एनआरएनए जापानको उपाध्यक्षमा घिमिरेको उमेदवारी किन ?

-


     कविकिरण न्यौपाने    
     असार १७ गते २०७८


जापान-यतिवेला एनआरएनए जापानको अधिवेशन नजिकिदै गर्दा उम्मेदवारी दिनेको संख्या पनि बढिरहेको छ। उम्मेदवारी दिनु मात्र ठूलो कुरो होइन, विजयी हुँदैं आफुले गरेका वाचाहरु पुरा गर्न सके मात्र यसले अर्थ राख्ने गर्छ। पछिल्लो समय एनआरएनए जापानमा विकृति मात्र होईन, केहि आशालाग्दा पात्रहरु पनि देखा परेका छन्। त्यसै मध्येका एक विष्णु प्रसाद घिमिरे पनि हुन् ।

घिमिरे भन्छन, कुनै पनि संस्थामा लाग्न त्यसको आधारभूत तहबाट आउन जरुरी छ। जसले संस्था सञ्चालन अनि संस्थाको लक्ष्यमा पुग्न सहज हुने गर्छ। अझ संस्थामा लाग्दा केही पाईन्छ कि भन्ने सोच त्याग्न जरुरी छ। जुन सुकै सामाजिक कार्य गर्दा आफुले यथासक्दो समय, ज्ञान , धन आदि दिने हो । पाउने भनेको केबल आत्मा सन्तुष्टि हो, जुन केहिसंग पनि तुलना गर्न मिल्दैन । आत्मा सन्तुष्टिको लागी सामाजिक कार्यमा लागेको बताउने घिमिरे एनआरएनए नागोया क्षेत्रीय समितिमा(२०११-१३ ) उपसंयोजक हुदै (२०१३-१५ ) मा नागोयाको संयोजक समेत भएका थिए।

हाल उनी एनआरएनए जापानका सचिव छन्। एनआरएनए जापानमा भष्ट्रचारको दलदलमा फसेको छ नि भन्ने प्रश्नमा आफु कहि कतै त्यस प्रकरणमा नमुछिएको र भविश्यमा पनि नमुछिने बताउँदै भष्ट्रचार मुक्त एनआरएनए बनाउने अभियानमा आफु लाग्ने उनको भनाई छ। समाज सेवासंगै घिमिरेको साहित्यमा पनि उत्तिकै रुचि छ। उनी अनेसास जापानको महासचिव हुदै अध्यक्ष समेत भएका थिए। उनले कविता संग्रह “एक्लो विजेता “प्रकाशनमा ल्याएका छन्। साथै उनले आफ्नै शब्द र निर्माणमा २ वटा म्यूजिक भिडियो समेत निर्माण गरेका छन्।

घिमिरे सामाजिक सेवा गर्ने उदेश्यले अन्य विभिन्न संघ संस्थामा आवद्ध रहि काम गरिरहेको बताउछन् । उनी नेपाल रेडक्रसका यशस्कर सदस्य रहेका छन् । त्यस्तै जापानमा योक्काइचि व्यवसायिक क्लवको सदस्यमा २०१९ बाट र उधोग बाणिज्यसगं योक्काइचिको सदस्यका रुपमा २०१० बाट आवद्ध रहि काम गरिरहेका छन्।योक्काइचि किता रोटरीमा समेत आबद्ध घिमिरे रोटरीको माध्यमबाट आफ्नो कर्मथलो र जन्मथलो जोड्न प्रयास गरिरहेको बताउँदै चितवनका दुइ बिधालयलाइ शैक्षिक सामग्री पठाइएको र कोभिडको कारणले बितरण रोकिएको बताँउछन ।

चितवन स्थायी घर भएका घिमिरे १५ वर्ष अघि जापान आएका हुन्। उनी जापानको नागोया नजिकै मियकेन क्षेत्रमा व्यवशाय गर्दै आएका छन्। आफुले एनआरएनए जापानको उपाध्यक्षमा विजयी हासिल गरेमा यो संस्थालाई आफ्नो कारणबाट बदनाम कहिलै नबनाउने बताऊदै जापानबासी नेपालीहरू समक्ष उपाध्यक्ष पदमा आफुलाई मतदान गर्न आग्रह गरेका छन्। हार वा जीत जे भए पनि आफू यस अभियानमा लागि रहने घिमिरे बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?