
बिहुँकोट समाज जापानको १८ औँ साधारण सभा आईतबार टोकियोमा सम्पन्न भएको छ ।
समाज जापानका अध्यक्ष दिपक कडेंलको सभापतित्व एनआरएनए जापानका अध्यक्ष नविन निउरेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको सन्चालन महासचिब घनश्याम कंडेल ( अर्जुन ) ले गरेका थिए भने स्वागत उपाध्यक्ष रामु कंडेलले गरेका थिए। समाजको हालसम्मका गतिविधिका बारे उपाध्यक्ष द्वय फणिन्द्र शर्मा र टिकाराम कंडेलले जानकारी प्रस्तुत गरेका थिए।

कोषाध्यक्ष नारायण कडेलद्वारा यस कार्यकालको आर्थिक विवरण प्रस्तुत गर्र्दै आय १ करोड़ ५९ लाख २९२ र कुल व्यय ४० लाख १८ हजार ८०८ जानकारी गराईएको थियो । भने महासचिव घनश्याम कंडेलले समाजको प्रगति प्रतिबेदन र आगामी योजनाबारे जानकारी दिएका थिए। साथै कान्साई क्षेत्रीय समितिको आय ब्ययका बारेमा कान्साई उपाध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष निउरेले बिहुँकोट समाज जापान एक अग्रणी तथा उदाहरणीय सामाजिक सस्थां रहेकोले जापानमा हुने हरेक सामाजिक गतिविधिमा सदैव एनआरएन सगं सहकार्य हुने विचार व्यक्त गरेका थिए ।

सभामा विधान ससोंधन समितिका सयोंजक अशोक शर्माद्वारा प्रस्तुत गरिएको ससोंधन सहितको विधान पारित भएको थियो । सभामा बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितिका उपाध्यक्ष लक्ष्मण न्यौपाने , अध्यक्ष बलबहादुर कंडेल क्षेत्री मुकेश ,कुडुँले समाज जापानका अध्यक्ष राम प्रसाद आचार्य , बाग्लुगं समाज जापानका उपाध्यक्ष गुरू प्रसाद सापकोटा , बिहुँकोट समाज जापानका सस्थांपक सदस्य अनन्त रिजाल , पूर्व अध्यक्ष अशोक शर्मा , सागर प्रसाद कंडेल ,सह- सरंक्षक डिपी कंडेल , सरंक्षक दिपक सुबेदी लगायतले मन्तब्य राखेका थिए ।

सभामा समाजलाई उल्लेख्य योगदान दिई २/२ कार्यकाल नेतृत्व गरेका संस्थापक अध्यक्ष ऋषिराम कंडेल र पूर्व अध्यक्ष सागर प्रसाद कंडेललाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरिनु साथै सभामा नेपालबाट जापान भ्रमणमा रहेका अभिभावक सगं भेटघाट समेत गरिएको थियो ।

साधारण सभाले कान्तो क्षेत्रको क्षेत्रीय समिति ३ महिना भित्र गठन गर्ने गरी पूर्व अध्यक्ष अशोक शर्माको नेतृत्वमा अध्यक्ष दिपक कंडेल र उपाध्यक्ष फणिन्द्र शर्मा सदस्य रहने गरी तीन सदस्यीय कान्तो क्षेत्रीय समिति गठन कार्यदल चयन गरेको छ ।
कार्यक्रमको अन्त्यमा लोकगायक बिष्णु खत्रीले आफ्नो प्रस्तुति सहित उपस्थित सबैलाई छमछमी नचाएका थिए ।