
घुम्टे युवा परिवार जापान(क्लब) ले आगामी जुलाई २४ तारिक सोमबार दिन आयोजना गर्न जापानमा दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा टिम सहभागिताका लागि आग्रह गरेको छ ।
गत वर्षदेखि रनिङ कपको रूपमा प्रतियोगिता संचालन गर्दै आएको क्लबले यस वर्ष आयोजना गरिएको दोस्रो सिल्भर रनिङ कप प्रतियोगिताका लागि जापानमा रहेका भलिबल खेलसंग सम्बन्ध राख्ने खेलाड़ी, क्लब, समूह, समाज र संस्थालाई जुलाई २२ तारिकसम्म टिम दर्ताका लागि अनुरोध गरेको हो ।
‘क्लबले आयोजना गर्न लागेको दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा टिम सहभागिताका लागि जापानमा क्रियाशील खेलाड़ी,क्लब, संघ, संस्थालाई सहभागिताको लागि पत्राचार गारिसकेका छौ ।’ क्लबका अध्यक्ष दिनेश थापाले भने- “प्रतियोगितामा सहभागिताको लागि जुलाई २२ तारिकसम्म टिम दर्ता गरिसक्नुपर्ने छ, जुलाई २३ मा खेलको टाइसिट सार्वजनिक गरिनेछ ।’
प्रतियोगितामा जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था लगायतबाट उत्साहपूर्ण रूपमा प्रतियोगी टिमको सहभागिता रहनेमा विश्वस्त रहेको अध्यक्ष थापाको भनाई छ । उनले भने -“प्रवासमा रहेरपनि भलिबल खेललाई निरन्तरता दिन प्रतियोगिताको आयोजना गरिएकोले सहभागिताको लागि सबैमा अनुरोध गर्दछौ ।“
संचालनका लागि आवश्यक आन्तरिक व्यवस्थापनकको कार्य अन्तिम चरणमा पुगेको क्लबका सचिव तुलबिर थापाले जानकारी दिए । उनका अनुसार खेल मैदान व्यवस्थापन, आर्थिक व्यवस्थापन, मेडल, कप, प्रमाणपत्र संघ संस्थालाई पत्राचार लगायतका कार्य सम्पन्न भएका छन ।
यसवर्षको प्रतियोगितामा नेपालदेखि निजी भ्रमणमा जापानमा आएका अभिभावक, समाजसेवी तथा खेलाडीलाई सम्मान गरिने कार्यक्रम समेत रहेको बताइएको छ । सोहि कार्यक्रममा गलकोटको मल्ममा जन्मेर खेल क्षेत्रलाई योगदान पुर्याउने र सामाजिक सेवामा क्रियाशील व्यक्तित्वलाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।
प्रतियोगिताको उद्घाटन जापानका लागि नेपाली राजदूतावासका राजदूत डा. दुर्गाबहादुर सुवेदीले गर्ने तय भएको अध्यक्ष थापाले बताए ।प्रतियोगितामा खेल प्रचलित नियमानुसार संचालन गरिने बताईएको छ ।प्रतियोगिताको लागि प्राविधिक सहयोग तथा व्यवस्थापन नेपाल भलिबल संघ जापानले पुर्याएको छ ।
सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ़नो छुट्टै पहिचान स्थापित गरेको क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ उक्त प्रतियोगिता संचालन गर्न लागिएको बताईएको छ । सिल्भर कप प्रतियोगिताको मुख्य कपको प्रायोजन आफ्नी स्वर्गीय आमाको सम्झनामा क्लबका उपाध्यक्ष दुर्गाबहादुर थापाले गरेका छन ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख २० हजार नगदसहित सिल्भर रनिङ कप,प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई २ लाख २० नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, र सान्त्वना दुई टिमलाई नगद ५१ हजारसहित प्रमाणपत्रको पुरस्कार रहेको छ । प्रतियोगिता ५ विधाका ५ जनालाई उत्कृष्ट छनोट गरि नगद, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिने छ ।सहभागिताको लागि टिम दर्ता गर्न ४० हजार तोकिएको छ । भने खेल 〒144-0031 東京都大田区東蒲田1丁目11−1 मा रहेको Ota City General Gymnasium को खेल मैदानमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुने खेल संयोजक मनोज केसीले बताए ।