स्वर्गीय राजु सुवेदीका बालबालिकाकाे शिक्षादिक्षाका लागि राहत रकम हस्तान्तरण

-


     जनहित न्युज    
     असार १९ गते २०७८


निलुवा समाज चमुवा जापानले गलकोट नगरपालिका वडा नम्बर ४ का स्वर्गीय राजु सुवेदीको परिवारलाई १३ लाख ९२ हजार १ सय २३ रुपैयाँ आर्थिक राहत रकम हस्तान्तरण गरेको छ । राहत रकम हस्तान्तरण गर्दै गलकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बल बहादुर खत्रीले यस अभियानको नेतृत्व गर्ने निलुवा समाज जापान लगायत सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिँदै समाजले गरेको सहयोगबाट पीडितलाई ठूलो राहत पुग्ने बताए । जटिल रोगका कारण अचानक गत बैसाख ३ गते उपचारको क्रममा निधन भएका सुवेदीको परिवारमा आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र राजु कै आश्रतिमा रहेका

३ छोरी र श्रीमतीहरुलाइ पढाइलेखाइ र लालनपालनमा सहयोग पु¥याउने उद्देश्यले समाजको नेतृत्वमा जापान, नेपाल लगायत विभिन्न देसशमा आर्थिक  राहत सङकलन गरि हस्तान्तरण गरिएको निलुवा समाज चमुवा जापानका अध्यक्ष थम बहादुर क्षेत्रीले जानकारी दिए । निलुवा समाज चमुवा जापानका वरिस्ठ उपाध्यक्ष

चेतराम सुवेदीको उपस्थितमा  निलुवा पर्यटकीय क्षेत्र प्रवर्द्धन केन्द्रसंग समन्वय गरि कार्यक्रमका बीच मृतक राजु सुवेदीको श्रीमती जमुना सुवेदीलाई उक्त रकम हस्तान्तरण गरिएको हो । निलुवा पर्यटकीय क्षेत्र प्रवर्दधन केन्द्रका कोषाध्यक्ष विकास सुवेदीले जानकारी दिए ।

साे रकम सङ्कलनको क्रममा गल्कोट समाज जापान गल्कोट समाज जापान क्षेत्रीय समिति कान्तो ( टोकियो)ऽ बाग्लुङ समाज जापान. खरूवा समाज जापान र नुवाकोट समाज जापानसंग संस्थागत सहकार्य गर्दै गरेको निलुवा समाज चमुवा जापान अध्यक्ष थम क्षेत्रीले जानकारी िदनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?