प्रवास

“शेष घलेलाई एनआरएनएको मूलधारमा फर्कन मेरो सल्लाह रहन्छ” : प्रचण्ड 

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेष घलेलाई पनि गैरआवासीय नेपाली संघ एनआरएनएको मूलधारमा फर्कन आफुले सल्लाह दिने बताएका छन् ।  एनआरएनए नव निर्वाचित पदाधिकारी र पूर्व अध्यक्षहरु सँग मंगलवार भएको भेटमा बोल्दै अध्यक्ष प्रचण्डले विवाद समाधानका लागि तीन अध्यक्षको मोडालिटि राम्रो भएको बताए । “शेष घलेजीले किन त्यस्तो गर्नु भयो मैले बुझेको छैन, र मैले सोध्न पनि चाहेको छैन्, के कारणले यस्तो भएको हो भनेर । मौका मिल्यो भने उहाँलाई यस्तो नगरौ यतै जोड्यौ भन्ने सल्लाह रहन्छ… पुरा पढौ

एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरुले लिए शपथ, पशुपति क्षेत्रमा वृद्धाश्रम बनाउने

काठमाडौँ ( जीएनएन) गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ दिलाएका छन्।सोमबार अपरान्ह संघको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ दिलाएका हुन्।नेपाल आउन नसकेका नवनिर्वाचित पदाधिकारीहरुले जुमबाटै शपथ लिएका थिए।गत शनिबार र आइतबार होटेल हिमालयमा आयोजित संघको दशौँ महाधिवेशनमा तीन जना अध्यक्ष लगायत १०० बढी पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको थियो। तीनै जना अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका थिए ।कार्यक्रमको संचालन नवनिर्वाचित महासचिव गौरी… पुरा पढौ

देश विकास र निर्माणमा सहयोग गर्न प्रधानमन्त्री देउवाले गरे गैरआवासीय नेपालीहरुलाई आग्रह

काठमाडौं । ‘एनआरएनएको प्रतिबद्धता, समृद्ध राष्ट्र निर्माणमा एकता’ भन्ने नाराका साथ गैर आवासीय नेपाली संघ (एनआरएनए) को ललितपुरमा सम्पन्न दशौं विश्व सम्मेलनको समापन भएको छ । सम्मेलनले तीनजना अध्यक्षले पालैपालो कार्यभार सम्हाल्ने गरी बहुपदीय प्रणाली घोषणा गरेको छ । पहिलो कार्यकालमा कुल आचार्य, दोस्रो रबिना थापा र त्यस पछि बद्री केसीले पालैपालो गर्नेगरी नयाँ नेतृत्व चयन भएको छ । समापन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको पहिचान, गरिमा बढाउनुको साथै पेशा, व्यवसायमा संलग्न रही देश विकास निर्माणमा सहयोग पुराउन गैरआवासीय नेपालीहरुलाई… पुरा पढौ

एनआरएनएको विवाद ३ अध्यक्षसंगै ९५ सदस्यीय पदाधिकारी निर्वाचित गर्दै सकियो, जापानबाट को को भए निर्वाचित

गैरआवासीय नेपाली संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ । करिब ६ महिनादेखि चल्दै आएको विवाद का कारण दशौ महाधिवेशन तथा निर्वाचन गर्न नसकिरहेको एनआरएनएले अन्ततः सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न गरेको हो । तिन अध्यक्षको व्यवस्था र केहि पद थप गर्दै विधान संशोधन गरेर संघले नयाँ कार्यसमिति चयन गरेको हो । अर्को पटकलाई नजिर नबस्ने गरी बाकी रहेको १८ महिने कार्यकालमा पहिलो अध्यक्षता तीन वटै… पुरा पढौ

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको सचिवका प्रत्यासी ओम गुरुङको पक्षमा माहौल, जित सुनिश्चित रहेको दाबी

पटक पटक स्थगित हुदै पुन मार्च २४ र २५ मा हुने गरि तय गरिएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालको निर्वाचनमा “समृद्धि,समावेशिता,समुहिकता र संस्थागत सुदृढिकरणका लागि मेरो उम्मेदवारीको मान्यताका साथ सचिव पदमा उम्मेवदारी दिएका ओम गुरुङको पक्षमा माहोल सृजना भएको छ । जापानमा रहेर सन २००८ देखि एनआरएनएको अभियानमा लागेका गुरूङले पटक पटक एनआरएनए जापानको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका र आफ्नो अनुभवलाई आइसीसीमा उपयोग गर्ने दृढ़ताका साथ लागेकोले सचिव पदमा आफूले दिएको उम्मेदवारीको पक्षमा राम्रो माहोल सृजना… पुरा पढौ

‘काँग्रेस–एमाले’को कित्ताकाटले एनआरएनए फुट्यो, एकै समयमा दुई समूहको चुनाव घोषणा 

विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विभाजन आएको छ । सामाजिक संस्थाको रुपमा रहेको एनआरएनएमा चर्को राजनीति हुँदा उक्त संस्था अन्ततः विभाजित बन्न पुगेको हो ।  विशेषगरी चुनावको मुखमा काँग्रेस र एमाले गरी एनआरएनएका अभियन्ताहरु कित्ताकाट हुँदा विवाद चर्किँदै विभाजनको अवस्था निम्तिएको हो । एमाले निकटका अध्यक्ष कुमार पन्त र उनको समूह तथा अध्यक्षका प्रत्यासी कुल आचार्य बीचको बढ्दो अन्तरद्वन्द्वले करिब २० वर्षे इतिहास बोकेको संस्था विभाजित बनेको हो ।  पन्त समूहबाट नयाँ नेतृत्वका लागि बद्री… पुरा पढौ

नेपाली एकता समाज जापानको अध्यक्षमा सालिकराम सापकोटा चयन 

नेपाली एकता समाज जापानको अध्यक्षमा सालिकराम सापकोटा चयन भएका छन् । मार्च ८ का दिन टोकियोमा सम्पन्न समाजको दोस्रो राष्ट्रिय सम्मेलनले समाजको अध्यक्षमा सापकोटा सहित २७ सदस्यीय कार्यसमितिको चयन गरेको हो । समाजको उपाध्यक्षमा गोपाल सापकोटा र डण्ड के सी, महासचिवमा तेजेन्द्र क्षेत्री, सचिवमा प्रदिप बि क र कोषाध्यक्षमा छन्द सापकोटा चयन भएका छन् । त्यसैगरी समाजको सदस्यहरुमा केशव सापकोटा, तेजु के सी, राजु रेग्मी, बासु शर्मा, धनराज गौतम, लक्ष्मण कार्की, बिष्णु पोखरेल,निश्चल क्षेत्री,कमल कार्की,गोपाल खत्री,उमेश निउरे, हेमलाल गौतम, नविन… पुरा पढौ

एनआरएनए विभाजनको डिलमा रहेको छ-कोषाध्यक्ष महेश श्रेष्ठ

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको वार्षिक कार्यक्रम अन्तरगत एनआरएनए जापानको आयोजना र चिबा क्षेत्रीय कार्यसमितिको ब्यबस्थापनमा प्रथम क्षेत्रीय भेला सम्पन्न भएको छ ।मार्च ५ तारिख आयोजित क्षेत्रीय भेलामा प्रमुख अतिथिको रूपमा रहेका एनआरएनए आइसीसी कोषाध्यक्ष महेश श्रेष्ठले एनआरएनए अहिले जटिल मोडबाट गुज्रीरहेको बताऊदै नेतृत्वले अलिकती बिबेक पुर्याउन नसकेमा विभाजनसम्म जाने जाने खतरा रहेको बताए ।राजनीतिक दाउपेचका कारण गैर राजनीतिक सामाजिक संस्था एनआरएनएमा हालको नेतृत्वको हातबाट बाहिर गैसकेको यो अवस्थामा सबैले सुझबुझका साथ निर्णय गरेर संस्थाको गरिमालाई अक्षुण… पुरा पढौ

एनआरएनएका पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनद्वारा एनसीसी भेलाको आयोजना

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघको पछिल्लो समय भएको गंभिर संकटलाइ मध्ये नजर गर्दै राष्ट्रिय समन्वय परिषद (एनसीसी) अध्यक्षहरुको (जुममा) भेला बोलाएका छन्। मार्च ६, २०२२ आइतबार बोलाइएको उक्त भेला नेपालको समय अनुसार साँझ ५ बजे हो। संघमा आएको संकटको अवस्थामा आयोजना गरिएको यस भेलाले संघलाइ अगाडी बढाउन ठोस निकास दिने अपेक्षा समेत पूर्व अध्यक्षहरुको रहेको छ। भेलामा सबै एनसीसीहरुलाइ आमन्त्रण गरिएको छ। पूर्व अध्यक्षहरुको आब्हान पत्र जस्ताको तस्तै गैरआवासीय नेपाली… पुरा पढौ

एनसीसीहरुको मान्यता रद्द गर्ने  भन्ने निर्णयको एनसीसी अमेरिका, युके, अस्ट्रेलिया र क्यानडाले गरे निन्दा

लन्डन -गैर आवासीय नेपाली संघ (एनआरएनए) का चार ओटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफुहरुको  मान्यता रद्द गर्ने भन्ने अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)  को निर्णयको निन्दा गरेका छन्।   अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बुधबार, २ मार्च २०२२ मा बोलाइएको बैठकले केही राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले सदस्यता वापतको रकम मार्च ६ तारिख सम्म नबुझाएमा उनीहरुको मान्यता रद्द गर्ने निर्णय गरेको थियो।  तर उक्त बैठकमा गणपूरक संख्या नपुगेको र  संघको विधान र नियमावली अनुसार कम्तीमा एक हप्ताको समय दिनु पर्नेमा केवल २… पुरा पढौ