नेपाली समाज, जापानको चौथो महाधिवेशन अगस्ट १३ मा हुने

-


     जनहित न्युज    
     असार १४ गते २०८०


नेपाली समाज, जापानको चैथो महाधिबेशन १३ अगस्ट २०२३ मा सम्पन्न हुने भएको छ ।
जनता समाजवादी पार्टी, नेपाल ( जसपा) को प्रवास समिति नेपाली समाजले टोक्यो जापानमा महाधिवेशन गर्न लागेको हो ।
नेपाली समाज जापानको किता कान्तो क्षेत्रीय समिति, कान्साइ क्षेत्रीय समिति र कानागावा क्षेत्रीय समिति कृयाशिल रहेका छन भने नागोयामा क्षेत्रीय समिति निकट भविश्यमा गठन हुने महासचिव गेल्बु शेर्पाले जानकारी दिए ।
चौथो महाधिवेशनसंग सम्बन्धित सबै तयारी सकिएको र नेपाली समाज जापानले चौथो महाधिबेसनमा नविन कार्य बिधी प्रयोग गर्ने महाधिवेशन ब्यबस्थापक संयोजक तथा उपाध्यक्ष शिशिर निङलेकु लिम्बुले बताए ।
नेपाली समाज, जापान र जापानबासी नेपाली समुदाय बीच सुमधुर सम्बन्ध कायम गरेर एक आपसमा सहयोग आदानप्रदान गर्ने उदेश्यका साथ ” जापानवासी नेपालीहरुमा सहयोग र सद्भाव हाम्रो अभियान ! संघीयता, सुशासन, समृद्दि र समाजवाद प्राप्ति हाम्रो आन्दोलन !! “ भन्ने नारा चयन गरिएको अध्यक्ष पेम्बा शेर्पाले बताए ।
पहिचानको राजनीति पेचिलो बन्दै गएको अवस्था छ । त्यस कारण नेपाली समाज, जापानको नेत्रूत्वमा खास खास ब्यक्तित्वहरुको नेतृत्व लिने चाहना राख्ने संख्या धेरै भएकोले पदीय ब्यबस्थापनमा कठिनता रहेको निर्वाचन समितिका संयोजक गिरी प्रसाद गुरुङले बताए।
नेपाली समाज, जापानले चौथो महाधिवेशन टोकियोस्थित ओकुतामा रिभर राफ़्टिंग र बार्बिक्यु सहितको कार्यक्रमसंगै नयाँ शैलीमा गर्न लागिरहेको छ । खानपिन केन्द्रित कार्यक्रमले दिक्क जापनबासी नेपाली समुदायहरुमाझ यो बिल्कुलै नयाँ प्रयोग हुने आयोजकले बताइएको छ ।(फुर्वा शेर्पाले तयार पारेको समाचार सामग्री)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?