प्रवास

स्पेनको कोष्टाब्लाङ्कामा श्रद्धाञ्जली सभासँगै नेपालमा शान्तिको कामना

स्पेनको कोष्टाब्लाङ्कामा नेपाली समुदायले नेपालमा जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक गतिबिधी बिरुद्ध मैनबत्ती जलाएर शान्तिको कामना गरेका छन् ।मंगलबार साँझ आलविर स्थित आलविर पार्कमा कार्यक्रममा सहभागीहरूले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका दिवांगत युवाहरूप्रति श्रद्धान्जली ब्यक्त गर्दै हत्यामा संलग्नहरूलाई कानुनी कारबाहीको माग गरेका थिए । नेपालीहरुले शान्तिपूर्ण आन्दोलनमा भएको दमन र निहत्था युवा तथा विद्यार्थीको हत्याको आलोचनासँगै नेपालमा शान्तिको कामना पनि गरेका हुन् । कोष्टाब्लाङ्का क्षेत्रमा बसोवास गर्ने नेपालीहरू उक्त कार्यक्रममा स्वतःस्फूर्त रुपमा जम्मा भएका थिए । उनीहरूले जेन–जी आन्दोलनका क्रममा… पुरा पढौ

घुम्टे युवा परिवार जापानले अक्टोबर २७ मा चौथो सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने

टोकियो, घुम्टे युवा परिवार जापानले आगामी अक्टोबर २७ तारिक सोमबार दिन जापानमा चौथो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ़नो छुट्टै पहिचान स्थापित गरेको क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष नारायण थापाले बताए । घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा… पुरा पढौ

गुन्माको ओइजुमीमा हुने संयुक्त नेपाल फेस्टिवल २०२५ को तयारी अन्तिम चरणमा

गुन्मा प्रिफेक्चरस्थित ओइजुमी माचीमा आउँदो सेप्टेम्बर ६ र ७, २०२५ मा आयोजना हुने “संयुक्त प्रथम नेपाल फेस्टिवल २०२५” भव्य तयारीका साथ अन्तिम चरणमा पुगेको छ। “अनेकतामा एकता, नेपाली कला, संस्कृत र पहिचानलाई विश्व समुदायमाझ चिनाउने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको यस महोत्सवलाई अब ९ दिन मात्रै बाँकी रहेको आयोजक समितिले जानकारी गराएको छ। यस फेस्टिवलको उद्देश्य जापानमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सहकार्य, एकता र सामाजिक आत्मीयता विस्तार गर्नुका साथै नेपाली भाषा, कला, संस्कृति, परम्परा र पहिचानलाई… पुरा पढौ

राष्ट्रिय स्वाभिमानमाथि विदेशी हस्तक्षेपप्रति नेपाली जनप्रगतिशील मञ्च, जापानको गम्भीर आपत्ति

नेपाली जनप्रगतिशील जापानले चिनियाँ विदेशमन्त्री वांग यीको भारत भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक हुँदै द्विपक्षीय व्यापार गर्ने सम्झौता भएकोमा कडा आपत्ति जनाएका छ । नेपाललाई सोध्दै नसोधी नेपाली भूमिका विषयलाई लिएर गरेको सहमतिले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि हस्तक्षेप गरेको उल्लेख गर्दै कुनै पनि विदेशी हस्तक्षेपप्रति नेपाली जनप्रगतिशील मञ्च, जापानले गम्भीर आपत्ति जनाउने उल्लेख छ । गत सातामात्रै चीन र भारतबीच नेपाललाई बेवास्ता गर्दै लिपुलेकपास हुँदै व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो । ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा… पुरा पढौ

पाल्पा समाज जापानको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा वविन राना चयन

नेपालको पाल्पा स्थायी घर भई जापानमा बसोबास गर्दै आएका पाल्पालीहरूको संस्था पाल्पा समाज जापानको नयाँ कार्यसमिति चयन भएको छ । समाजको चौथो अधिवेशनले वविन रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अगस्ट २४ तारिख आइतबार टोकियोको शिनओकुबोस्थित बारकाडे गुड टाइम्समा सम्पन्न समाजको अधिवेशनले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मतिबाट चयन गरेको हो । समाजको अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै संगठनात्मक एकताको सन्देश दिएको निवर्तमान अध्यक्ष निरञ्जन गैरेले जानकारी दिए । अधिवेशन समाजका सल्लाहकार तोयानाथ पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको… पुरा पढौ

जापानको कान्तोमा जापान नेपाली एकता समाजको तीज कार्यक्रमसँगै क्षेत्रीय सम्मेलन

जापान नेपाली एकता समाज अन्तर्गत सञ्चालित टोकियो कान्तो क्षेत्रीय समितिको सम्मेलन साथै तिजी कार्यक्रम सम्पन्न भएको छ । नारायण कडेलको अध्यक्षता तथा नवीन बस्यालको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रम कार्यबाहक अध्यक्ष डण्ड केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । त्यस्तै कार्यक्रममा जापान नेपाली एकता समाज केन्द्रीय सचिव धनराज शर्मा, रक्तिम अभियान जापानका सचिव नारायण ज्ञवाली, केन्द्रीय सदस्य उमेश निउरे, बाशु पौडेलको आथित्व रहेको थियो । शहिदहरूको सम्झना र सम्मानमा एक मिनेट मौनधारण पछि उपस्थित दर्शकलाई यमप्रसाद पौडेलले स्वागत गर्नु भएको… पुरा पढौ

कास्की पोखरा समाज जापान कान्साइको तीजको दर उत्सव : ११० जना भन्दा बढी सहभागी

हरेक वर्षझैँ यसपालि पनि जापानमा बस्ने नेपालीहरूले तीज दर उल्लासपूर्वक मनाएका छन्। विशेषगरी ओसाकामा कास्की पोखरा समाज जापान (कान्साई) ले २०२५ अगस्ट १६ (शनिबार) का दिन आयोजना गरेको तीज दर कार्यक्रममा ११० जनाभन्दा बढीको सहभागिताले नेपाली संस्कृति र परम्पराको जीवन्त झल्को दिलाएको छ। कार्यक्रमको संयोजन समाजका संयोजक अग्नि त्रिपाठीले गरे भने सञ्चालन सचिव अभिनय आचार्यले गरेका थिए। कार्यक्रमको सुरुवातमा कोषाध्यक्ष प्रकाश भण्डारीले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। त्यस्तै महिला संयोजक अनिता त्रिपाठी र सल्लाहकार लोकबहादुर विश्वकर्माले… पुरा पढौ

को हुन् रमेश गिरी ? एनआरएन अभियानमा उनको खाँचो किन ?

एनआरएन अभियान अहिले सङ्लिने क्रममा छ । धूरीको विवाद नहुँदो हो त एनआरएन जापानले गएको दुई वर्षमा गरेका गतिविधिहरुको मुल्याङ्कनमा अझ राम्रो अंक लिएर उत्कृष्टता हासिल गर्ने थियो भनेर सहजै लख काट्न सकिन्छ । दुईतिर फर्केका धूरीका दुईथरि हाकिमहरुको चेपुवामा परेता पनि वुद्धिमत्तापूर्ण ढंगले उचित सन्तुलन मिलाउँदै कतै कसैलाई चित्त नदुखाईकन आफ्नो कार्यकाल अवतरण गरेका नविन निउरे जाँदाजाँदै हाइहाइ बन्न पुगे । उनको लोकप्रियता ह्वात्तै बढ्यो । उनको कार्यशैली हेर्दा मानौ उनी दुई वर्ष मै निकै खारिई सकेका छन् ।एनआरएन… पुरा पढौ

काभा च्याम्पियन्स लिग : काजकिस्तानको झेइक बिरुद्ध हेल्प नेपालको रोमान्चक जित

नेपाली लिग च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा आज भएको खेलमा काजकिस्तानको बिरुद्ध रोमान्चक जित निकालेको छ । माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा काजकिस्तानको झेईक भलिबल बिरुद्ध ३–२ को सेटमा रोमान्चक जित निकाल्दै हेल्प नेपाल स्पोर्टस क्लबले फाईनल यात्रा जिवित बनाएको हो । पहिलो सेट जितेर खेलमा सानदार लय बनाएको हेल्प नेपालले दोस्रो र तेस्रो सेट गुमाएको थियो । नेपालले पहिलो २५–२२ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो र तेस्रो सेटमा झेईकले २५–१८ र… पुरा पढौ

काभा च्याम्पियन्स लिग : दोस्रो खेलमा हेल्प नेपालको शानदार जित

नेपाली लिग च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा शुक्रवार घरेलु टोली क्लब एचडिसीलाई ३–१ को सेटमा पराजित गदैं दोस्रो जित निकालेको हो ।सुरुवाती दुई सेट जितेर खेलमा सानदार लय बनाएको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो । नेपालले पहिलो र दोस्रो सेट २५–१९ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो भने चौथो सेटमा एचडिसिले २५–१९ ले आफ्नो पक्षमा पारेपछि खेल चौथो सेटमा पुगेको थियो । नेपालले… पुरा पढौ