भएको हो । नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष नविन निउरे, उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, राजकुमार अधिकारी… पुरा पढौ

जापानमा पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएका कंडेल र खरेलको शुक्रबार जापानमै अन्त्येष्टि गरिने

यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्‍यु भएका दुईजना नेपालीको शुक्रवार अर्थात् जुलाई २१ तारिक जापानमै अन्त्येष्टि गरिने भएको छ ।मंगलबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएका कुक भिषामा कार्यरत बागलुङ जिल्ला काठेखोला गाउपालिका वार्ड नम्बर ५ बिहु सिरपाली २६ वर्षीय कृष्ण कंडेल र डिपेण्डेंट भिषामा रहेका पुरानो घर गुल्मीको ददल्का भै हाल चितवनको यज्ञपुरी दुर्गाचोक का २२ वर्षीय प्रितम खरेलको शुक्रवार यामागुची केनको इवाकुनी इमाजुमाची १-२-१५ मा (1 Chome-2-15 Imazumachi, Iwakuni,… पुरा पढौ

जापानमा पौडी खेल्दा खोलामा डुबेर मृत्यु हुनेमा बागलुङ बिहुका कृष्ण कंडेल र चितवनका प्रितम खरेल रहेको पुष्टि

यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्‍यु हुने दुईजना नेपालीको पहिचान खुलेको छ ।मंगलबार दिउँसो ४:३० बजे नदीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु हुनेमा कुक भिषामा कार्यरत बागलुङ जिल्ला काठेखोला गाउपालिका वार्ड नम्बर ५ बिहु सिरपाली २६ वर्षीय कृष्ण कंडेल र डिपेण्डेंट भिषामा रहेका पुरानो घर गुल्मीको ददल्का भै हाल चितवनको यज्ञपुरीका २२ वर्षीय प्रितम खरेल रहेको बिमल न्यौपानेले जानकारी दिए ।न्यौपानेका अनुसार मृतकहरू दिउसो क्यूके( रेष्ट टाइम) को समयमा अन्य दुईजना साथीसंग चारजना… पुरा पढौ

जापानको नदीमा पौड़ी खेल्ने क्रममा डुबेर दुई नेपालीको मृत्यु

यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर दुईजनाको नेपालीको मृत्यु भएको छ । मंगलबार दिउँसो ४:३० बजे नदीमा पौडी खेल्ने क्रममा अन्दाजी २० वर्ष उमेर समूहका दुई नेपालीलाई खोलाले बगाएको थियो । बगाएका दुवैलाई कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा अस्पताल लगिएको थियो र अस्पताल उनीहरूलाई मृत भएको पुष्टि गरेको थियो। प्रहरी र दमकल विभागका अनुसार मंगलबार साँझ ४ः३० बजे इवाकुनी शहरको इमाजु नदीमा पौडी खेलिरहेका एक नेपालीले ‘दुई जना बेपत्ता भएको’ भन्दै दमकललाई फोनमार्फत खबर गरेपछि अग्निनियन्त्रकहरू घटनास्थलमा… पुरा पढौ

घुम्टे युवा परिवार जापान(क्लब)ले आयोजना गरेको दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा टिम सहभागिताका लागि आग्रह

घुम्टे युवा परिवार जापान(क्लब) ले आगामी जुलाई २४ तारिक सोमबार दिन आयोजना गर्न जापानमा दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा टिम सहभागिताका लागि आग्रह गरेको छ ।गत वर्षदेखि रनिङ कपको रूपमा प्रतियोगिता संचालन गर्दै आएको क्लबले यस वर्ष आयोजना गरिएको दोस्रो सिल्भर रनिङ कप प्रतियोगिताका लागि जापानमा रहेका भलिबल खेलसंग सम्बन्ध राख्ने खेलाड़ी, क्लब, समूह, समाज र संस्थालाई जुलाई २२ तारिकसम्म टिम दर्ताका लागि अनुरोध गरेको हो ।‘क्लबले आयोजना गर्न लागेको दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल… पुरा पढौ

एनआरएनए जापानको अध्यक्षमा उम्मेद्वारी दिएका नविन निउरे को हुन ? किन दिए उम्मेद्वारी ? (भिडियोसहित)

बागलुङको गलकोटमा जन्मेर जापानलाई कर्मभूमि बनाउदै आएका नविन निउरे एनआरएनएमार्फत समाजिक सेवामा सक्रिय छन् । आफ्नो कलिलो उमेरदेखि नै एनआरएनएको अभियानमा होमिएका निउरे सन् २०११ बाट एनआरएनए जापानको कान्तो क्षेत्रीय समितिको सदस्य पदबाट सक्रिय एनआरएनएको अभियानमा लागेदेखि क्षेत्रीय समितिको कोषाध्यक्ष, सचिव, संयोजक हुदै राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् ।विभिन्न सामाजिक संघ सस्थामा नेतृत्वदायी भूमिकामा रहेर संस्था आवेगले होइन विवेकले व्यक्तिले होइन विधिले, पारदर्शी रुपमा संचालन गराउन अहम् भूमिका खेलेका निउरे जापानमा सक्रिय संस्थामध्यको गलकोट… पुरा पढौ