प्रवास

‘बेहोसपछि होसमा आउँदा’ देखि ‘शिरमा शिरबन्दी’ सम्म: जापानमा नयाँ वर्ष तताउन शिव परियार र समीक्षा अधिकारी ओसाका आइपुगे

जापानमा रहेका नेपालीहरूले नयाँ वर्ष २०२६ को स्वागतसङ्गै चर्चित गीत 'बेहोसपछि होसमा आउँदा क्या दामी भो' र 'शिरमा शिरबन्दी' को तालमा रम्न पाउने भएका छन्। कुनै समय नेपाली संगीत आकाशमा एकछत्र राज गर्न सफल ‘बेहोसपछि होसमा आउँदा क्या दामी भो’ गीतमा डिसेम्बर ३१ देखि जनवरी २ तारिखसम्म जापानका विभिन्न शहरहरूमा प्रत्यक्ष सुन्न र यसैसँग रम्न पाइने भएको हो । त्यो मात्र हैन ' पछिल्लो समयको चर्चित गीत 'शिरमा शिरबन्दी’ पिउँदिन भन्दाभन्दै पिलायो साथीले, सुर्ती माड्दै माड्दै गीतमा पनि कम्मर मर्काई… पुरा पढौ

टोकियोको ऐतिहासिक योयोगी नेशनल स्टेडियममा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो, जापान, नेपाली युवा पुस्तामाझ अत्यधिक लोकप्रिय गायक तथा संगीतकार सज्जनराज वैद्य पहिलो पटक जापानमा आफ्नो सांगीतिक प्रस्तुति दिन आउने भएका छन्। आगामी २०२६ मार्च १० तारिखका दिन टोकियोको प्रसिद्ध योयोगी नेशनल स्टेडियममा 'सज्जनराज वैद्य लाइभ कन्सर्ट' आयोजना हुने निश्चित भएको छ। ऐतिहासिक हलमा पहिलो नेपाली कार्यक्रम टोकियोको हाराजुकु स्टेशनबाट मात्र ३ मिनेटको दुरीमा रहेको योयोगी नेशनल स्टेडियममा पहिलो पटक नेपाली कलाकारको सांगीतिक कार्यक्रम हुन लागेको हो। करिब ४ हजार सिट क्षमता भएको यस स्टेडियमलाई कन्सर्टका लागि उपलब्ध गराउन आयोजकले विगत एक वर्षदेखि निरन्तर प्रयास… पुरा पढौ

गलकोट समाज जापानद्वारा नयाँ वर्षमा ‘सांगीतिक श्रृंखला–२०२६’ आयोजना: शिव परियारदेखि समिक्षा अधिकारीसम्मको प्रस्तुति रहने

टोकियो, जापान जापानमा सक्रिय सामाजिक संस्था गलकोट समाज जापानले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर चार प्रमुख शहरहरूमा भव्य 'सांगीतिक श्रृंखला–२०२६' आयोजना गर्ने भएको छ। "समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य तथा खेलकुदमा लगानी" भन्ने मूल नाराका साथ समाजले यस वर्षको कार्यक्रमलाई विशेष अभियानका रूपमा अघि बढाएको हो। लोकप्रिय कलाकारहरूको जमघट यसपटकको सांगीतिक श्रृंखलामा नेपालका बहुचर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। आयोजकका अनुसार कार्यक्रममा सुगम संगीतका लोकप्रिय गायक शिव परियार, छोटो समयमै सांगीतिक क्षेत्रमा चर्चा कमाउन सफल गायिका समिक्षा अधिकारी, चर्चित लोक सर्जक तथा… पुरा पढौ

जापानको टोकियोमा ‘दोस्रो म्याग्दी मोना इताबासी नेपाल फेस्टिभल–२०२६’ भव्यताका साथ आयोजना हुँदै

[टोकियो, जापान] जापानको टोकियोस्थित इताबासी क्षेत्रमा नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले 'दोस्रो म्याग्दी मोना इताबासी नेपाल फेस्टिभल'आयोजना हुने भएको छ। 'नेपालको बजारले संस्कृतिमा मिसाऔ' (जापानीमा: Nepal no Bazaar de Bunka ga Mazaru) भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो महोत्सव आगामी सन् २०२६ को अप्रिल ११ र १२ तारिख (शनिबार र आइतबार) हुने तय भएको छ। इताबासी मोना नेपाल कल्चरल एक्सचेन्ज एसोसिएसन (MONA JAPAN) को मुख्य आयोजनामा हुन लागेको यस फेस्टिभलले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको… पुरा पढौ

जापानका ४०% स्थानीय सरकारहरू विदेशीसम्बन्धी नीतिलाई लिएर दबाबमा: उजुरी र विरोधको ओइरो

टोकियो: जापानका स्थानीय सरकारहरू विदेशी नागरिकहरूसँग सम्बन्धित नीति र सुविधाहरूलाई लिएर सर्वसाधारणको तारन्तार उजुरी र विरोधको चपेटामा पर्न थालेका छन्। जापानको प्रतिष्ठित पत्रिका 'माइनिची सिम्बुन' ले गरेको एक विस्तृत सर्वेक्षण अनुसार, ४७ प्रिफेक्चरल सरकार र २० ठूला सहरहरू (Ordinance-designated cities) मध्ये ४० प्रतिशत स्थानीय निकायहरूले विदेशी नीतिलाई लिएर उजुरी र विरोधको सामना गर्नुपरिरहेको छ। सर्वेक्षणका मुख्य निष्कर्षहरू: सन् २०२५ को सेप्टेम्बरसम्मको एक वर्षको अवधिलाई समेटिएको यस सर्वेक्षणमा निम्न तथ्यहरू बाहिर आएका छन्: उजुरीको संख्या: ६५ स्थानीय निकायमध्ये २६ वटाले विदेशीसम्बन्धी नीतिलाई लिएर ठूलो संख्यामा… पुरा पढौ

कास्की पोखरा समाज जापान र कोमागानेका मेयरबीच स्वास्थ्य तथा मानवीय सहयोगमा सहकार्य विस्तार गर्ने सहमति

जापान।जापानमा सक्रिय रहेको कास्की पोखरा समाज जापान र जापानको कोमागाने सहरका मेयरबीच आपसी सहकार्यका क्षेत्रहरू विस्तार गर्ने विषयमा महत्त्वपूर्ण तथा रचनात्मक छलफल सम्पन्न भएको छ। छलफलमा नेपाल–जापानबीच सामाजिक, स्वास्थ्य तथा मानव संसाधन विकाससम्बन्धी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विशेष ध्यान केन्द्रित गरिएको थियो। सहकार्यका मुख्य एजेन्डाहरू छलफलमा विशेषगरी तीनवटा प्रमुख एजेन्डाहरूमाथि सहमति जुटाउने प्रयास गरिएको थियो: १. फुरुसातो नोजेईमार्फत क्लाउड फन्डिङ: पोखरास्थित मितेरी अस्पताललाई सहयोग पुर्‍याउने उद्देश्यका साथ जापानको 'फुरुसातो नोजेई' (Furusato Nozei) प्रणालीमार्फत क्लाउड फन्डिङ अभियान सञ्चालन गर्ने। २. नेपाली चौतारी निर्माण: कोमागाने… पुरा पढौ

गल्कोट स्पोर्ट्स क्लब टोकियोको छैटौँ अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश कुमार खत्री र महासचिवमा नारायण थापा निर्वाचित

जापानमा रहेका नेपाली समुदायबीच खेलकुद तथा सामाजिक गतिविधिलाई सुदृढ बनाउँदै आएको गल्कोट स्पोर्ट्स क्लब टोकियोले आफ्नो छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनले क्लबको आगामी कार्यकालका लागि रमेश कुमार खत्रीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ। छैटौँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष गणेश खत्री उपाध्यक्षहरू दिनेश थापा, सुरज के.सी., अशिम बस्नेत, खिम निउरे महासचिव नारायण थापा सचिव पवन शर्मा, किरण गौतम कोषाध्यक्ष कुशल भण्डारी सह–कोषाध्यक्ष दिपक क्षेत्री (खिम), पवन क्षेत्री निर्वाचित भएका छन । त्यसैगरी खेल संयोजक विजय बस्नेत, लेखा संयोजक… पुरा पढौ

नेपाली अमित केसीलाई जापानको ‘विदेशमन्त्री पुरस्कार’

जापान, टोकियो — जापानमा आयोजित ६४ औँ जापानी भाषा अन्तर्राष्ट्रिय वक्तृत्व प्रतियोगितामा नेपाली युवा अमित केसीले प्रथम स्थान हासिल गर्दै ऐतिहासिक उपलब्धि सुरक्षित गरेका छन्। प्रतियोगिताको ६४ वर्षे इतिहासमा पहिलोपटक कुनै नेपालीले जापानको विदेश मन्त्रालयले प्रदान गर्ने ‘外務大臣賞’ (Foreign Minister’s Award) हात पार्नु, जापानस्थित नेपाली समुदायका लागि गर्वको क्षण बनेको छ। प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएर सर्बोत्कृष्ट घोषित भएका केसीलाई प्रदान गरिएको सम्मान अझ विशेष रह्यो। पुरस्कार तथा सम्मानपत्र जापानकी राजकुमारी प्रिन्सेस हिसाको टाकामाडोबाट प्रदान गरिएको थियो, जसले कार्यक्रमको गरिमा र… पुरा पढौ

रास्वपा जापानको अधिवेशन सकियो: नयाँ नेतृत्व चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जापानको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पार्टीको आगामी कार्य योजना तय गर्दै नागरिक मैत्री पार्टी बनाउने लक्ष्य राखेको छ । अधिवेशनलाई सम्वोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रिय सदस्य तथा प्रवास नेपाली सम्पर्क विभागका उपप्रमुख अर्जुन अधिकारीले अधिवेशनप्रति शुभकामना व्यक्त गर्दै अधिवेशन केवल कार्यक्रम मात्र होइन, यो पार्टीको भविष्य निर्धारण गर्ने मोड भएको बताउनु भएको छ । अधिकारीले भन्नुभयो तपाईहरू परिवर्तनका नायक हो । साथै प्रवासमा रहेर पनि  घण्टी प्रतिको माया र साथ सहयोग सँगै… पुरा पढौ

ईसुमेघ टुर्स एण्ड ट्राभल्स प्रा. लि.को नयाँ कार्यालय उद्घाटन

ईसुमेघ टुर्स एण्ड ट्राभल्स प्रा. लि.ले आफ्नो सेवा विस्तारको क्रममा २०२५ डिसेम्बर ५ देखि टोकियोस्थित नयाँ कार्यालयमार्फत औपचारिक सेवा सञ्चालन सुरु गरेको छ। नयाँ कार्यालयको शुभारम्भ जापानका लागि नेपाली कार्यवहाक राजदूत हरिहरकान्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उद्घाटन समारोहमा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर राजेन्द्र कार्की क्षेत्री, एयर इन्डिया तथा अन्य विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सका प्रतिनिधिहरू, साथै जापानमा सक्रिय सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। “सेवा–गुणस्तरको नयाँ अध्याय” — प्रमुख मेघ केसी कम्पनीका प्रमुख मेघ केसीले नयाँ… पुरा पढौ