जापान -गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद जापानको २०२१-२०२३ कार्यकालको अधिवेशन नजिकिदै जादा उम्मेदवारी घोषणा गर्ने क्रमले तिव्रता पाएको छ । जुलाई २५ मा ओसाकामा हुने अधिवेशनमा आगामी कार्यकालको समेत निर्वाचन हुने र सो कार्यकालको लागि उम्मेदवार घोषणा गरेको पदमा आफू काविल रहेको तर्क प्रस्तुत गर्दै सामाजिक संजालमार्फ़त उम्मेदवारी दाबी गर्ने कार्यले तिव्रता पाएको हो ।
संस्थाको लागि मुख्य कार्यकारी मानिएका अध्यक्ष र महासचिव पदमा धेरैको रोज़ाइ र दाबी गर्ने क्रम जापानको एनआरएनएमा पनि बढ्दै गएको छ । अध्यक्ष पदका लागि हालसम्म एनआरएनए आईसीसी सदस्य समेत रहेका ददिवाल खड्का, एनआरएनए जापानको सल्लाहकार रहेका शिवप्रसाद पौडेल, वर्तमान कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष रहेकी अनिता गुरुङ लामा र नरेन्द्रकुमार बस्नेतले संस्थालाई आर्थिक पारदर्शिता, संस्थागत सुशासन, विधिको पालनाका मुद्दा उठाउदै उम्मेदवारीमा दाबी प्रस्तुत गरेका छन । अध्यक्ष पदका लागि किरण बर्मा, सरोज खत्री, दिपक कार्की र बुद्धीराज घिमिरेको नाम समेत चर्चामा छ । चर्चामा रहेकाहरुले अघि नै सामाजिक संजालबाट आफ्नो उम्मेद्धवारी घोषणा गरी सकेका छन् ।
वरिष्ठ उपाध्यक्षको पदका लागि पनि हालसम्म नबिन निउरे, छत्र दाहल लागायतको उम्मेदवारीमा दाबी देखिनछ । क्षेत्रीय समितिमा लामो समय विभिन्न पदमा NRNA को अभियानमा दशक विताएका निउरे हाल राष्ट्रिय समन्वय परिषद जापान (एनसिसि) मा युवा उपाध्यक्ष छन । उनले युवापिढ़ीलाई सामाजिक सेवामा लाग्न उत्प्रेरित गर्दै स्मार्ट एनआरएनए बनाउने योजनालाई मूर्तरूप दिन आफू वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिएको बताउछन ।
संस्था संचालनको लागि कार्यकारी भूमिकामा रहन पाउने जनसम्पर्क बढ़ी रहने र संगठनात्मक कार्यमा प्रत्यक्ष प्रभाव पार्न सकिने महासचिवको पदमा हालका सचिव टिकाराम खरेल, प्रवक्ता सिद्धार्थ श्रेष्ठ, राजेन्द्र श्रेष्ठको सामाजिक संजालमार्फ़त उम्मेदवारी घोषणा गरेको देखिन्छ ।
इमान्दारिता,आर्थिक पारदर्शिता र लगनशीलता, सक्षम,सबल र साझा NRNA मेरो प्रतिबद्दता भन्ने मान्यता राखेर खरेलले आफ़नो दाबी प्रस्तुत गरिरहदा श्रेष्ठले एनआरएनए भित्रका बेथितिहरुको शुद्धिकरणका लागि आफूको उम्मेदवारी दिएको उल्लेख गरेका छन ।
जापानमा रहेका गैरआवासीय नेपालीहरुको समस्या समाधान र भैपरी आउने आपतकालिन अवस्थाको लागि सहयोग गर्न एक आपतकालीन राहातकोषको निमार्ण गरि त्यसलाई चौविसै घण्टा सक्रिय र निरन्तरताको लागि पहल गर्ने प्रतिबद्धता खरेलले व्यक्त गरेका छन । त्यस्तै श्रेष्ठले संघको सुधारका लागि आफूले अभियान चालेको र त्यो अभियानलाई निरन्तरता दिनका लागि उम्मेदवारी दिने घोषणा गरेको बताउछन ।
महासचिवका प्रतिस्पर्धी खरेलले संस्थाको बिधि, बिधान र जापानको कानुनमा टेकेर यहा रहेका हरेक नेपालीहरुले बिश्वास र भरोसा गर्न सक्ने संस्था बनाउन आफू लागि पर्ने बताउदा अर्का प्रतिस्पर्धी श्रेष्ठले आगमी दिन संस्थालाई चुस्त,दुरुस्त, पारदर्शिता र जवाफदेहिता बनाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
उम्मेदवारी घोषणा गर्दा जारी गरेका १२ बुंदे प्रतिबद्दतामा हालका सचिव समेत रहेका खरेलले एनआरएनए जापानलाई सबैले भरोसा गर्न योग्य र जापानबासी नेपालीको अभिभावकीय संस्थाको रुपमा बिकास गर्न आफ्नो क्षमता प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन । भने सामाजिक संजालमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने क्रममा श्रेष्ठले नेपाली समुदायको नजरमा आर्थिक अनियमितता गर्ने गिरोहहरूआबद्ध संस्था जस्तो भान भएको त्यो नकारात्मक धारणा चिर्न आफू लागिपर्ने बताउछन ।
आर्थिक कारोबारमा खुवै चासोका साथ हेरिएको एनआरएनए जापानमा आगामाी कार्यकालको कोषाध्यक्ष पदका लागि हालसम्ममा आएको जानकारी अनुसार सचिन श्रेष्ठ र कृष्ण गैरेको नाम चर्चामा रहेको छ ।