
विद्यार्थी भिषामा जापान आएर हाल कम्पनीमा कार्यरत मोरङ जिल्लाको बेलबारी नगरपालिका वार्ड नम्बर ९ डांगीहाट स्थायी घर रहेकी कविता राजवंशीको हालै निधन भएको छ ।
जापानको टोकियोको ओमोरीमा बस्दै आएकी राजवंशी हानेदा इण्टरनेशनल एयरपोर्टको इण्टरनेशनल टर्मिलनमा कार्यरत उनी जुलाई २८ देखी देखि सम्पर्क बिहिन भएपछि खोजतालास गर्ने क्रममा कोठामा मृत अवस्थामा फेला पारिएको बताइएको छ ।
मृतक राजवंशी सम्पर्क बिहिन भएपछि उनी कार्यरत कम्पनीसहितले प्रहरीको सहयोगमा कोठाको झ्याल फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला परेको संगै काम गर्ने बालामी थरकी साथीले जानकारी दिइन ।
‘कविता अलि स्ट्रेसमा छु भन्थिन ४ दिन अघिदेखि सम्पर्कमा रहेकी थिइनन, कम्पनीले प्रहरीको सहयोगमा कोठा चेक गर्दा नसोचेको घटना देखियो’ उनलाई चिन्ने साथीले भनिन- ‘४ वर्ष अघि मात्र जापानमा विद्यार्थी भिषामा आएकी कविता केहि महिना अघिमात्र हानेदा एअरपोर्टमा खाईस्याइनको रूपमा काम थालेकी थिइन ।
घटनाको छानबिनका लागि शवलाई अहिले प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । मृतकको शव अस्पतालमा रहेको र पोष्टमार्टम लगायतको काम भइरहेको बुझिएको छ । राजवंशीको मृत्यु खबर नेपालमा रहेको परिवारलाई गराईसकिएको छ ।