काठमाडौँ – राहदानी आवेदन प्रणालीमा आएको अवरोधका कारण केही दिनदेखि सेवा प्रभावित भएको छ। राहदानी विभागका अनुसार प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश भएपछि भेटिएपछि यसको फैलावट रोक्न लागि सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना भएको छ। यसका कारण जिल्ला/ईलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नियोगहरूमा राहदानी सेवा अस्थायी रूपमा बन्द गर्नुपरेको छ।
विभागले एक विज्ञप्ति जारी गर्दै प्रभावित स्थानहरूमा सेवा क्रमिक रूपमा पुनः सुरु गरिने जानकारी दिएको छ। पूर्ण रूपमा सेवा सञ्चालनमा फर्कन १–२ हप्तासम्म लाग्न सक्ने बताइएको छ। विभागले समस्या समाधानका लागि आवश्यक उपाय अपनाइरहेको जनाएको छ।