जापानमा रहेका नेपालीलाई सकारात्कम ऊर्जा प्रदान गर्न “कविताको लय र जीवनका रङ्गहरु” कार्यक्रम हुँदै

-


     जनहित न्युज    
     असार १३ गते २०८०


जापानमा नेपाली समुदायमा बढिरहेको नैराश्य तथा यसले निम्त्याइरहेको दूर्घटना न्यूनीकरणका लागि कविता र जीवन दर्शन तथा प्रेरणादायी कथाहरुको कार्यक्रम “कविताको लय र जीवनका रङ्गहरु” कार्यक्रम गरिने भएको छ ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर र एनआरएनए जापानको संयुक्त आयोजनामा २१० औ भानु जयन्तीको अवसर पारेर जुलाई ९ तारिखमा हुन लागेको विशेष कार्यक्रममा सकारात्मकता तथा प्रेरणादायी कथाका वक्ता सुधन ज्ञवालीसहित कविहरू आनन्द अधिकारी, सविना रेग्मी र सुरज हुक्पा चोङवाङ लगायतका स्रष्टाहरूको उपस्थितिमा कार्यक्रम गर्न लागिएको अनेसास जापानका अध्यक्ष रबिन शर्माले जानकारी दिए ।

प्रवासमा रहेका नेपालीमा हुने निराशा र नकारात्मक सोचाई र चिन्तनले गर्दा हुने गरेका दूर्घटनाहरूलाई कार्यक्रमको माध्यमबाट ऊर्जा प्रदान गरि केहि हदसम्म न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको बताईएको छ ।

कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएकोले साहित्यिक रसास्वादन तथा जीवनबोध र प्रेमका कथाहरूले पक्कै पनि तपाई हाम्रो जीवनमा केही रङ्ग थप्नेछ’’ अध्यक्ष शर्माले भने- कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न बिभिन्न चरणमा तयारी व्यवस्थित रूपले भैरहेको छ ।
कार्यक्रममा जापानमा रहेका हरेक क्षेत्रका सबैको सहयोग र उपस्थितिका लागि एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जापानवासी नेपालीहरूमा अनुरोध गरेका छन्। कार्यक्रम ग्लास इन्डष्ट्रीको सभाहलमा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?