प्रवास

जापानमा बिहुँकोट समाजले महाशिवरात्री भव्य रूपमा मनाउने, टोकियो र ओसाकामा विशेष तयारी

टोकियो, जापान । आगामी महाशिवरात्री पर्वको पावन अवसर पारेर बिहुँकोट समाज जापानले यस वर्ष पनि जापानका दुई प्रमुख शहरहरूमा विशेष धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली मौलिक कला, संस्कृति र हिन्दु धर्मको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी फेब्रुअरी १५ तारिखका दिन टोकियो र ओसाकामा भजन–कीर्तन तथा झाँकीसहितको आराधना कार्यक्रम तय गरिएको हो। टोकियोको कामतास्थित चौतारो हलमा आयोजना हुने मुख्य कार्यक्रममा भगवान शिवको विधिपूर्वक पूजा–अर्चना, धौलागिरी भजन समूहको विशेष प्रस्तुति र शिव महिमा झल्किने झाँकीहरू प्रदर्शन गरिनेछ। समाजका अध्यक्ष… पुरा पढौ

नेपाल पत्रकार महासंघ जापान शाखाले १० लाख येनको कल्याण कोष र ‘प्रवास पत्रकारिता पुरस्कार’ स्थापना गर्ने

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १५औँ स्थापना दिवसलाई विशेष बनाउँदै पत्रकारहरूको हकहित र सम्मानका लागि महत्वपूर्ण योजनाहरू घोषणा गरेको छ। आगामी मार्च १५ मा मनाइने स्थापना दिवसको अवसरमा महासंघले १० लाख येनको 'पत्रकार कल्याण कोष' सञ्चालन गर्ने र ५० हजार रुपैयाँ राशिको 'प्रवास पत्रकारिता पुरस्कार' प्रदान गर्ने निर्णय गरेको हो। शाखाको हालै सम्पन्न दोस्रो नियमित बैठकले गरेका प्रमुख निर्णयहरू यस प्रकार छन्: १. स्थापना दिवस तथा व्यवस्थापन स्थापना दिवसलाई भव्य बनाउन सचिव अर्जुन लामिछानेको संयोजकत्वमा एक तयारी उपसमिति गठन… पुरा पढौ

जापानी लगानीकर्तालाई राष्ट्रपति पौडेलको आह्वान: “नेपालमा लगानी गरे धन र धर्म दुवै हुन्छ”

टोकियो, जापान । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालका विभिन्न क्षेत्रमा निर्धक्क लगानी गर्न आह्वान गर्नुभएको छ। जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्ने उद्देश्यले आज आयोजित अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल सरकार वैदेशिक लगानीको सुरक्षा र सहजीकरणका लागि पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले बुद्धको दर्शन र दुई देशबीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धको चर्चा गर्दै नेपालमा कृषि, जलस्रोत, पर्यटन र सूचना प्रविधिका क्षेत्रमा लगानीको प्रचुर सम्भावना… पुरा पढौ

एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी : ‘एक मन र एक संगठन’ को संकल्पसहित १५ बुँदे प्रतिबद्धता सार्वजनिक

जापानको टोकियोमा आयोजित विशेष समारोहका बीच एनआरएनए उपाध्यक्ष रोबिन शेरचनले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले आगामी सन् २०२५–२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न एक भव्य समारोहमा शेरचनले ‘सुदृढ संगठन, दरिलो एकता : हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। आगामी मार्च १४ देखि १६… पुरा पढौ

प्रवासबाटै फेरिनेछ मातृभूमिको भाग्य? टोकियोमा सम्पन्न ‘राष्ट्रिय बहस’ मा विश्लेषक सौरभको यस्तो गर्जन

टोकियो (जापान) — कास्की पोखरा समाज जापानले टोकियोमा आयोजना गरेको ‘प्रवासी भूमिमा राष्ट्रिय बहस’ कार्यक्रम एनआरएनए उपाध्यक्ष रोबिन सेरचन र विश्लेषक सौरभको विशेष उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ। समाजले जापानको सिन्जुकुस्थित सागामी हलमा आइतबार आयोजना गरेको उक्त बौद्धिक कार्यक्रममा मातृभूमिप्रतिको दायित्व र राष्ट्रियताको विषयमा गहन छलफल भयो। प्रवासमा रहेर पनि नेपालीपन र राष्ट्रिय चिन्तनलाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका विशेष वक्ता एवं विश्लेषक सौरभले राष्ट्रिय चेतना, प्रवासी नेपालीको भूमिका र समसामयिक विषयमा आफ्नो दार्शनिक तथा विश्लेषणात्मक… पुरा पढौ

जापानमा ‘अर्ध-उपस्थिति’ पहल: सोधपुछका बेला संदिग्धले अब वकिलको कानुनी परामर्श पाउने

जापानमा संदिग्धहरूलाई सोधपुछका क्रममा कानुनी सहायता प्रदान गर्न बार एशोसिएसनले नयाँ पहल सुरु गरेको छ। जापानको "होस्टेज जस्टिस" (बन्धक न्याय) प्रणालीको आलोचना भइरहेका बेला जापान फेडरेसन अफ बार एशोसिएसन (JFBA) ले 'अर्ध-उपस्थिति' (Quasi-attendance) नामको नयाँ कानुनी अभ्यास कार्यान्वयनमा ल्याएको हो। यस पहल अन्तर्गत, प्रहरीले सोधपुछ गरिरहँदा वकिलहरू सोही भवनमा उपस्थित हुनेछन्। संदिग्ध व्यक्तिले प्रत्येक १५ देखि ३० मिनेटमा कोठा बाहिर निस्किएर आफ्ना वकिलसँग परामर्श गर्न पाउनेछन्। जापानमा ९९ प्रतिशतभन्दा बढी सजायको दर हुनुको मुख्य कारण बन्द कोठाभित्र गरिने कठोर सोधपुछ… पुरा पढौ

जापानमा विदेशीका लागि नियम कडा पारिँदै: पीआर र नागरिकता प्राप्तिमा नयाँ चुनौती

टोकियो, जापान । आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनलाई लक्षित गर्दै जापान सरकारले विदेशी नागरिकहरूका लागि लागू हुने नियमहरूमा उल्लेख्य कडाइ गर्ने नीति सार्वजनिक गरेको छ। प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले "सुव्यवस्थित र सौहार्दपूर्ण सहअस्तित्व" को अवधारणा अन्तर्गत नयाँ कार्ययोजना पारित गरेको हो। यस नयाँ नीतिले विशेषगरी जापानी नागरिकता लिन चाहने र स्थायी बसोबास (पीआर) को अनुमति पर्खिरहेका विदेशीहरूलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ। सरकारले जापानी नागरिकता प्राप्त गर्नका लागि जापानमा अनिवार्य रूपमा बस्नुपर्ने न्यूनतम समयावधिलाई बढाउनुका साथै… पुरा पढौ

जापानको नागोया बस्नेलाई खुसीको खबर: कतै नगद बाँडिँदै, कतै पानी र खाना निःशुल्क

टोकियो/नागोया, जापान । बढ्दो महँगी (मुद्रास्फीति) को चपेटामा परेका नागरिकलाई राहत दिन जापान सरकारले ल्याएको विशेष आर्थिक प्याकेज कार्यान्वयनमा आएको छ। गत डिसेम्बरमा पारित पूरक बजेटअन्तर्गत सरकारले स्थानीय तहहरूलाई २ ट्रिलियन येन (२० खर्ब येन)बराबरको 'प्राथमिकता सहयोग स्थानीय अनुदान' (Priority Support Local Grant) उपलब्ध गराएको छ। प्रधानमन्त्री सानाए ताकाइचीले यो बजेटमार्फत 'बलियो अर्थतन्त्र' निर्माणमा सरकारले स्पष्ट दिशा लिएको बताएकी छन्। केन्द्र सरकारले यो अनुदान रकम कसरी खर्च गर्ने भन्ने अधिकार स्थानीय नगरपालिकाहरूलाई नै दिएको छ। यसै सन्दर्भमा आईची र मिए प्रान्तका विभिन्न… पुरा पढौ

नेपाल कल्याण समाज जापानको दोस्रो महाधिवेशन सम्पन्न: विष्णु शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

टोकियो, जापान । जापानमा रहेका नेपालीहरूको हित र सामाजिक सेवामा सक्रिय 'नेपाल कल्याण समाज जापान'को दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । जापानको नेपाली समुदायमा परोपकारी कार्यमार्फत आफ्नो छुट्टै पहिचान बनाएको यस संस्थाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ । भव्य समारोहका बीच महाधिवेशन संस्थाका निवर्तमान अध्यक्ष सुवर्ण भट्टको अध्यक्षतामा सम्पन्न उक्त महाधिवेशनमा एनआरएनए (NRNA) जापानका वरिष्ठ उपाध्यक्ष टिकाराम खरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन र नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण संस्थाका संस्थापक अध्यक्ष केशव सुवेदीले… पुरा पढौ

नेपाल समाज र एनआरएनए कोष्टाब्लाङ्का स्पेनद्वारा स्व. के.सीको परिवारलाई सहयोग प्रदान

बागलुङको गलकोट नगरपालिका वडा नम्वर ७ मल्म आँगाखेतमा राहात सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।नेपाल समाज एसोसियन स्पेन र एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्काले स्पेनमा निधन भएका घनश्याम केसीको परिवारलाई सहयोग हस्तान्तरण गरेको हो ।गलकोट नगरपालिका वडा नम्वर ७ मल्म आँगाखेत घर भई रोजगारिको शिलशिलामा स्पेनको कास्पेमा निधन भएका स्व. घनश्याम के.सी.को परिवारलाई आज वडा कार्यालय मार्फत सहयोग प्रदान गरिएको सहयोग अभियानका संयोजक रुद्र बहादुर खत्रीले बताउनुभयो ।स्व.के.सीको परिवारमा सहयोगका लागि नेपाल समाज एसोसिएसन र गैर आवासीय नेपाली संघ, एनआरएनए… पुरा पढौ