जापानको नदीमा पौड़ी खेल्ने क्रममा डुबेर दुई नेपालीको मृत्यु

-


     जनहित न्युज    
     श्रावण २ गते २०८०


यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर दुईजनाको नेपालीको मृत्यु भएको छ ।

मंगलबार दिउँसो ४:३० बजे नदीमा पौडी खेल्ने क्रममा अन्दाजी २० वर्ष उमेर समूहका दुई नेपालीलाई खोलाले बगाएको थियो । बगाएका दुवैलाई कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा अस्पताल लगिएको थियो र अस्पताल उनीहरूलाई मृत भएको पुष्टि गरेको थियो।

प्रहरी र दमकल विभागका अनुसार मंगलबार साँझ ४ः३० बजे इवाकुनी शहरको इमाजु नदीमा पौडी खेलिरहेका एक नेपालीले ‘दुई जना बेपत्ता भएको’ भन्दै दमकललाई फोनमार्फत खबर गरेपछि अग्निनियन्त्रकहरू घटनास्थलमा पुग्दा दुई जना नेपाली कार्डियोपल्मोनरी अरेस्टमा फेला परेका थिए ।
मृत्यु भएका ती पुरुष २० वर्षमाथिको उमेरका रहेको बताईएको छ । उनीहरूसंग अन्य २ जना नेपाली पनि नदीमा पौडी खेल्न गएको बताइएको छ ।
अग्नी नियन्त्रकहरूको उद्धार टोलीका अनुसार एकजनालाई करिब ४ः४५ बजे र अर्कोलाई साँझ ५ः४० बजेतिर करिब २ देखि २.५ मिटर गहिराइमा भेटिएको थियो ।
इमाजु नदी जेआर इवाकुनी स्टेशनबाट करिब ३ किलोमिटर टाढाको शहरबाट बग्ने नदी हो। प्रहरी र दमकलले थप अनुसन्धान गरिरहेको छ ।
समाचार तयार पार्ने समयसम्म मृतक नेपालीको पहिचान भने खुलाईएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?