
जापान- सबैको अपनत्व हुने गरि सामुहिक नेतृत्वको विकास गरौ
संस्थाप्रतिको पदीय ज़िम्मेवारी, अनुशासन, मर्यादा, दायित्व र सामाजिक एकता आजको आवश्यकता भन्ने मान्यताका साथ विकास बस्नेतले एनआरएनए जापानको २०२१-२०२३ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन।
विभिन्न सामाजिक क्रियाकलापमा क्रियाशील हुदै हुदै आएका बस्नेत एनआरएनएको अभियानमा जापानको तोचीकीको संयोजक पदमा रहेर कार्य गर्दै सुरू गरेका हुन । दुई दशक लामो जापान बसाई गरेका बस्नेतले जापानमा रहेका बिभिन्न क्लब, संघ संस्थामा रहेर सामाजिक सेवामा सक्रिय रहेको सामाजिक संजालमार्फ़त उम्मेदवारी घोषणा गर्दै उल्लेख गरेका छन ।
हाल एनआरएनए जापानको कार्यसमितिमा क्षेत्रीय सचिवको रूपमा रहेका बस्नेतले आउने दिनमा पनि काँधमा आएको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्ने र आगामी दिनहरुमा अझ चुस्त र तुरूस्त रूपमा सामाजिक सेवामा लाग्ने समेत उल्लेख गरेका छन ।
एनआरएनए जापानको उपाध्यक्ष पदमा रहेर जापानवासी नेपालीको समस्यामा हातेमालो गर्दै वृहत्तर हित, संस्थागत विकास तथा नेपाल र जापानको सुमधुर सम्वन्ध विस्तारका लागि मन बचन र कर्मले पवित्र भाव सहित लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।