गुन्माको ओइजुमीमा हुने संयुक्त नेपाल फेस्टिवल २०२५ को तयारी अन्तिम चरणमा

-


     जनहित न्युज    
     भाद्र १३ गते २०८२


गुन्मा प्रिफेक्चरस्थित ओइजुमी माचीमा आउँदो सेप्टेम्बर ६ र ७, २०२५ मा आयोजना हुने “संयुक्त प्रथम नेपाल फेस्टिवल २०२५” भव्य तयारीका साथ अन्तिम चरणमा पुगेको छ।

“अनेकतामा एकता, नेपाली कला, संस्कृत र पहिचानलाई विश्व समुदायमाझ चिनाउने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको यस महोत्सवलाई अब ९ दिन मात्रै बाँकी रहेको आयोजक समितिले जानकारी गराएको छ।

यस फेस्टिवलको उद्देश्य जापानमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सहकार्य, एकता र सामाजिक आत्मीयता विस्तार गर्नुका साथै नेपाली भाषा, कला, संस्कृति, परम्परा र पहिचानलाई प्रवर्धन गर्दै विदेशीहरूमाझ चिनाउनु रहेको छ।

कार्यक्रमलाई गुन्माका १० वटा सक्रिय नेपाली संघ–संस्थाहरूको संयुक्त पहलमा आयोजना गर्न लागिएको हो। फेस्टिवलमा विविध सांस्कृतिक प्रस्तुतिहरू, स्वादिष्ट नेपाली परिकार, प्रदर्शनी तथा सामुदायिक मेलमिलापका गतिविधिहरू रहनेछन्।

आयोजक समितिले जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा विदेशी मित्रहरूलाई कार्यक्रममा उपस्थित भई नेपाली कला–संस्कृति र परम्पराको स्वाद लिन हार्दिक निमन्त्रणा गरेको छ।

स्थान: Izumi no Mori, Oizumi machi, Gunma
मिति: सेप्टेम्बर ६ र ७, २०२५
समय: बिहान १०:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?