निलुवा समाज चमुवा जापानको छैटौँ अधिवेशन सम्पन्न: अध्यक्षमा विष्णु सुवेदी निर्वाचित

-


     जनहित न्युज    
     पौष १९ गते २०८२


टोकियो, जापान । बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर ४ चमुवाबाट जापान आई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपालीहरूको साझा संस्था ‘निलुवा समाज चमुवा जापान’ को छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। डिसेम्बर ३१ का दिन टोकियोमा आयोजित अधिवेशनले आगामी कार्यकालका लागि विष्णु सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमिति र पदाधिकारीहरू

निर्वाचन समिति संयोजक भोजेन्द्र सुवेदीका अनुसार अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। समितिको पदाधिकारीहरू यस प्रकार रहेका छन्:

  • अध्यक्ष: विष्णु सुवेदी
  • वरिष्ठ उपाध्यक्ष: जीआर सुवेदी
  • उपाध्यक्षहरू: भूमिराज सुवेदी (विष्णु) र भूमिराज सुवेदी (ठीटो)
  • महासचिव: बीपी सुवेदी (जलन)
  • सचिव: सुशील सुवेदी
  • कोषाध्यक्ष: अञ्जान सुवेदी
  • सह–कोषाध्यक्ष: केशव सुनार
  • प्रवक्ता: राजू सुवेदी पुरुषोत्तम
  • युवा संयोजक: इन्द्र सुवेदी

त्यसैगरी कार्यसमिति सदस्यहरूमा ईश्वर सुवेदी, देबेन्द्र सुवेदी, रेशमलाल सुवेदी, धन प्र सुवेदी, प्रताप सुवेदी, सावित्री सुवेदी र अनु सुनार निर्वाचित हुनुभएको छ।

पर्यटन प्रवर्द्धनमा समाजको भूमिका

“बागलुङ जिल्ला गलकोटको सुन्दर निलुवा हाम्रो शान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको अभियान” भन्ने मूल मन्त्रका साथ सन् २०१५ मा यो संस्था स्थापना भएको हो। विशेषगरी गलकोटको पर्यटकीय क्षेत्र निलुवाको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले चमुवाबाट जापान पुगेका नेपालीहरू यसमा आबद्ध छन्।

संस्थाले आफ्नो जन्मथलोको पर्यटकीय विकासमा योगदान पुर्‍याउनुका साथै जापानमा रहेका सदस्यहरूलाई आइपर्ने सुख-दुःखमा हातेमालो र सामाजिक सहयोगका कार्यहरू गर्दै आइरहेको छ।

नवनियुक्त अध्यक्ष विष्णु सुवेदीले समाजको उद्देश्य अनुरूप निलुवाको पर्यटन विकास र प्रवासमा रहेका नेपालीहरूको एकतालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?