जापानमा पौडी खेल्दा खोलामा डुबेर मृत्यु हुनेमा बागलुङ बिहुका कृष्ण कंडेल र चितवनका प्रितम खरेल रहेको पुष्टि

-


     जनहित न्युज    
     श्रावण २ गते २०८०


यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्‍यु हुने दुईजना नेपालीको पहिचान खुलेको छ ।
मंगलबार दिउँसो ४:३० बजे नदीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु हुनेमा कुक भिषामा कार्यरत बागलुङ जिल्ला काठेखोला गाउपालिका वार्ड नम्बर ५ बिहु सिरपाली २६ वर्षीय कृष्ण कंडेल र डिपेण्डेंट भिषामा रहेका पुरानो घर गुल्मीको ददल्का भै हाल चितवनको यज्ञपुरीका २२ वर्षीय प्रितम खरेल रहेको बिमल न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार मृतकहरू दिउसो क्यूके( रेष्ट टाइम) को समयमा अन्य दुईजना साथीसंग चारजना मिलेर खोलातर्फ़ गएका थिए । खेल्ने योजना नभएपनि चर्को गर्मीका कारण पौड़ी खेल्न पुगेका मृतकहरूसंगै गएका साथीहरूको भनाई उदृत गर्दै बताए । उनीहरू उक्त खोलामा प्रायजसो पौड़ी खेल्न जाने गरेको उनको भनाई छ ।जानकारी अनुसार केहि दिन अघि मात्र सोहि खोलामा सोहि स्थान नजिकै पौड़ी खेल्ने क्रममा जापानी नागरिकको समेत मृत्यु हुन पुगेको थियो ।
८ वर्ष अघि जापान आएका मृतक कंडेलको श्रीमति हाल जापानमा नै रहेकी छन । नेपालमा बुवाआमा र १ भाइ रहेको बताइएको छ । मृतक कंडेल एक दाजु जापानमा रहेका छन । दाजुभाइमा माइलो हुन ।
मृतक खरेललाई २ वटा रेष्टुरेण्टको ज़िम्मेवारी दिएर केहि समयको लागि बाबुआमा नै केहि दिन अघिमात्र नेपालमा गएको बताइएको छ ।
अन्य दुईजना साथीहरूसहित खोलामा पौड़ी खेल्न गएका उनीहरू पौड़ी खेल्ने क्रममा खोलाले बगाएको थियो । बगाएका दुवैलाई कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा अस्पताल लगिएको थियो र अस्पताल उनीहरूलाई मृत भएको पुष्टि गरेको थियो।

शवलाई प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि लागिएको बताइएको छ । प्राप्त जानकारी अनुसार मृतकहरूको अन्तिम सस्कार जापानमा नै गरिने बताईएको छ । मृतक खरेलका बुवाआमा बुधवार नै जापान आउन लागेका छन । 

प्रहरी र दमकल विभागका अनुसार मंगलबार साँझ ४ः३० बजे इवाकुनी शहरको इमाजु नदीमा पौडी खेलिरहेका एक नेपालीले ‘दुई जना बेपत्ता भएको’ भन्दै दमकललाई फोनमार्फत खबर गरेपछि अग्निनियन्त्रकहरू घटनास्थलमा पुग्दा दुई जना नेपाली कार्डियोपल्मोनरी अरेस्टमा फेला परेका थिए ।
उद्धार टोलीका अनुसार एकजनालाई करिब ४ः४५ बजे र अर्कोलाई साँझ ५ः४० बजेतिर करिब २ देखि २.५ मिटर गहिराइमा भेटिएको थियो ।
इमाजु नदी जेआर इवाकुनी स्टेशनबाट करिब ३ किलोमिटर टाढाको शहरबाट बग्ने नदी हो। प्रहरी र दमकलले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?