बागलुङको गलकोटमा जन्मेर जापानलाई कर्मभूमि बनाउदै आएका नविन निउरे एनआरएनएमार्फत समाजिक सेवामा सक्रिय छन् । आफ्नो कलिलो उमेरदेखि नै एनआरएनएको अभियानमा होमिएका निउरे सन् २०११ बाट एनआरएनए जापानको कान्तो क्षेत्रीय समितिको सदस्य पदबाट सक्रिय एनआरएनएको अभियानमा लागेदेखि क्षेत्रीय समितिको कोषाध्यक्ष, सचिव, संयोजक हुदै राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् ।
विभिन्न सामाजिक संघ सस्थामा नेतृत्वदायी भूमिकामा रहेर संस्था आवेगले होइन विवेकले व्यक्तिले होइन विधिले, पारदर्शी रुपमा संचालन गराउन अहम् भूमिका खेलेका निउरे जापानमा सक्रिय संस्थामध्यको गलकोट समाज जापानको महासचिव, समेत भैसकेका छन् । भने गलकोट स्पोर्ट क्लब टोकियो, नेपाल पत्रकार महासंघ जापान शाखा लगायत दर्जन बढि संघ संस्थामा आवद्ध रहेका छन् ।
सिद्धार्थ बनस्थली स्कूलबाट माध्यमिक शिक्षा हासील गरेका निउरेले स्नातक तह सम्मको अध्ययन पूरा गरेका छन् । सन् २००५ देखि जापानमा बसोबास गरेका उनी सन् २०१० देखि जापानमा आफ्नै व्यवसाय गर्दै आएका छन् । हाल उनले रेमिट्यान्स, रेष्टुरेण्ट एवं कन्सल्टिङ व्यवसाय सञ्चालन गरिरहेका छन् । जापानमै पहिलोपटक नेपालीहरुद्वारा स्थापना गरिएको एभरेष्ट ईण्टरनेशनल स्कूलको संस्थापक शेयर सदस्य समेत रहेका उनले नेपालमा समेत शैक्षिक तथा बैँकिङ क्षेत्रमा लगानी गरेका छन् । सानै उमेरमा व्यवसायीक सफलता हात पार्न सफल उनी जापानबासी नेपाली यूवाहरुका लागि उदहारणीय पात्र समेत बनेका छन् ।
मिजासिलो स्वभाव, मृदुभाषी र सहयोगी भावनाका निउरेलाई जापानबासी नेपालीले दुखसुखको साथीको रुपमा लिने गरेका छन् । जापानमा रहदा भाषाको ज्ञानको कमि भएकाहरुको सच्चा सारथी उनी अप्ठ्यारोमा परेकालाई उद्धार गर्न होस या त परदेशी भूमिमा आफ्नो जीवन गुमाएकाको अन्त्यष्टिको व्यवस्थापनका लागि अग्रदस्ताका रुपमा उपस्थिति जनाउदै सकेको आर्थिक सहयोग गर्न समेत तम्सिहाल्छन ।
सुखमा होस वा दुखमा जापानमा रहेका नेपालीका माझमा पुग्न रुचाउने निउरे कसैलाई परेको अप्ठ्यारो र असहजतालाई वेवास्ता गर्नै सक्दैनन् । आफु अगुवाको रुपमा अघि सरेर एकले थुकी सुकी सयले थुकी नदि भन्ने उक्तिलाई चरितार्थ गर्दै आर्थिक सहयोग अभियान संचालन गर्ने भूमिकामा देखा पर्दछन् ।
आफूले लिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने निउरे गफ र स्टण्डमा होइन काममा विश्वास गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै समाजिक सेवामा क्रियाशिल छन् । ११ औ पटकसम्म एनआरएनए जापानको नेतृत्वमा भएका नेपाल फेष्टिबल सधैं घाटामा डुबिरहेको अवस्थालाई नजिकबाट नियालेका उनले १२ औ नेपाल फेष्टिबलमा आर्थिक संयोजकको जिम्मेवारी लिदैं जापानमा भएका नेपाल फेष्टिबलको इतिहासमै पहिलो पटक नाफा दिन सफल रहे ।
हरेक काम टिमवर्कमा गरि सबैले अपनत्व लिनेगरि अघि बढ्नुपर्छ भन्ने सोच राख्ने निउरेले हरेक पक्षसँग सम्पर्क समन्वय र सहकार्यबाट नै आफू सफल हुन सक्ने र सामाजिक कामले पनि खास अर्थ दिनेमा विश्वास गर्ने गर्दछन् ।
जाापानबासी नेपालीका समस्या समाधान गर्नका लागि दत्तचित्त भै लाग्ने निउरेले नेपाली राजदूताबासबाट प्रदान गरिने सेवालाई पहुँच योग्य र सहज बनाइनु पर्छ भन्ने लागेपछि जापानमै पहिलो पटक नेपाली राजदूताबासको सेवालाई घ्म्ती सेवा संचालन गरिनुपर्ने अवधारणा अघि सारेसँगै सो कार्य कार्यान्वयन हुनुलाई आफ्नो सन्तुष्टिको रुपमा लिने गरेका छन् ।
समाजसेवालाई नै आत्म सन्तुष्टिका रुपमा लिने गरेका उनले एनआरएनएको अभियानबाट सिकेका अनुभव अन्य समाजिक संघ संस्थाका नेतृत्वदायी तहमा रहेर गरेको योगदानलाई अब एनआरएनए जापानको नेतृत्वदायी भूमिकामा रहेर पारदर्शीता, रुपान्तरण, प्रविधिमैत्री एनआरएनए जापान भन्ने मान्यता सहित एनआरएनए जापानको सुधारका लागि संस्थामा दोश्रो पुस्ता, महिला, यूवाको संलग्नता, अग्रजको सम्मान, पेशागत एवं व्यवसायीक विकाशमा समन्वय, नेपाली संस्कृतिको जगेर्ना, विद्यार्थी केन्द्रित कार्यक्रम, संस्थागत विकाश एवं सुदृढिकरण, नेपालको पर्यटन प्रर्वद्धन, सुरक्षित बैदेशिक रोजगार र सचेतनामूलक कार्यक्रममा मुख्य सुधार गर्ने प्रस्तावित कार्यक्रम र स्पष्ट योजना सहित एनआरएनए जापानको आगामी कार्यकालका लागि अध्ययक्षमा उम्मेदवारी दिएका छन् ।