चितवन समाज जापानले बार्बेक्यु कार्यक्रमको आयोजना गर्ने भएको छ ।
चितवनबाट जापानमा आई विभिन्न पेशा, व्यवसाय,अध्ययन र रोज़गारी गरिरहेका र जापानबासी नेपाली समुदायका बिचमा भाइचारा, आत्मियता र आपसी सम्बन्धलाई प्रगाढ़ बनाउन बनाउनका लागि सो कार्यक्रम गर्न लागिएको समाजका वरिष्ठ उपाध्यक्ष टंक गैरेले जानकारी दिए ।
सामाजिक सेवामा क्रियाशील रहदै आएको समाजले जापानमा रहेका नेपाली समुदायमार्फत समृद्धि चितवन निर्माणमा आफ्नो भूमिकालाई क्रियाशील बनाउनका लागि बार्बेक्यु कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गर्ने समाजका अध्यक्ष ईश्वरी कंडेलले बताए ।
जुलाई १७ तारिकका दिन जापानको कासाई रिन्काइ पार्कमा हुने बार्बेक्युमा जापानबासी चितावनेसहित लगायतलाई उपस्थित भै आत्मियता साटासाट गर्दै भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउन समाज समाजका महासचिव कविकिरण न्यौपानेले आग्रह गरेका छन ।
मनोरन्जनमार्फत नेपाली सस्कार,सस्कृतिलाई परदेशमा बचाइ राख्नका लागि पनि यसखालका कार्यक्रम सहयोगी हुने विश्वास आयोजकले लिएको छ ।