रास्वपा जापानको अधिवेशन सकियो: नयाँ नेतृत्व चयन

-


     जनहित न्युज    
     मंसिर २४ गते २०८२


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जापानको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पार्टीको आगामी कार्य योजना तय गर्दै नागरिक मैत्री पार्टी बनाउने लक्ष्य राखेको छ ।

अधिवेशनलाई सम्वोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रिय सदस्य तथा प्रवास नेपाली सम्पर्क विभागका उपप्रमुख अर्जुन अधिकारीले अधिवेशनप्रति शुभकामना व्यक्त गर्दै अधिवेशन केवल कार्यक्रम मात्र होइन, यो पार्टीको भविष्य निर्धारण गर्ने मोड भएको बताउनु भएको छ । अधिकारीले भन्नुभयो तपाईहरू परिवर्तनका नायक हो । साथै प्रवासमा रहेर पनि  घण्टी प्रतिको माया र साथ सहयोग सँगै सक्रियता, समर्पण र निष्ठाप्रति आभार प्रकट गर्नुभएको थियो ।

पार्टीको “निलो क्रान्ति” अभियानलाई जन–जनमा पुर्‍याउन आग्रह गर्दै उहाँले भन्नुभयो, “यो क्रान्ति नातावाद, भ्रष्टाचार र अकर्मण्यताको विरुद्ध हो । बेला बेलामा रास्वपाको नीति, विचार, सिद्धान्तबारे भ्रम फैलाउनेहरूप्रति चिरफार गरेर नागरिकलाई छर्लङ्ग पार्न आग्रह समेत गर्नुभयो ।

अधिवेशनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा जापान समितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ । कार्य समितिको सभापतिमा दीपक के.सी, उपसभापतिमा भोजेन्द्र सुवेदी, सुरेश के.सी, सचिवमा कबिकिरण न्यौपाने, सहसचिवमा फनिन्द्र सुवेदी, कोषाध्यक्षमा श्री कृष्ण गौतम र सह-कोषाध्यक्षमा चतुर्भुज सापकोटा रहनुभएको छ ।

समितिको सदस्यहरुमा प्रकाश खतिवडा, यम प्रसाद भूसाल, रूपेन्द्र वली, श्रीकान्त घिमिरे, भेष राज गौतम र सरोज पौडेल चयन हुनुभएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश सभा खारेज, विज्ञहरूद्वारा भरिएको राष्ट्रिय सभा, र संवैधानिक अंगहरूको पुनःसंरचना पार्टीको नीतिगत दस्तावेजमा स्पष्ट रूपमा उल्लेख भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?