सुदूरपश्चिमेली समाज जापानको जुलाई २ तारिख अधिवेशन हुने

-


     जनहित न्युज    
     असार १४ गते २०८०


सुदूरपश्चिमेली नेपाली समाज जापानको सातौ अधिवेशन जुलाई २ तारिख आइतबारका दिन हुने भएको छ ।

अधिवेशन टोकियोको शिनओकुबो स्थित सोलमारी रेष्टुरेन्टको मुरा हलमा दिउसो १२ बजेदेखि आयोजना गरिएको छ ।

अधिवेशन सम्पन्न गर्न समाजका पूर्व अध्यक्ष डा:भरत नेगीको संयोजकत्वमा एक निर्वाचन समितिको पनि गठन गरिएको जानकारी समाजका अध्यक्ष पदमसिंह ठगुन्नाले दिएका छन ।

नयाँ कार्यसमितिको गठन गरिने उक्त अधिवेशन सम्पन्न गर्न विभिन्न्न उपसमितिको पनि गठन गरिएको छ ।अधिवेशनमा सहभागिताका लागि जापानमा रहेका सबै सुदूरपश्चिमेलीका साथै सबै सामाजिक संघ संस्थाहरुलाई अनुरोध पनि समाजले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?