
जापान-गैर आवासीय नेपाली संघ जापानमा पारदर्शिता र जवाफदेही नेतृत्वको लागि अनुभवी सदस्यहरुको आवश्यकता भन्ने मान्यताका साथ गुल्मीका रामप्रसाद शर्मा रामु ढकालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन ।
कान्तो क्षेत्रीय समितिमा रहेर कार्य गरिसकेका शर्माले आफ़नो अनुभवलाई केन्द्रीय समितिमा समेत उपयोग गरि संघलाई जापान स्थित नेपाली समुदायको अभिभावकीय संस्थाको रुपमा विकसित गराउन आफ़नो उम्मेदवरी आवश्यक रहेको बताए ।
आफूसँग पदाधिकारीमा रहेर कार्य गर्न सक्ने क्षमता रहेपनि निरन्तर एनआरएनएको अभियानमा क्रियाशीलहरुलाई सम्मान गर्दै उनीहरुको कार्यमा सहयोग पुर्याउनका लागि सदस्य पदमार्फ़त सामाजिक क्रियाकलापमा आउने सोच रहेकाले सबैले साथ दिन अनुरोध समेत गरे ।
गुल्मेली समाज जापानमा रहेर लामो समय समाजका विभिन्न क्रियाकलाप र सामाजिक सेवामा लागेका र निरन्तर खटिरहने स्वभाव शर्माको रहेकोले एनआरएनए जापानको टिममा उनी आउदा संघलाई सहयोग पुग्ने विश्वास गुल्मेली समाज जापानका अध्यक्ष सलिकराम भण्डारीले व्यक्त गरे ।
एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकाल २०२१-२०२३ को लागि जुलाई २५ तारिक अधिवेशन तथा निर्वाचन हुने दिन नजिकिदै जादा विभिन्न पदमा उम्मेदवारी घोषणालाई पनि तिव्रता दिइएको छ ।