प्रवास

आयरल्याण्डको लिम्रिकमा नेपाली कम्युनिटी लिम्रिकले तिजको शुभकामना कार्यक्रम गर्यो

नेपाली कम्युनिटी लिम्रिकले नेपाली हिन्दु नारीहरुको चाड हरितालिका तिजको अवसरमा तिजको शुभकामना कार्यक्रम भएको छ ।आयरल्याण्डको लिम्रिकमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका लिम्रिक सिटीका मेयर आजाज तालुक्दरले विदेशी सस्कृतिलाई आफ्नो देशमा देख्न र अवलोकन गर्न पाएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै नेपाली नागरिकलाई केहि समस्या परेमा आफुले सक्दो सहयोग गर्न तयार रहेको बताएका थिए । विशिष्ट अतिथिको रूपमा रहेका विदेश नागरिक लिम्रिक काउन्सिलर अल्सा ओदोनोभानले यस्ता कार्यक्रमले दुई देशको सस्कृति आदानप्रदान गर्न सहयोग पुर्याउने भएकोले व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि… पुरा पढौ

घुम्टे युवा परिवार जापान शाखाद्वारा मल्मको विपन्न परिवारलाई आर्थिक सहयोग

सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाद्वारा मल्मको विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । बागलुङको गलकोट नगरपालिका–७ मल्म टोकरीका जंग बहादुर चोखालको परिवारलाई संस्थाको सक्रियतामा जापानमा संकलित रकम ३ लाख ४७ हजार ३ सय रुपैयाँ हस्तान्तरण गरिएको हो ।गलकोट नगरपालिका–७ का वडा अध्यक्ष राज बहादुर थापा, घुम्टे युवा परिवार केन्द्रिय समिति अध्यक्ष थम्मन थापा सन्देश र जापान शाखाका सदस्य प्रकाश थापाले रकम संयुक्त रुपमा जंग बहादुर चोखाल र उनकी धर्मपत्नी मोती चोखाललाई हस्तान्तरण गरेका थिए ।रकम हस्तान्तरण कार्यक्रममा बोल्दै… पुरा पढौ

गलकोट समाज जापानको १८ औ वार्षिक साधारण सभा सम्पन्न

जापानमा रहेका सक्रिय सामाजिक संघ सस्था मध्यको गलकोट समाज जापानको १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्य गरेर जापानमा छुट्टै पहिचान बनाएको समाजले आफ्नो स्थापनाकालमै पहिलो पटक सेप्टेम्बर ५ तारिक सम्पन्न साधारण सभामा विधान संशोधन, वार्षिक कार्यक्रमको तर्जुमा, विगतका कार्यक्रमको समिक्षा समाजलाई योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । विभिन्न पेशा,व्यावसाय, अध्ययन लगायतका लागि जापानभित्र रहेका सम्पूर्ण गलकोटबासी लगायत यस समाजप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई संगठित गर्दै एकापसमा अविच्छिन्न पारस्परिक सम्बन्ध, भातृत्व, सद्भाव, सहयोग र… पुरा पढौ

दुई देशबिच लगानी प्रबर्द्धन लगायतको कार्य गर्न जापान नेपाल विकास मञ्चको स्थापना

नेपाली राजदूतावास, जापानको पहल र जापानका उद्यमी, व्यवसायी र लगानीकर्ताहरूको प्रयासमा जापानको राजधानी टोकियोमा जापान-नेपाल विकास मञ्च ( Japan-Nepal Development Forum) को स्थापना भएको छ ।नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासमा जापान सरकारको सहायतासँगसँगै जापानको निजी क्षेत्रबाट नेपालमा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगार लगायतका क्षेत्रहरूमा लगानी तथा औद्योगीकरण एवं नेपाल र जापानको व्यापार प्रबर्द्धनमा सार्थक योगदान पुर्याउने उद्देश्यले मञ्चको स्थापना भएको हो । सोमबार गठन गरिएको उक्त मञ्चको अध्यक्षमा जापान सरकारका पूर्व अर्थ सहायक मन्त्री श्री मोतोयुकी… पुरा पढौ

गलकोट समाज जापानको वार्षिक साधारण सभा जापानको टोकियोमा हुने

जापानमा रहेका सक्रिय सामाजिक संघ सस्था मध्यको गलकोट समाज जापानले वार्षिक साधारण सभा गर्ने भएको छ ।  सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्य गरेर छुट्टै पहिचान बनाएको समाजले आफ्नो स्थापनाकालमै पहिलो पटक आगामी सेप्टेम्बर ५ तारिक बिहान ११ बजेदेखि जापानको टोकियो स्थित सोलामारीको मुरा हलमा वार्षिक साधारण सभा गर्न लागेको महासचिब लक्ष्मण कार्कीले जानकारी दिए ।  विभिन्न पेशा,व्यावसाय, अध्ययन लगायतका लागि जापानभित्र रहेका सम्पूर्ण गलकोटबासी लगायत यस समाजप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई संगठित गर्दै एकापसमा अविच्छिन्न पारस्परिक सम्बन्ध, भातृत्व, सद्भाव, सहयोग र… पुरा पढौ

मोना जापानको आठौं महाधिवेशन सेप्टेम्बर ३ मा हुने

टोकियो - म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आठौं राष्ट्रिय महाधिवेशन आगामी सेप्टेम्बर ३ तारिख आईतबार टोकियोमा हुने भएको छ ।मोना जापानको हालै बसेको कार्यसमितिको बैठकले विभिन्न जिम्मेवारीहरुको कार्यविभाजन गरी महाधिवेशनको तैयारीलाई तिब्र पारिएको अध्यक्ष सचिन श्रेष्ठले समुद्रपारिलाई बताए । जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना जापानको आठौं महाधिवेशनबाट आगामी दुई वर्ष कार्यकालका लागि नयाँ नेतृत्व सहितको कार्यकारी समिति गठन गर्ने, बिधानलाई संशोधन गरी समयसापेक्ष बनाउने, आगामी कार्यकालका लागि भावी कार्ययोजना तथा कार्यनीति तर्जुमा गर्ने लगायतका मुलभूत कार्यसूची रहेको अध्यक्ष… पुरा पढौ

शिक्षा, स्वास्थ्य र मानव आश्रमको सहयोगार्थ गैरे समाज जापानले ‘तिज धमाका २०२३’ कार्यक्रम गर्ने

गैरे समाज जापानले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा ‘तिज धमाका २०२३’ आयोजना गर्ने भएको छ।विगतका वर्षदेखि आयोजना गर्दै आएको ‘तिज धमाका’ यस वर्ष नेपालमा शिक्षा स्वास्थ्य र मानव आश्रमको सहयोगार्थ जापानका मुख्य दुई शहरमा गर्न लागिएको समाजका उपाध्यक्ष गौरीशंकर गैरेले जानकारी दिए।गैरेका अनुसार कार्यक्रम सेप्टेम्बर १३ तारिक टोकियोको कमाता, सेप्टेम्बर १५ तारिक ओसाकाको बेन्तेन्चोमा गरिने निश्चित भएको बताए । कार्यक्रममा नेपालबाट आमन्त्रित लोक दोहोरी क्षेत्रका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने गरि आयोजना गरिन लागिएको हो ।कार्यक्रमको… पुरा पढौ

नेपालबाट जापान आउनुअघि लजालु सृष्टि “वाशोई, वाशोई” भन्दै “तेन्जिनसाई जोसेई ओमिकोशी” को “गल मिकोशी” मा ६० किलोको पोलमा झुण्डिएको झोला उठाउन सक्ने भइन

नेपालको बागलुङ जिल्लाको गलकोट रिश्मीबाट जापान आउनुअघि नै सृष्टि सापकोटा लजालु र कसैसंग कुराकानी नगर्ने स्वभावकी थिइन । त्यसैले १८६ जना आवेदकहरूबाट सबै महिला "गल मिकोशी" पोर्टेबल श्राइन परेडका लागि ८० सहभागीहरूको चयन प्रक्रियामा २३ वर्षीया किशोरीलाई आफ्नो परिचय दिन समेत गाह्रो भयो।अन्य प्रतिस्प्रधीले खुसीसाथ आफ्नो बारेमा अभिव्यक्ति राख्दा सापकोटाले किन उक्त परेडमा सम्मिलित हुन चाहन्थे भनेर मात्र पनि बताउन सकिनन् ।"म चिन्तित थिएँ, धेरै नर्भस भएकोले बोल्ने शब्दहरू फेला पार्न समेत सकिन," बिगतको स्मरण गर्दै उनले जुलाई ८ को… पुरा पढौ

गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिले दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिले आगामी सेप्टेम्बर ११ तारिकका दिन जापानको कान्साइमा दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको क्षेत्रीय समिति कान्साइले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको क्षेत्रीय अध्यक्ष रामु साहनीले बताए ।खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको… पुरा पढौ

एनआरएन जापानको अध्यक्षमा अत्यधिक मतका साथ नविन निउरे विजयी, सबैको भावनालाई समेटेर समन्वय र सहकार्यमा काम गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२३–२०२५ को कार्यकालका लागि भएको निर्वाचनमा नविन निउरेले अध्यक्षमा बाजी मारेका छन् ।आइतबार सम्पन्न अनलाईन भेरो भोटिङ नामक प्रणालीबाट भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी संगीता अधिकारी सुवेदीलाई पछि पार्दै २ हजार ९ सय ५५ मत प्राप्त गरि आगामी कार्यकाल २०२३-२५ का लागि अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।कुल ७ हजार १ सय ६८ मतदाता रहेकोमा ५ हजार ४ सय ४८ खसेको मत मध्य निकटतम प्रतिस्पर्धी सुवेदीले १२ सय २० मत प्राप्त गर्दा… पुरा पढौ