सुदूरपश्चिमेली समाज जापानको अधिवेशन सम्पन्न, विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित

-


     जनहित न्युज    
     असार १७ गते २०८०


सुदूरपश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न भयो ।अधिवेशनले बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।

रोकायाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।नयाँ गठित कार्यसमितिको उपाध्यक्षमा इश्वर खड्का महासचिबमा दिनेश अधिकारी र कोषाध्यक्षमा सुमित रोकाय सर्वसम्मत निर्वाचित भएका छन ।त्यसैगरी समितिको सदस्यहरुमा प्रमिला बोहरा ,दिनेस बम,देवराज रेग्मी र जगत प्रशाद जोशीलाई चयन गरिएको छ ।

समाजका निबर्तमान अध्यक्ष पदमसिङ ठगुन्नाले सुदूरपश्चिमेली समाजले जापानका अरु नेपाली संघ संस्था सँग हातेमालो गर्दै सामाजिक अभियानमा अगाडि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष पूर्ण चलाउने,एकेन्द्र थापाका साथै समाजका सल्लाहकार दिनेश रतला जोशी ,योगेन्द्र बोहरा लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?