प्रवास

विश्वास गौतम (खगराज)ले दिए एनआरएनए जापानको महासचिव पदमा उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा खगराज गौतम (विश्वास) ले उम्मेदवारी दिएका छन् । एनआरएनए जापानको प्रवक्ताको रूपमा कार्यरत गौतमले संस्थामा पारदर्शिता र जबाफदेही नेतृत्वको विकास र संस्थालाई संस्थागत रूपमा सञ्चालन गराउने उद्देश्यले सन् (२0२५-२0२७) को लागि एनआरएनए एनसीसी जापानको महासचिव पदमा उम्मेदवारी दिएको बताए । ‘संस्थाको विधि, विधान र जापानको कानूनमा टेकेर यहाँ रहेका हरेक नेपालीहरूले विश्वास र भरोसा गर्न सक्ने एनआरएनए बनाउन म लागि पर्नेछु,’ उनले भने। आगामी २ वर्षको कार्यकालमा एनआरएनए जापानलाई संस्थागत विकासको बाटोमा अघि… पुरा पढौ

जापानमा भलिबल प्रतियोगिताको सर्वाधिक राशीको दोस्रो बोहोराफाँट कप सम्पन्न हुँदा नरेठाटी स्पोर्ट्स क्लव जापान विजेता

जापानमा भलिबल प्रतियोगिताको सर्वाधिक राशीको दोस्रो बोहोराफाँट कप सम्पन्न हुँदा नरेठाटी स्पोर्ट्स क्लव जापान विजेता बनेको छ।“खेलकुद, कला, संस्कृतिको संरक्षण, हाम्रो अभियान, समाज रूपान्तरणमा युवाको, सक्रियता हाम्रो पहिचान “ भन्ने नाराका साथ जन्मस्थानका लागि शिक्षा, स्वास्थ्य, खेलकुद , ऐतिहासिक स्थानको संरक्षण साथै खेलमैदान जस्ता पूर्वाधारका क्षेत्रमा विकाशमा सरोकारवाला निकायसँगकाे समन्वयमा सहयोग गर्ने उदेश्यका साथ आयोजित दोस्रो BSJ भलिबल कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ बिहीबार सम्पन्न भएको हो ।खेलकुदको माध्यमबाट आपसी सद्धभाव सुमधुर भाईचारा तथा सामाजिक सम्बन्ध निर्माण गरि नेपालको… पुरा पढौ

एनआरएनए कान्तो क्षेत्रीय समन्वय परिषद् (२०२५-२०२७ कार्यकाल) को संयोजक पदमा दिपक सुबेदी ‘विप्लव ’को उम्मेदवारी

जापानको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अन्तर्गतको कान्तो क्षेत्रीय समिति (२०२५-२०२७ कार्यकाल) को संयोजक पदका लागि दिपक सुबेदी ‘बिप्लब’ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। ‘नवीन सोच, निष्पक्षता र पारदर्शी समाज निर्माण’ भन्ने नाराका साथ उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। बिप्लबले अग्रजहरूलाई सम्मान र नयाँ पुस्तालाई नेतृत्वमा प्रोत्साहन गर्ने मूल उदेश्य राख्दै सहकार्य, समन्वय र सहमति मा आधारित नेतृत्व दिने प्रतिवद्धता व्यक्त गरेका छन्। लामो समयदेखि सक्रिय सामाजिक सेवाःबागलुङ, गल्कोटमा जन्मिएका बिप्लब २०१५ सालदेखि जापानलाई कर्मभूमि बनाउँदै आएका… पुरा पढौ

JLPT परिक्षा: जापानमा रहेका विद्यार्थीका लागि यसको आवश्यकता र महत्व

JLPT परिक्षा आउदो साताको पहिलो आइतबार सम्पन्न हुदै छ । यसपटक तहगत रूपमा बिहान र दिउसो गरी २ सत्रमा परिक्षा सम्पन्न हुदैछ । सम्पूर्ण परिक्षार्थीहरूलाई परिक्षाको सफलताको अग्रिम शुभकामना !!! पहिलो १ बर्ष पनि पूरा नगरी सकेका बिधार्थीहरूको हकमा परिक्षा पटक पटक आइरहन्छ-निकै मरिहत्ते धपरी गरिरहनु नपर्ला N5, N4 सम्मको परिक्षा सामान्य पनि हुन सक्छ । परिक्षामा सफल हुनेहरूको हकमा धेरै राम्रो उपलब्धी हुन्छ भने, समान तहः परिक्षा पुनः दिनु पर्ने हरूको हकमा यस पटकको परिक्षा आगामी परिक्षा तयारीका लागि… पुरा पढौ

ओसाकामा आयोजित दुईदिने नेपाल महोत्सव २०२५ भव्यताका साथ सम्पन्न

जापानमा जहाँ गलकोटे त्यहाँ व्यवस्थित एवम् सानदार कार्यक्रम सबैले भन्ने वाक्याशलाई यसपाली जापानको ओसाकामा सम्पन्न नेपाल महोत्सव २०२५ ले समेत पुष्टि गरेको छ । नेपालको मौलिक रहन सहन तथा नेपाली जीवन शैलीलाई कलात्मक तरिकाले प्रस्तुत गर्ने गरि जापानी समुदाय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउनुका साथै नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उदेश्यका साथ जुन १४ र १५ तारिखका दिन ओसाकाको creative center Osaka मा देखिएको उत्साहपूर्ण सहभागिताले यो वाक्याशलाई पुष्टि गरेको हो की भन्ने देखायो ।बागलुङको गलकोट क्षेत्रबाट जापानमा आई विभिन्न… पुरा पढौ

प्रवासमा हुने नेपाल फेस्टिवल या महोत्सवले नेपालसँग जोडिएको भावनात्मक सम्बन्ध

पृष्ठभूमी गल्कोट समाजले गल्कोटका लागि थुप्रै कामहरू गरेको छ । अझै राम्रो कुरा त संसारभरि छरिएर रहेका गल्कोटेहरूलाई पनि एउटै छातामुनी जोडिरहेको छ । यो शुखद पक्ष हो । गल्कोट छाडेर अन्यत्र बसेकाहरूले पनि गल्कोट समाजका माध्यमबाट गल्कोट प्रति चिन्तन र माया दर्शाईरहेका छन् ।यस्तो राम्रो कर्म गरिरहेको समाजको जापानको नेतृत्वले यसबारे गम्भिर भएर सोच्न सकेन भने यसको विश्वसनियतामा प्रश्न चिन्ह खडा हुनेछ ।गल्कोट समाज केन्द्रिय समितिले यसको स्वामित्व ग्रहण गरेर आफ्नो मातहतका क्षेत्रीय समितिले आयोजना गरेका कार्यक्रमहरूलाई सफल पार्न… पुरा पढौ

प्रथम मोना नागोया खुल्ला ‘Speech Contest’ २०२५ कार्यक्रम हुदै

म्याग्दी प्रवासी नेपाली संघ (मोना)जापान क्षेत्रीय समिति नागोयाले प्रथम मोना नागोया खुल्ला ‘Speech Contest’ २०२५ कार्यक्रम गर्ने भएको छ।जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउँदै वीरगन्ज कृषि औजार कारखानाको सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक सागर थापा बगालेले जानकारी दिए।स्माइल मोबाइल रेमिटान्स मुख्य प्रायोजक रहेको उक्त स्पिच कन्टेस्ट अर्थात् वक्तित्वकला प्रतियोगितामा सहभागी हुनका लागि खुल्ला छनोट प्रक्रिया पुरा गरि शीर्ष ५ मा परेका प्रतियोगीहरुलाई एक औपचारिक कार्यक्रममार्फत प्रतिश्पर्धा गराई पुरस्कार प्रदान गरिने संयोजक थापाले बताए ।नागोयाको ओका काइकान… पुरा पढौ

जापानबाटै नेपालको एसईई परीक्षामा सहभागी हुने यी विद्यार्थी, उत्तरपुस्तिका जाँच्ने प्रक्रिया यस्तो छ

बिहीवारबाट सुरु हुने नेपालको विद्यालय शिक्षा परीक्षा 'एसईई'मा विगत वर्षहरूजस्तै यस वर्ष पनि जापानबाट २९ जना विद्यार्थीहरू सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यो वर्षको एसईईमा सहभागी हुन लागेका पाँच लाख १४ हजारभन्दा बढी विद्यार्थीमध्ये अधिकांशले नेपालबाटै परीक्षा दिँदै छन्। नेपाल बाहिरबाट एसईईको परीक्षामा सहभागी हुने देश जापान मात्रै रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए। टोकियोनजिकै जापानको ओगिकुबोमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टसहितका ६५ जना नेपालीहरू मिलेर स्थापना गरेको एभरेस्ट इन्टर्न्याश्नल स्कुलमा विसं २०७७… पुरा पढौ

पाश्चात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप छ: प्रा. सूर्य सुवेदी

लन्डन -- बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले पाश्चात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप रहेको जनाएका छन् । आफ्नो सम्मानमा बेलायतको म्यानचेस्टर विश्वविद्यालयले आयोजना गरेको एक सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, " शान्तिका अग्रदूत गौतम बुद्धको समयमा नै एक किसिमको संसदीय अभ्यास प्रचलनमा थियो र हिन्दु र बुद्ध धर्मका ग्रन्थहरूमा मानिसको व्यक्तिगत स्वतन्त्रताको सम्मान गरिएको उल्लेख छ । प्राचीन समयमा पूर्वीय सभ्यता पाश्चात्य सभ्यता भन्दा निकै अगाडी रहेको थियो र पूर्वीय दर्शनका केही मूल्य र मान्यताहरूले पाश्चात्य… पुरा पढौ

जापानमा जन्मदर इतिहासकै न्यून, के “आवासको साँघुरोपन” प्रमुख कारक हो?

टोकियो । जापानमा युवाहरूले विवाह गर्न ढिलाइ गर्दै गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा लगातार नवौँ वर्ष घट्दै गएर सन् २०२४ मा जन्मदर फेरि रेकर्ड न्यूनस्तरमा पुगेको बिहीबार सरकारी तथ्याङ्कले देखाएको छ । यी आँकडाहरूले विश्वको चौथो ठूलो अर्थतन्त्रले सामना गर्दै गरेको नाटकीय जनसाङ्ख्यिकीय चुनौतीहरूलाई उजागर गर्छन् । जापानमा घट्दो श्रमशक्तिले बढ्दो वृद्ध जनसङ्ख्याको हेरचाहको लागत वहन गर्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२४ मा विदेशी नागरिकहरू सहित जापानमा सात लाख २० हजार नौ सय ८८… पुरा पढौ