
टोकियो । गल्कोट समाज जापानले २०औँ वार्षिक साधारण सभा सस्थाको कार्यप्रगति प्रतिबेदन, आर्थिक प्रतिवेदन तथा बिधानमा संसोधन प्रस्ताबमा ब्यापक छलफल गरि एक मतले पारित गर्दै सम्पन्न भएको छ ।
जापानको टोकियोमा सम्पन्न साधारण सभाको प्रमुख अतिथीको रुपमा बोल्दै समाजका संरक्षक समितीका संयोजक नर ब. थापाले समाजले जापान तथा नेपालमा गरेको सामाजिक कार्यको प्रशंसा गर्दै भोलीका दिनमा अझै रचनात्मक कार्यमा समाज लाग्न सुझाब व्यक्त गरेका थिए ।

बिभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक महिला संयोजक अनिता गुरुङ, बाग्लुङ समाज जापानका संरक्षक सिद्धार्थ श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष सुवास लामिछाने, निवर्तमान अध्यक्ष निउरे लगायत संस्थाका संरक्षक तथा सल्लाहकारहरूले समाजको कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य गरेका थिए ।

शुभकामना मन्तव्य व्यक्त गर्दै श्रेष्ठले संस्थाको पारदर्शिता र प्रगतिप्रति खुलेर प्रशंसा गर्नुभयो भने संयोजक गुरुङले संस्थाबीच सहकार्यको महत्त्वलाई जोड दिनुभयो। त्यस्तै, एनआरएनए अध्यक्ष लामिछानेले गल्कोट समाजसँगको हातेमालोलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
टोकियोको सिनओकुबु स्थित सोलमारि मुरा हलमा सम्पन्न साधारण सभा लाइ सस्थाका उपाध्यक्ष लोकेश खत्रीको स्वागत, सस्थागत बिषयमा जानकारी उपाध्यक्ष शिबु थापा राख्नु भएको थियो । कार्यक्रम समाजका अध्यक्ष रत्नसिंह बस्नेतको अध्यक्षता तथा महासचिव दिलीप कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

सभामा विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो। आर्थिक र प्रगति प्रतिवेदनसमेत ताली बजाएर अनुमोदन गरिएको थियो। दिनेश थापाले प्राविधिक सहयोग गरेका थिए ।

कार्यक्रमलाई सफल बनाउन अध्यक्ष रत्नसिंह बस्नेतले संरक्षक, सल्लाहकार, क्षेत्रीय समिति तथा कार्यसमिति सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । विधान संशोधन सम्बन्धी सत्र उपाध्यक्ष लक्ष्मण कार्कीको संयोजनमा सञ्चालन गरिएको थियो भने महासचिवले संशोधित विधान प्रस्तुत गरेका थिए । उठेका प्रश्नहरूको उत्तरमा रामकृष्ण मल्लले सहजीकरण गरेका थिए ।



