जापानको कान्तोमा जापान नेपाली एकता समाजको तीज कार्यक्रमसँगै क्षेत्रीय सम्मेलन

-


     मेघराज रिष्मेली, टोकियो     
     भाद्र ४ गते २०८२


जापान नेपाली एकता समाज अन्तर्गत सञ्चालित टोकियो कान्तो क्षेत्रीय समितिको सम्मेलन साथै तिजी कार्यक्रम सम्पन्न भएको छ ।

नारायण कडेलको अध्यक्षता तथा नवीन बस्यालको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रम कार्यबाहक अध्यक्ष डण्ड केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

त्यस्तै कार्यक्रममा जापान नेपाली एकता समाज केन्द्रीय सचिव धनराज शर्मा, रक्तिम अभियान जापानका सचिव नारायण ज्ञवाली, केन्द्रीय सदस्य उमेश निउरे, बाशु पौडेलको आथित्व रहेको थियो ।

शहिदहरूको सम्झना र सम्मानमा एक मिनेट मौनधारण पछि उपस्थित दर्शकलाई यमप्रसाद पौडेलले स्वागत गर्नु भएको थियो । सम्मेलनमा रक्तिम अभियानका कलाकारहरूले जोड्दार नृत्यद्वारा स्वागत गरेका थिए ।

प्रमुख अतिथि केसीले नेपाल सरकार प्रवासी नेपालीहरूको मताधिकारको सवालमा जिम्मेवार नदेखिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । ॅदेशको एकतिहाई जनता प्रवासमा छरिएर रहेका छन् । उनी प्रवासी नेपालीहरूले पठाएको रेमिटेन्स चल्ने, प्रवासी नेपालीहरूको भोट नल्ने ?’

सम्मलनले गोम बुढाथोकिको अध्यक्षतामा १९ पूर्ण २ बैकल्पिक र ६ सल्लाकार गरी जम्मा २९ सदस्यीय नयाँ समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– यमप्रसाद पौडेल, सचिव– रिषीराम पौडेल, सहसचिव– दानु सारु मगर, कोषाध्यक्ष– दयाराम सुबेदी, सदस्यहरूमाः रनमया बुढा, सुस्मिता निउरे, मनिसा कंडेल, रमेस के.सी, नविन वस्याल, छबीलाल शर्मा, ओमकार सुबेदी, यम प्रसाद लामिछाने, मिन विश्वकर्मा, मुकुन्द पौडेल, पिताम्बर सापकोटा, नारायण ज्ञवाली, वैकल्पिक सदस्यमाः जीवन पुन, सुर्य के.सी, दुई स्थान रिक्त रहेको छ । त्यस्तै डन्ड के.सी, धनराज शर्मा, नारायण कंडेल, उमेश निउरे, रुद्र लाल निउरे र रामु गौतमलाई सल्लाहकार चयन गरेको छ ।

नव निर्वाचित समितिको घोषणा केन्द्रीय सचिव धनराज शर्माले गर्नुभएको थियो भने सपथ कार्यबहाक अध्यक्ष डण्ड केसीले गराउनु भएको थियो ।

नयाँ समितिलाई कार्यक्रममा प्रमुख अतिथि डण्ड केसी, अतिथिहरू सचिव धनराज शर्मा, सदस्य उमेश निउरे, निवर्तमान अध्यक्ष नारायण कडेल, रक्तिम अभियानका सचिव नारायण ज्ञवाली, बाशु पौडेल लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

पहिलो चरणको सम्मेलन घोषणा सभा सम्पन्न पछी लगत्तै हरितालिका तिजी कार्यक्रम सुरु गरिएको थियो । तीज कार्यक्रमको अध्यक्षता गोम बुढाथोकी र महिला संयोजक रन मायाँ बुढाथोकीले गर्नुभएको थियो । कार्यक्रम नवीन बस्यालको सञ्चालन र डण्ड केसीको प्रमुख आतिथ्यमा अगाडि बढेको उक्त कार्यक्रममा महिला अतिथि, ऐलिना पुन, कमला पन्थी (ज्ञवाली), मना सापकोटा (केसी, मिना के.सी , जुना सापकोटाको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा रक्तिम साँस्कृतिक अभियान जापानका कलाकारहरूको जोरदार प्रगतिशील गीत नृत्य प्रस्तुति रहेको थियो ।
त्यस्तै लोक दोहोरी, जापानका कलाकार सोना केसी, खेमराज पौडेलको पनी रोचक प्रस्तुतिले दर्शक झुमेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?