प्रवास

जापानमा विदेशी बासिन्दाहरूको संख्या ३.२ मिलियन पुग्यो, नेपालीको संख्या १ लाख ५६ हजार ३३३

जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या २०२३ मा ३.२ मिलियन भन्दा बढीको रहेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।अध्यागमन सेवा एजेन्सीका अनुसार जुनको अन्त्यसम्ममा जापानमा श्रम अभावले सिर्जना भएको माग पूरा गर्न धेरै कामदारहरू प्रवेशपीसंगै विदेशीको संख्या ३२ लाख २३ हजार ८५८ पुगेको छ । यो संख्या गतवर्ष २०२२ को डिसेम्बरको अन्त्यको तुलनामा १ लाख ४८ हजार ६४५ बढी हो ।जापानले प्राविधिक इन्टर्नशिप कार्यक्रममा भाग लिने प्रशिक्षार्थीहरूका साथै तालिमको आवश्यकता बिना तोकिएको उद्योगहरूमा तुरुन्तै काम गर्न सक्ने निर्दिष्ट दक्ष कामदारहरूको… पुरा पढौ

हङकङमा १८ वर्षपछि खुल्यो नेपालीलाई भिसा

हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो।  चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्। एक वर्षदेखि हङकङको प्रमुख कार्यकारी रहेका लीको यो दोस्रो नीति सम्बोधन हो, जसमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापान क्षेत्रीय समिति कान्साइको अधिवेशन अक्टोबर ३० मा हुने

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन हुने भएको छ ।मञ्चको संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगत क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन अक्टोबर ३० तारिक हुने भएको क्षेत्रीय समितिका अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।‘प्रवासी प्रगतिशील नेपाली एक हौ’ भन्ने नाराका साथ संगठनको नियमित कार्यक्रम अनुसार अधिवेशन गर्न लागिएको अध्यक्ष गैरेले बताए । उनका अनुसार अधिवेशनको आवश्यक तैयारी र व्यवस्थापनका लागि समितिको बैठक बसी कार्य विभाजन र जिम्मेवारी बाँडफाड गरि सोहि अनुरूप… पुरा पढौ

नेपाली कम्युनिटी लम्रिकद्वारा शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम गर्ने

नेपालीहरुको महान पर्व वडा दशै तथा शुभ दिपावलीको अवसरमा नेपाली कम्युनिटी लम्रिकद्वारा शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम गर्ने भएको छ। नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्ने उदेश्य सहित GREAT NATIONAL SOUTH COURT HOTEL को हलमा आयोजना गर्न लागिएको यस कार्यक्रममा पारिवारिक भेटघाट, शुभकामना आदान-प्रदानको साथमा सांगीतिक प्रस्तुति समेत रहने संस्थाका अध्यक्ष प्रेम सापकोटाले जानकारी दिए। हाम्रा अभिभावक साथै हाम्रा साना नानी बाबु सहितको उपस्थिति रहने कार्यक्रममा दशैको सामाजिक र सांस्कृतिक महत्वको विषयमा समेत जानकारी गराउदै जन्मभूमिमा दशै तथा शुभ दीपावली… पुरा पढौ

नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) स्पेनले नेपालको लागि पर्यटन प्रवर्द्धन गर्दै

नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बार्सिलोनामा ‘नमस्ते बार्सिलोना- २०२३’ कार्यक्रम हुने भएको छ । २२ अक्टुबर आइतबारका दिन बार्सिलोनाको सुप्रसिद्ध गिर्जाघर साग्रदा फामिलिया अगाडी नेपाली साँस्कृतिक कार्यक्रम नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) स्पेनले गर्न लागेको हो । नेपालीहरुका ठूला पर्व दशैं, तिहार तथा छटको अवसरमा बार्सिलोना नगरपालिका, साँस्कृतिक विभागसंग सहकार्य गर्दै नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम हुन् लागेको हो । आयोजक नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) स्पेनका अध्यक्ष विशाल ढुङ्गानाले दशैं तिहार तथा छटको अवसरमा नेपालको पर्यटन प्रवर्द्धन होस् भनेर… पुरा पढौ

श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च नगर्ने एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माको प्रतिबद्धता

ग़ैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामीमहाधिवेशनका अध्यक्षका प्रत्याशी राजेन्द्र कुमार (आरके) शर्मालेएनआरएनए भड्किलो बन्दै गएको भन्दै कार्यक्रमहरु तारेहोटलमा नगरी रत्नपार्कमा गर्नुपर्ने प्रस्ताव गरेका छन् । एनआरएनए स्पेनका प्रतिनिधि (डेलिगेट्स)संग बार्सिलोनामा मंगलवार साँझ छलफल गर्दै श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च गर्न नहुनेमा जोड दिएका हुन् । ‘परदेशका श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च गर्न हुदैन भन्ने पक्षमा म छु’, एनआरएनएका उपाध्यक्ष समेत रहेका शर्माले प्रस्ताव गरें’, ‘एनआरएनएका कार्यक्रमहरु तारे होटलमा हैन रत्नपार्कमा गरौंभन्ने मेरो लाइन छ, म अध्यक्ष भएमा यस्ता भड्किला कार्यक्रमहरुहुने छैनन्, फजुल अनावश्यक खर्च रोक्ने छु ।’ १७ अक्टुवरबाट एनआरएनएको ११ औं महाधिवेशन शुरु हुदैछ ।एनआरएनएलाई मितव्ययी र पारदर्शी बनाउनुका साथै आवश्यकभन्दा अरु क्षेत्रमा खर्च गर्न नहुनेमा आफु सुरुदेखि भएको बताउँदै खाड़ी देखि युरोप अमेरिकाका श्रमिकहरुको हितमा काम गर्नेआफ्नो मुख्य उद्देश्य रहेको दोहोर्याए । महंगा होटलमा लाग्ने खर्च कटाएर सामान्य खर्चमा एनआरएनएका कार्यक्रमहरु गरीश्रमिकको हितको लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए । शर्माले एनआरएनएलाई एकताबद्ध र सबै परदेशी नेपालीको साझा संस्था बनाउनको लागि अध्यक्षको उम्मेदवारी घोषणागरेर अघि बढेको बताए । ‘एनआरएनएको अध्यक्ष बनेर फ़ोटो झुण्ड्याउन जाँदैछैन, पछिल्लो समयमा विभाजित एनआरएनएलाई एकढिक्का र सबैपरदेशी नेपालीको साझाबनाउन नेतृत्वक दाबी गरेको हुँ आशा छ सबैको साथ पाउने छु ।’ शर्माले भने । एनआरएनए स्पेनका अध्यक्ष पेशल कोइरालाको अध्यक्षतामाभएको कार्यक्रममा एनआरएनए युरोपका उप संयोजक चित्र सुवेदी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा एनआरएनए स्पेनका प्रतिनिधि (डेलिगेट्स) तथा नेपाली समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । अध्यक्षका प्रत्याशी शर्मा शनिवार चेक रिपब्लिक, आइतबार डेनमार्क, सोमवार विहान जर्मनी हुदै साँझ पोर्तुगलका प्रतिनिधि(डेलिगेट्स)संग छलफलमा सहभागि भएर स्पेन पुगेका हुन् । शर्माले कर्मभूमि कतारमा विशाल कार्यक्रम गरि अध्यक्षपदमा उम्मेदवारी घोषणा गरेर अघि बढेका छन् । पुरा पढौ

सिजुओकामा गलकोट समाज जापान क्षेत्रीय समिति सिजुओकाको वारविक्यु तथा भेटघाट कार्यक्रम सम्पन्न

गलकोट समाज जापान क्षेत्रीय समिति सिजुओकाको आयोजनामा मंगलबार सिजुओका आवेगावा रिभर साईडमा वारविक्यु तथा भेटघाट कार्यक्रम सम्पन्न भयो ।जापानमा रहेका नेपाली समुदायका बिचमा आपसी सत्भाव प्रगाढ गराउने र भाइचाराको सम्बन्ध बढाउने उदेश्यले आयोजित उक्त कार्यक्रममा गलकोट समाजकी अध्यक्ष कालिका थापा लगाएतको उपस्थिति रहेको थियो । प्रवासमा रहेका सबै नेपाली जनसमुदायविच आपसी सद्भाव कायम राख्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विचार समाजकी अध्यक्ष थापाले व्यक्त गरिन । कार्यक्रममा सहभागी एनआरएनए जापानका अध्यक्ष नविन निउरेले सामाजिक सत्भावले नै समाजको विकासमा सघाउ पुर्याउने विश्वास… पुरा पढौ

नेपाल मगर संघ जापानको २१ औ महाधिवेशन सम्पन्न, अध्यक्षमा रामहरि खपांगी मगर

टोकियो/नेपाल मगर संघ जापानको २१ औँ महाधिवेशनबाट रामहरि खपांगी मारको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।२०२२-१०-१ तारिक आईतबारका दिन टोकियोमा सम्पन्न अधिवेशनले आगामी (सन २०२३-२०२५)को कार्यकालको लागि खपांगी मगरको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध रूपमा निर्वाचित गरेको निर्वाचन समितिका संयोजक ठानु राना मगरले जानकारी दिएका हुन् । “पट्ट मगरको काट छानिङ, लहो, ढुट, धर्म र सांस्कृतिक माम्याकिङ” संसार भरिका मगरहरु एक हौ भन्ने भावनाका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी जापानमा रहेका मगरहरुलाई एउटै… पुरा पढौ

एनआरएनएको अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठ टिम बलियो बनाउँदै, उपाध्यक्ष र महासचिवका उम्मेदवार सहित चुनावी अभियानमा

गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)को ११औँ महाधिवेशन नजिकिँदै जाँदा टिम बलियो बनाउन अध्यक्षका प्रत्याशीहरू सक्रिय भएका छन् । संस्थाको नेतृत्व हत्याउन एकपछि अर्का अध्यक्षका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक र औपचारिक रूपमा उम्मेदवारी घोषणा गरे सँगै आफ्नो टिमलाई बलियो बनाउने प्रयास थालेका छन् । एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा मात्र पाँच जनाको दाबी छ । भदौ २९ मै ललितपुरको हिमालय होटेलमा भव्य समारोहका बिच अध्यक्षको उम्मेदवारी घोषणा गरेका महेशकुमार श्रेष्ठले आफ्नो टिम थप सशक्त र बलियो बनाउँदै लगेका छन् । संस्थाको… पुरा पढौ

घोषणा सभा अघि एनआरएनए आइसीसीमा अध्यक्ष पदका उम्मेदवार आरके शर्माले पब्लिकसंग मागे सल्लाह र सुझाव

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी दिन कतार निवासी राजेन्द्र कुमार शर्मा(आरके) ले औपचारिक घोषणा सभा गर्ने तयारी गरेका छन । संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहामा एक विशेष समारोहका बीच संघको आगामी कार्यकालका लागि नेतृत्व गर्न विशेष कार्ययोजना सहित केही दिनमा नै चुनावी घोषणा सभा गर्न लागेका हुन । शर्माले घोषणा सभामा कार्ययोजनाहरु समेटेर आफ्ना बाचापत्र सार्वजनिक गर्न लागेका छन । विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको… पुरा पढौ