नागोया,जापान- एनआरएनए जापान आफ्नो १०औं अधिबेशनको संघारमा छ । अहिले सबै क्षेत्रका क्षेत्रीय अधिबेशन सम्पन्न गरेको अबस्था छ । जापानका सबै क्षेत्रमा निर्वाचन सर्वसम्मतले सम्पन्न भएको छ । तर नागोयामा भने अधिबेशनलाइ लिएर भएको बिवाद उत्कर्षमा पुगेको छ ।
हाल नागोयामा दुई क्षेत्रीय समिति आफ्नो तरिकाले काम गरिरहेका छन । निर्वाचन समितिले एक पक्षीय उम्मेदवारलाइ मात्र साथमा लिइ निर्वाचन सम्पन्न भयो भनेर प्रतिष्पर्धि बिनाको निर्वाचन गराइ सपथ ग्रहण समेत गराएको छ भने अर्को पक्ष बहुमत उम्मेदवारहरुले अबैधानिक तरिकाले निर्वाचन गर्न खोजेको भनेर निर्वाचन खारेजीको माग गर्दै पूर्ण रुपमा निर्वाचन बहिस्कार गरेको थियो ।
निर्वाचन समितिले निष्पक्ष निर्वाचन गराउन नसकेको विधान विपरीत संयोजक मनोजबम मल्लको उम्मेदवारी सदर गरि निर्वाचन प्रक्रियामा सहभागी गराएको, निर्वाचनमा ५० प्रतिशत पुर्याउनका लागि निर्वाचन आयुक्तले नै पदीय मर्यादा विपरित ग्रुपमा कुराकानी गरेको लगायतका प्रमाणहरु सामाजिक संजालमा बाहिरिएपछि यसले थप संकट निमत्याएको हो ।
अहिले एनआरएनए नागोयाको गतिविधिले गर्दा यहाँको समुदायलाइ नै गम्भीर सोचनिय बनाएको छ । यसै प्रसंगलाई लिएर नागोयामा क्रियाशील १४ संघ सस्थाहरुद्वारा सयुक्त विज्ञप्ति जारी गरि यस बिवादको यथासक्य छिटो समाधान गर्नको लागि सम्बन्धित पक्षलाइ ध्यानाकर्षण गराएका छन ।
जारि गरिएको बिज्ञप्तीमा भनिएको छ यो दुबै अतिवादी प्रवृतिलाई हटाउनका लागि दुवै समिति भङग गरि सबै पक्षलाई समेटेर क्षेत्रीय समिति गठन गर्ने वातावरण सृजना गर्न अनुरोध गर्दछौ ।
विज्ञप्तिमा भनिएको छ – यदि सहमति नभए बिधान संगत तरिकाले पुन निर्वाचन गर्ने बातावरण मिलाउन अनुरोध गर्दछौ । केन्द्रलाइ यो बिषयमा गम्भीर ध्यानार्कषण गर्दै ठोस निर्णय नहुदासम्म दुवै समितिलाई कुनैपनि गतिबिधि नगर्न तत्काल निर्देशित गरि तुरुन्त नागोयामा विभाजित नेपाली समुदायलाइ एकीकृत गर्ने सौहार्दपूर्ण वातावरण सृजना गर्न भूमिका खेल्न समेत अनुरोध गर्दछौ ।