JLPT परिक्षा: जापानमा रहेका विद्यार्थीका लागि यसको आवश्यकता र महत्व

-


     योगेन्द्रमान श्रेष्ठ     
     असार ८ गते २०८२


JLPT परिक्षा आउदो साताको पहिलो आइतबार सम्पन्न हुदै छ । यसपटक तहगत रूपमा बिहान र दिउसो गरी २ सत्रमा परिक्षा सम्पन्न हुदैछ । सम्पूर्ण परिक्षार्थीहरूलाई परिक्षाको सफलताको अग्रिम शुभकामना !!!

पहिलो १ बर्ष पनि पूरा नगरी सकेका बिधार्थीहरूको हकमा परिक्षा पटक पटक आइरहन्छ-निकै मरिहत्ते धपरी गरिरहनु नपर्ला N5, N4 सम्मको परिक्षा सामान्य पनि हुन सक्छ । परिक्षामा सफल हुनेहरूको हकमा धेरै राम्रो उपलब्धी हुन्छ भने, समान तहः परिक्षा पुनः दिनु पर्ने हरूको हकमा यस पटकको परिक्षा आगामी परिक्षा तयारीका लागि महत्वपूर्ण सिकाई अवश्य हुन्छ ।

दिनरात एक बनाएर घरपरिवारमा लागेको कर्जा उतार्न काममा मेहनत गर्नुपर्ने अनिवार्य भएकाहरूले राम्ररी पढाई गरिरहेका होलान भनेर कसरी अनुमान गर्ने ? अधिकांश नेपाली बिधार्थीहरू आफ्नो शारिरिक क्षमताले पनि धान्न नसक्ने गरी साताको पूरा सातै दिन, सालको ३६५ दिन नै कामको धपरीमा हुन्छन्-यसरी कामको धपरी होइन घरयासी काममा समेत अभिभावकलाई सघाइरहेका हुदैनन् नेपालमा घरमा, खाना खाएर खाएको थाल समेत जुठेल्नो सम्म नपुर्याउने बानी बोकेकाहरु दिनोरात काममा लाग्नु निःशर्त बाध्यता हो ।

अनुभवको आधारमा भन्ने हो भन्ने सुत्ने ठाँउ नै बिधालय वा कलेज हो वास्तविकता यहि हो; “बिधालयमा सिकाई कम सुताई बढी हुन्छ”-अनिन्द्रा र भोकको सिकाई ।

भाषिक अब्बलता महत्वपूर्ण हो । परिक्षा नियमित प्रक्रिया हुन् । योजनाबद्ध पढाई र काम-दाममा ध्यान दिने हो भने पक्कै पनि परिक्षामा सफल हुन सकिन्छ । चित्र जसरी कोरिएका शब्दहरूको संजालबाट हुने वाक्य बनावट अनुष्क्षेद, निबन्ध, लेख सजिलो गरी पढेर सहि उत्तरमा टिक लगाउनु, नेपाली तथा अग्रेजी भाषाको शब्दका हिज्जे र व्याकरणमा नै कमजोर बिधार्थीहरूले सहि शब्द “खान्जी” र सही व्याकरणका शिलशिला मिलाएर सहि उत्तरमा टिक लगाउँछन् र परिक्षामा अब्बल अंक ल्याएर उत्तीर्ण हुन्छन् भनेर कल्पना गर्नु पनि निकै ठूलो उपलब्धि हो । यसो भन्दै गर्दा परिक्षा पास हुदैनन् भन्ने होइन, निकै राम्रो पढ्ने प्रशस्त बिधार्थीहरू पनि छन् । पढाईमा राम्रो ध्यान दिनेहरूका हकमा परिक्षा पनि सामान्य हो-पास हुन्छन् पनि ।

JLPT का N3, N2, N1 निकै उपल्लो स्तर जापानिज भाषाको तहको रूपमा मूल्यांकन गरिएको हुन्छ । अध्ययनशील बिधार्थीहरू पास हुन्छन्, विश्वविद्यालय तहको स्नातक तह वा भोकेशनल तहको अध्ययन सक्ने बेला सम्म यी परिक्षाहरू पास गर्नै पर्ने भइसकेको छ ।

JLPT मात्र होइन विभिन्न विषयका तोकुतेइ गिनोउ सिकेन (सिप मूल्यांकन परिक्षा) का क्रमागत परिक्षा लेवल २, १ पनि पास गरेमा निकै राम्रो । जापानको राम्रो अवसरका लागि अन्य सिखाकु लाइसेन्स-English Language Proficiency Test-TOIEC, Computer Skill Test, Driving Test, जापानका अन्य आधारभूत कानुनी ज्ञानका विषयका सर्टिफिकेट होल्ड गर्नु निकै उच्चतम क्षमताका धनीको रूपमा तपाई प्रतिको बुझाई बनेको हुनेछ ।

परिक्षा पास हुनु मात्र ठूलो कुरा होइन-भाग्यले पास हुने र हतुवामा मारू लगाएर पास हुनेको संख्या बहुसंख्यक हुन्छ । किन कि हामी माझ थुप्रै साथीभाई हामी भेट्छौ परिक्षा N2, N1 लेवलको पास गरेको छ तर उसले लेख्ने, पढ्ने र बोल्ने क्षमता हेर्यो भने आधारभूत तहको पनि हुदै-हामी स्वयं आफै पनि अछुतो छैनौ । हामी अचम्मका पनि छौ-हामीलाई राम्रो गरी आफ्नो भाषिक क्षमताको राम्रो ज्ञान छ तर पनि परिक्षाको फारम भर्दा उपल्लो तहको भर्छौ । उपल्लो तहको परिक्षामा सामेल हुन्छौ-बिहानै देखि चिनिया मूलकों परिक्षार्थी अगाडी वा दायाँबाया परिदिओस् भनेर भगवानसँग प्रार्थना गर्न भ्याउछौ । उपाय नलागे हचुवामा टिक लगाउँछौ । अरूको सहायताले वा हचुवामा पास भइएला तर व्यवहारिक उपयोगको नहुन सक्छ तसर्थ यस्तो भ्रमबाट मुक्त हुनु जरूरी छ ।

बयस्क भईसकेपछि जिवनकालमा नदेखेको नव्यहोरेको लिपिको भाषा अध्ययन गर्न आएको हामी नेपालीहरू परिक्षा पास गर्दै गर्दा पनि जापानीज भाषाको वाककलामा पोख्त हुनु अनिवार्य छ । परिक्षा पास र फेल हुनुको अर्थ भन्दा पनि जापानीज भाषामा कतिको वार्तालाप गर्ने क्षमता राख्दछ, त्यो महत्वपूर्ण हो । लेख्ने पढ्नेको कुरा त सूचना प्रविधिले फड्को मारिसक्यो AI को जमाना छ-बौद्धिकताका धनीहरूले औंलाको चुट्कीका भरमा सजिलो गरी समाधान गर्ने क्षमता राख्दछन् ।

विदेशीहरूका लागि विशेष गरी नेपालीहरूका जापान आउनुको मुख्य उद्देश्य नै जापानमा नै स्थायी जागिरको अवसरका लागि हो-तसर्थ पनि भाषिक क्षमता अनिवार्य शर्त हो ।

परिक्षा पास हुनुको फाइदा अनेक छन् ।

१. विश्वको शान्त र प्रविधिको विकासको १ नम्वर उत्कृष्ट मुलुक हो जापान-स्थायी रोजगारको प्रशस्त अवसर छ । अवसरलाई सजिलो गरी आफ्नो पोल्टामा पार्न सकिन्छ ।
२. उत्कृष्ट विश्वविद्यालयका आफ्नो क्षमता चाहका विषयमा अध्ययन गर्ने अवसर हुनेछ ।
३. निःशुल्क अध्ययनका छात्रवृत्तिका अवसरहरू हुनेछन् ।
४. निःशुल्क नहुदाँ पनि आंशिक छात्रवृत्तिका अवसरहरू प्रशस्त हुनेछन् ।
५. राम्रो वेतनको स्थायी जागिरको अवसर हुनेछ ।
६. नेपाल र जापान वा नेपाली बहुभाषी हुने भएकोले पनि अन्तराष्ट्रीय सम्बन्धका सरकारी अवसर सजिलो गरी आफ्नो पकडमा पार्न सकिनेछ ।
७. मध्यस्थकर्ता चाहिने काम आफै सजिलो गरी गर्न सकियो-खर्च लागेन ।
८. जापानका News Portal Site हरुको सजिलो गरी अध्ययन गर्न सकियो । आफूलाई समय सापेक्षा जापानका घटना परिघटना, प्रविधि विकास र नियम कानुनका ज्ञान र खबरसँग नियमित अपडेट गर्न सकियो ।

Not listed in mine but it can be a advantage
९. जापानिज भाषामा राम्रो पकड राख्न सक्दा व्यवसायी पनि बन्न सकियो-धूर्त ज्ञान पनि बढाउन सकियो, धुर्त्याई गर्न सकिने छट्टु स्याल पनि बन्न सकियो ।फाइदा अनेक छन् ।

१०. मेरो अरूचिको विषय तथापि नेपालीको लागि अवसर पनि हो र अधिकांशको जापान आउनुको अर्जुनदृष्टि पनि यही स्थायी भिजा “एजुकेन” वा जापान कै नागरिक भएर जापान कै राष्ट्रिय नागरिक परिचय पत्र र पासपोर्ट धारी भएर “कोकुसेकी चेन्जी” गरी सधैका लागि आवाशिय भएर बस्ने-यी सोचका धनीहरूका लागि बहुउपयोगी हुन सक्छ । यस सम्बन्धमा हुने परिक्षा दिनु नपर्ने वा दिदा पनि सजिलो गरी पास गर्ने अवस्था बन्न सक्छ ।

मन लगाएर अध्ययन गर्नुहोस् । धैर्य भएर परिक्षा दिनुहोस्-पास फेल सामान्य हो । पास भइन्छ, नभए दोश्रो पटकका लागि राम्रो सिकाई बन्छ । तर, उच्च जिवनशैलीको लामो जापान बसाईका लागि JLPT र माथी उल्लेख गरिएका परिक्षामा पास हुनु मेरो लागि अनिवार्य शर्त हो भनेर Mind Set गर्नुहोस् । एकपछि अर्को क्रमिक रूपमा परिक्षा हुने गरी अध्ययनमा जुट्नुहोस् ।

यो अनुभवमा आधारित परामर्श हो । 勉強頑張ってください!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?