प्रवास

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम चयन

पूर्वका १४ जिल्ला समेटेर जापानमा संगठित भएका नेपालीहरूको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम सर्वसम्मत चयन भएका छन। विराटनगर स्थायी घर भई डेढ दशकयता जापानलाई कर्मथलो बनाएका गौतमको नेतृत्वमा अप्रिल २४ तारिक नयाँ कार्यसमिति चयन भएको हो। १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत उपाध्यक्षहरूमा ध्रुवकुमार थापा, लक्ष्मीहाङ आङबो र शुशिला प्रसाई चयन भए भने सचिवमा भुवन निरौला, सहसचिव नवराज घिमिरे र कोषाध्यक्ष रोहित थापा चयन भए। टोकियो सोलमारी सभा हलमा सम्पन्न तेस्रो अधिवेशनले पूर्वका १४ जिल्लाका संयोजकहरू… पुरा पढौ

सल्लाहकार, मानार्थ सदस्य, विभागीय टिम, विज्ञ समूह मनोनीत गर्दै एनआरएनए जापानले भन्यो- एनआरएनए सबैको साझा संस्था बनाउन चाहन्छौ

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको निर्वाचन भएको करिब १० महिना पछि सल्लाहकार, मानार्थ सदस्य विज्ञ समिति सदस्य विभिन्न विभाग तथा विशेष समिति गठन गरेको छ ।राष्ट्रिय समन्वय परिषद जापानको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले जापानमा रहेका नेपाली समुदायका विभिन्न व्यक्ति व्यक्तित्वहरू सम्मिलित ६५ जनालाई सल्लाहकारमा र ६३ जनालाई मानार्थ सदस्यमा मनोनित गरिएको अध्यक्ष शिवप्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ ।मार्चको ९ तारिक बसेको बैठकका निर्णयहरू विज्ञप्ति मार्फत सार्वजनिक गर्दै १९ वटा विभिन्न विभाग… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानको ‘शुभकामना साँझ-२०७९ तथा भेटघाट कार्यक्रम’सम्पन्न 

नेपाली जनप्रगतिशील मंच जापान, संस्कृति, पर्यटन तथा अतिरिक्त विभागको आयोजनामा नेपाली नया वर्षको अवसरमा शुभकामना साँझ-२०७९ तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।जापानको टोकियो स्थित शिनओकुवोमा भएको सो कार्यक्रममा नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा माओवादीका ऊम्मेदवारहरूलाई विजयी बनाउनका लागि प्रवासमा रहेकाहरूले आफ़नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्नका लागि माओवादी प्रवास समन्वय समितिका सदस्य डा भूपालमान श्रेष्ठले आग्रह गरे ।मंचको लागि संगठित रूपमा आफ़नो प्रभाव देखाउने उपयुक्त अवसर आगामी निर्वाचन भएकोले संस्थागत रूपमा सक्रिय सहभागिता हुनु पर्नेमा अर्का प्रवास समन्वय… पुरा पढौ

एनआरएनए जापानको रक्तदान कार्यक्रम-२०२२ मा ४ सय १८ जनाले गरे रक्तदान

एनआरएनए जापान र १२ वटा क्षेत्रीय समितिहरूको संयुक्त आयोजनामा जापानको प्रमुख शहरहरू र नेपालको काठमाण्डौ एनआरएनए केन्द्रिय कार्यालयमा एकै समय एउटै ब्यानरमा सम्पन्न रक्तदान कार्यक्रम-२०२२ मा ४ सय १८ जनाले रक्तदान गरेका छन।आइतबार सम्पन्न सो रक्तदान कार्यक्रममार्फत नेपाल र जापान दुई देशको सम्बन्धलाई प्रगाड गराउने उदेश्यका साथ आयोजना गरिएको एनआरएनए जापानकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगीता अधिकारी सुबेदीले जानकारी दिइन ।जापानमा कोभिड-१९ कोरोनाले गर्दा रक्तदान कार्यक्रमहरु स्थगन भएको र रगत व्यवस्थापनमा रगत संकलनको मात्रामा कमि देखिएको र रगतको🩸व्यवस्थापनमा सहयोग गर्न… पुरा पढौ

गैरआवासीय नेपाली संघ योजनाबद्ध रुपमा आएको छ, निरन्तर जानेछ:अध्यक्ष कुँवर

संस्थापन पक्ष इतर घले समूहको गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष बिनोद कुँवरले आफ्नो अध्यक्षतामा निर्वाचित नेतृत्व योजनाबद्ध रुपमा आएको र निरन्तर रुपमा अगाडी जाने बताएका छन । हामी संघको बिधान अनुसार काठ्माण्डौमा मार्च २२-२५, २०२२ मा आयोजित १० औं महाधिवेशनबाट विधिवत रुपमा निर्वाचित भएर आएका हौँ। महाधिवेशन सम्पन्नपछि हामीले विधान सहितको निवेदन संघ दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा मार्च २७ आइतबार बिहान नै दर्ता गराएका छौ। त्यसको जानकारी हामीले मार्च २७, २०२२ मा नै गराई सकेका हौँ।… पुरा पढौ

जापानका लागि नेपाली राजदूतमा परराष्ट्र सेवाका दुर्गाबहादुर सुबेदी सिफारिस, अन्य १९ देशमा को कहाँ?

करिब सात महिनादेखि रिक्त रहेको जापानका लागि नेपाली राजदूतको पदमा सरकारले परराष्ट्र सेवाका दुर्गाबहादुर सुवेदीलाई सिफारिस गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले जापानसहित २० देशका लागि ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञबाट गरी गरेको राजदूतका लागि सिफारिसमा सुवेदीलाई जापानको लागि सिफ़ारिस गरिएको बताईएको छ।झण्डै तीन दशक परराष्ट्र सेवामा बिताएका झापा ज़िल्लाका सुबेदीले यसअघि नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनको रूपमा समेत कार्य गरिसकेका छन । त्यस्तै नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी… पुरा पढौ

नवलपुरकी २६ वर्षीय लक्ष्मीको जापानमा मृत्यु

जापानको सिन्जुकु सिनओकुबोमा आफन्तसँग बस्ने नेपालको नवलपुर ज़िल्ला मध्यबिन्दु १४ घर भई हाल काठमाडौंमा बस्ने २६ वर्षीय लक्ष्मी केसीको आइतबार साँझ मृत्यु भएकोछ।जापानमा विद्यार्थी भिषाबाट कम्पनी कामदारको रूपमा भिषा परिवर्तन (स्यउसिकी) गरेकी केसीले आफू बसदै आएको कोठाको झ्यालमा झुन्डिएको अवस्थामा उनको शव फेला पारेको जापान प्रहरीले जनाएको छ ।सिन्जुकुको सिनओकुबोमा आफ़ना दिदि भिनाजुसग सगै बस्दै आएकी केसी झुन्डिएको अवस्थामा आफ़न्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक केसीको मृत्युको कारण नखुलेपनि उनी केहिदिन यता तनावमा रहेको जस्तो आफूहरूले पाएको आफन्तले… पुरा पढौ

म्यानपावरको लापरवाहीका कारण १० नेपाली युवा साउदीमा अलपत्र

दोहा – राम्रो काम र धेरै तलब पाउने आश्वासनमा परेर साउदी अरब पुगेका थप १० नेपाली युवा अलपत्र परेका छन् । मेरिडियन म्यानपावर सर्भिस काठमाडौँमार्फत करिब १ महिना अघि त्यहाँ पुगेका ६ जना र दुई महिना अघि गएका ४ जना साउदीको रादिक भन्ने ठाउँमा अलपत्र परेको पीडित राजदूत तामाङले जानकारी दिए । साउदीस्थित कन कन्स्ट्रक्सन कम्पनीमा मेसन कामको लागि गएका उनीहरु कम्पनीले तलब नदिएपछि समस्यामा परेका हुन्। खानाको लागि पैसा माग्दा ५०/१०० साउदी रियाल मात्र दिएको पीडितहरूले बताएका छन्। म्यानपावरलाई… पुरा पढौ

आसन्न स्थानीय तहको निर्वाचनमा श्रमजिवी र उत्पिडित वर्गको पक्षमा कार्य गर्नेलाई प्रवासीले सहयोग गरिनुपर्ने

प्रवासमा रहेर नेपाली माटो र आफ़नो आस्था बिश्वास र विचारलाई कदापि डगमगाउन नदिन र श्रमजिवी वर्गको पक्षमा वकालत गर्नका लागि प्रवास समन्वय समितिका सदस्य तथा पूर्वी एसिया संयोजक हर्क थापाले सबैलाई आग्रह गरेका छन ।नेपाली जनप्रगतिशील मञ्च जापान च्यूबु मिए क्षेत्रीय समितिले सोमबार आयोजना गरेको बारकिक्यू, सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक थापाले विगतका दिनमा श्रमजिवी वर्ग र उत्पीड़ितको पक्षमा आफ़नो महत्वपूर्ण भूमिका निर्वाह गरेका हामीहरूले त्यसलाई सहि रूपमा कार्यान्वयन गराउन नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा… पुरा पढौ

एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरुले गरे प्रधानमन्त्री देउवा तथा अध्यक्ष प्रचण्डसंग भेट, बुझाए ज्ञापनपत्र

काठमाडौँ (जीएनएन)-- गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरु लगायत अन्य पदाधिकारीहरुले मंगलबार प्रधानमंत्री शेर बहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई छुट्टाछुट्टै भेटी दशौँ विश्व सम्मेलनको छलफलबाट निस्केको निचोड सहित ज्ञापनपत्र बुझाएका छन्।नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापा, निवर्तमान अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष भवन भट्ट लगायत नवनिर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेस सभापति तथा प्रधानमंत्री देउवासंग भेटघाट गरेका थिए।उक्त अवसरमा बोल्दै प्रधानमंत्री देउवाले एनआरएनहरुलाई मिलेर अगाडि… पुरा पढौ